लेख–निबन्धसङ्ग्रह
(भूमिका- पहिलो अनुच्छेद)
यो मनको गन्थन, विचारको मन्थन गर्ने सुगम माध्यम रहेछन् लेख, निबन्ध, संस्मरण, टिप्पणी रचना आदि । जीवन र जगत जसरी विश्रृङ्खलित छन् त्यसरी नै मानिसका मन, विचार, भावना र व्यवहार पनि बहुरुपी र विखण्डित छन् । अनेक कोणबाट, विविधताभित्र यदाकदा एकरुपता देखिन्छन् भावना । जगतका आँखा, सर्जकका मनमा एकै बिम्व बन्दछन् सिर्जना । यद्यपि स्रष्टाको जीवनभोगाइ, अक्षरकोराइ निरपेक्ष होइनन् । कालक्रमानुसार म बालक, युवा हुँदै वृद्धावस्थामा आइपुगें । अब मेरा हेर्ने, सोच्ने, विचार गर्ने दृष्टिकोण, हेर्ने जीवन जगतका फ्रेम पनि पहिलेका भन्दा बेग्लै हुँदै गए । यसैले विभिन्न परिवेशका विचार र टिप्पणीमा फरकपन भेटिनु वा फरक स्वाद आउनु स्वभाविक छन् । जेभए पनि मानवीय जीवनचक्रमा भोगिने स्वादभन्दा भिन्न छैनन् मेरा ध्वनि । म एक भएर पनि बहुरुप, बहुविचार, बहुपरिवेश आदिलाई प्रतिबिम्वित गर्न खोजिरहेछु जस्तो लाग्छ । यसैले म आफैलाई असजिलो, अनौठो लाग्छ आफ्नै लेखाइ देखेर । जतिसुकै योजना भने पनि मानिसको जीवनमार्ग, भोगाइक्रम, र लेखनयात्राले योजना जान्दैनन् । यही नियतिको तालसुरमा हामी सर्जकले हिड्नु पर्ने वाध्यता रहेछ जस्तो भइदिन्छ । यसैले म एकवचनमा अडेर बस्न सकिन बहुवचनतिरै लहसिएँ । यो लेख–निबन्धसङ्ग्रहको नाम पनि ‘बहुवचन’ नै जुराइदिएँ । …
(प्रस्तुत लेख–निबन्धसङ्ग्रह ‘बहुवचन’ हाल सम्पादनको क्रममा छ । यसमा वि.स. २०७० पछि रचित दुई दर्जनबढी लेख, निबन्ध सङ्ग्रहित हुनेछन् । यसलाई सन् २०२१ भित्रै इ–बुकको रुपमा लोकार्पण गर्नेछु । यो पनि निःशुल्क रुपमा उपलब्ध हुनेछ । लेखकः डा. नवराज सुब्बा, प्रकाशकः हाम्रो आइडिया प्रा.लि., विराटनगर, नेपाल)

जोखनामा वर्तमान
Mewa Khola Toponym is a Historical Document, and Tampering With it Shows Fanaticism