Both Sides of Coins

by Dr. Nawa Raj Subba Introduction If knowledge and science are considered coins in Dr. Nawa Raj Subba’s ‘Both Sides of Coins,’ then an attempt has been made to look back at both sides. References to history, culture, sociology, and psychology have been thoroughly investigated. Some memoir articles in the book will give the reader…

सिक्काका दुवै पाटा

यो सत्य घटनामा आधारित एक कथा हो । यसलाई नेपालको सामाजिक इतिहास भने पनि हुन्छ । नेपालको सुदूर पूर्वी हिमाली जिल्ला ताप्लेजुङको चाँगे मैवादोभानमा करिव एक शय वर्षअघि यो घटना भएको थियो । तम्बरखोला र मैवाखोलाको दोभान याङमानेमा बसोवास गर्ने एक नेवार परिवारमा घटेको घटना हो यो ।
घटनालाई संस्मरणात्मक लेखको रुपमा प्रस्तुत गर्दैछु । परिघटनाको विश्वसनीयता र आधिकारिकता कायम रहोस् भनी यसका पात्रहरूको परिचय, सन्दर्भ, परिवेश जानकारी दिएको छु । रचनागर्भका दृष्टिले यो लेख साहित्यिक भन्दा सामाजशास्त्रीय सामग्री हो । त्यसैले यो घटनाक्रम समाजशास्त्रका विद्यार्थी, अनुसन्धानलाई काम लाग्‍नेछ ।