Jokhanama Vartaman
- Version
- Download 12
- File Size 764 KB
- File Count 1
- Create Date 2022-12-12
- Last Updated 2023-03-23
परिचय
जोखनामा वर्तमान भित्र कविता, मुक्तक, छोंक र गीत संग्रहित छन् ।
यस काव्यसङ्ग्रहलाई विहङगम् दृष्टिले हेर्दा गाउँको चित्रण र स्वदेशको वर्णन छन् ।
प्राकृतिक र मानवसिर्जित आपदविपद्, जीवन र जगतका सुन्दर, विकृत दुवै विचार र भाव प्रकट भएका छन् ।
काव्यभित्र पूर्वीय वाङमयको दृष्टिले हेर्दा रस र अलङ्कारको प्रयोग भएका भेटिन्छन् । कविताका शब्दशक्तिमा अभिधा, लक्षणा र व्यञ्जना पाइन्छन् ।
जीवनोपयोगी सन्देश पनि काव्यमा गुट्मुट्याइएको छ । पाश्चात्य दृष्टिमा रचनाभित्र अस्तित्ववादी, अतियथार्थवादी र उत्तरआधुनिकवादी श्वर र शैली प्रस्तुत भएका छन् ।
यसमा संग्रहित कतिपय रचनाहरू अघि विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् ।
अन्य कतिपय रचना सामाजिक सञ्जालमा पनि आइसकेका छन् । तिनलाई पाठकको प्रतिक्रियापश्चात् परिमार्जन गरेर सङ्ग्रहमा प्रस्तुत गरेको छु ।
अनुभूति
काव्यलेखनको यात्रा यहाँसम्म आइपुग्दा मैले आत्मसमीक्षा गरें । मेरा रचनाको प्रभावपरकता तथा भावपरकताको आत्मसमीक्षा गरें । काव्यमा उठाएका विचार, भाव र शिल्पलाई आफैले मूल्याङ्कन गरें । समकालीन कवितासित आफ्ना रचना तुलना गरें । आफूलाई कविको लहरमा उभ्याएर आफैले खोजें आफूलाई । मैले कविता, कवि र कवित्वलाई सुम्सुमाएँ, छामें । साहित्यिक बजार र वातावरणमा घुमफिर गरें । नेपालको राजनीति जस्तै साहित्यिक वातावरण पनि प्रदूषित पाएँ । मैले आरम्भमा अक्षर पढेर लेखक र साहित्य क्षेत्रको जुन परिकल्पना गरेको थिएँ वास्तविक मैदानमा उत्रदा भिन्न पाएँ ।
जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति मात्र हुन् भनेर आफैसित तर्किएँ । तर आफूले चाहेर लेखिने र नचाहेर नलेखिने चीज होइन रहेछ कविता । जसरी नमरौं भनिन्छ मरिन्छ, अब त मरे हुन्थ्यो भन्यो बाँचिन्छ, त्यस्तै रहेछ कविता, जति दिन बाँचिन्छ लेखिन्छ । मैले मेरो धुकधुकी ठानेको छु कवितालाई । आत्मा ठानेको छु सिर्जनालाई । कसैले मलाई भेट्न खोजे, छाम्न खोजे म कवितामै भेटिन्छु, आत्माको तहमैं भेटिन्छु ।
जोखनामा वर्तमान कवितासंग्रह, २०२२ Internet Archive
Download