Gulaf

८. गुलाफ गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ, चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर, सपनीमा आउने माया, बिपनी मैं आउने गर । (गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम: अमूल्य […]

Continue Reading

Biwasta

७. विवशता विवशताले वाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो नेपालमा रेकर्ड गरिएको […]

Continue Reading

Sagar

६. सागर सागरभन्दा गहिरो भयो हाम्रो माया सगर भई फैलियो चोखो हाम्रो माया । फूलमा बसी झुल्दछु जून जस्तै हाँस्दछ बग्दै जान्छ खोला भई दोभान पुगी मिल्दछ । दोमन हुन्छ कहिले बाटो भुलेझैं लाग्दछ बिर्सिन्छु म आफैलाई हराएँझैं लाग्दछ । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download

Continue Reading