|

‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (अन्तिम पाना)

डा. नवराज सुब्बा । 

अतः हामी वर्तमानमा जे छौँ त्यो सत्य हो । तर हाम्रो अतीत हेर्ने दृष्टिकोणमा केही दोष छ । त्यो अज्ञानतावश मात्र भएको हैन, नियतवश पनि त्यसो भएको छ । तर त्यो मानवीय चरित्र पनि हो । यो पनि सत्य हो । यसकारण यस्ता मानवशास्त्रीय, समाजशास्त्रीय घटनाक्रम र परिदृपरिदृश्यलाई हामीले मनोविज्ञानको दृष्टिले हेर्न सकेमा जिज्ञासा केही हदसम्म शान्त हुनेछन् ।

एक प्रसङ्गमा मिचिगन विश्वविद्यालयका प्राध्यापक मारोहाङ लिम्बूले तुङदुङ्गे मुन्धुमसम्बन्धी मेरो वेभनेर जुम प्रस्तुतिउपर दिनुभएको एक प्रतिक्रिया यु–ट्यूबमा यस्तो पाएँ– “उहाँका यी ज्ञान र सिद्धान्त अहिलेकाले नबुझ्लान्, ती आगामी २०० वर्ष पछि मात्र बुझिने छन्” । उहाँको यो भनाइलाई म सिधै खण्डन गर्ने अवस्थामा छैन । म केवल कामना गर्न सक्दछु, कुनै पनि जातिको ज्ञान, दर्शन, सिद्धान्त, इतिहास माथि एक्काइसौँ शताब्दीको वैज्ञानिक प्रकाशमा अध्ययन गर्न, प्राज्ञिक र बौद्धिक माथापच्ची गर्न र सत्यतथ्य पर्गेल्न त्यति लामो काल हामीले पर्खन नपरोस् ।

https://thuprai.com/book/kirat-limbu-sanskriti/

सामाजिक तुलना गर्नु सर्वव्यापी मानवीय विशेषता हो । यसबाट नै मानिसले आफ्नो मौलिकता थाहा पाउँछ र अन्य समुदायसित कसरी व्यवहार गर्ने भन्ने तय गर्दछ । सामाजिक तुलनाले वर्तमान जटिल सामाजिक संरचनामा पनि मानिसलाई जिउने क्षमता प्रदान गर्दछ । यद्यपि यस दौरानमा सामाजिक तुलनाको विस्तृत आधारशिला जानकारीमा भने कमी पाइन्छ ।

यसर्थ, हालसम्म लिखित दस्तावेजमा खुल्न नसकेका सांस्कृतिक कठोरता र व्यक्तिगत सामाजिक तुलनात्मक प्रवृत्तिमाथि लेखमार्फत प्रकाश पारिएका छन् । व्यक्ति, स्थिति र संस्कृतिबीच सामाजिक तुलना गर्ने प्रवृत्ति पनि व्याख्या भएका छन् । किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना शीर्षकअन्तर्गत फयङ साँबाको तुलनात्मक अध्ययनले समाजका सांस्कृतिक आयाममा पाइने कठोरपन र नरमपन, व्यक्तिवाद र सामूहिकवादबीचको खाडल कम गर्न बल पुग्नेमा विश्वास गर्दछु ।

अन्तमा,
“सत्य सबैलाई होइन, केवल खोज्नेलाई मात्र हो ।”
प्रसिद्ध दार्शनिक तथा विद्वान लेखक आयन रेन्डको उक्त सारगर्भित उद्गार सापटी लिँदै बिदा मागेँ । सेवा !

(पुस्तकको आरम्भ भूमिकादेखि अन्तिम पानाका केही अनुच्छेद पाठकलाई साझा गरें । हाल प्रकाशक संस्थाहरू पुस्तक विक्री वितरणमा क्रियाशील छन् । पुस्तकसम्बन्धी सर्वाधिकार लेखकको भए तापनि उल्लेखित व्यावसायिक दृष्टिलाई ध्यानमा राखेर पुस्तकलाई केही वर्षसम्म इ–बुकको रुपमा निःशुल्क वितरण गर्न असमर्थ छु । हाल पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद गरिरहेको छु । अध्यायगत रुपमा अनुवादलाई अनलाइनमा क्रमसः प्रकाशित गर्नेछु ।)

Book Online Available at

Similar Posts

  • | |

    Saint Phalgunanda prioritize the poor

    Dr. Nawa Raj Subba~ An ethnicity’s religion manifests itself in its culture (Mulder, 1985). Religious faith passes down from generation to generation through life experience, perception, and society (Geertz, 1985). Religion and culture are thus inextricably linked. The above-mentioned remark implies that a person of any faith or culture could be plagued by his family’s…

  • पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

    डा. नवराज सुब्बा लिम्बू जातिको एउटा मौलिक लोकगीत परम्परालाई पालाम् भनिन्छ । धान पाकेपछि काटेर बालाबाट दानालाई झार्न नाचिने नाचबाट ‘धाननाच’ सुरू भएको जनश्रुति छ । यही धाननाचमा पछि पालामको विकास गरियो भन्ने लिम्बू जातिको जनविश्वास छ । पाःलाम् (बोल्+नु+बाटो/माध्यम) बाट पालाम शब्दको व्युत्पत्ति भएको मानिन्छ । जसको अर्थ हो मनको भावना अभिव्यक्त गर्नु ।…

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…

  • |

    निरोगी चालचलन

    डा. नवराज सुब्बा परिचय ‘निरोगी चालचलन’ प्रतिरक्षा स्वास्थ्यबारे जानकारी दिने पुस्तक हो।यसले रोगबाट जोगाउने रोकथाम उपायहरू प्रस्तुत गर्दछ।पुस्तक जीवनशैली सुधारमा विशेष जोड दिन्छ।गलत जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न प्रेरित गर्छ।यसमा वैज्ञानिक प्रमाणहरूको उपयोग गरिएको छ। एकीकृत रणनीतिहरू प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।पुस्तकले संक्रामक रोगको जोखिम कम गर्न सहयोग गर्छ।स्वास्थ्यकर जीवनशैली अपनाउन पाठकलाई प्रेरणा दिन्छ। तन्दुरुस्ती चाहनेका लागि…

  • मृतक साहित्य

    Dr. Nawaraj Subba मिश्रमा पहिलो पटक मृतक साहित्य देखा पर्यो । आत्माको अमरता, पुनर्जन्म, एकेश्वरवादको जन्म सर्वप्रथम मिश्रमा भयो । मृत्युपछि शवलाई गाड्ने परम्परा भएका धर्ममा मानिसलाई मृत्युपछि पनि भौतिक शरीरलाई झैं सामग्री चाहिने मानेर ती सागग्री तथा राजाको हकमा नोकरचाकर मारेर समेत समाधिस्त गरिने गरिन्थ्यो । हिन्दू धर्म दर्शनमा शरीर र आत्मा छुटिए पछि…

  • जनस्वास्थ्य: पाटा बाटा र अनुभूति

    जनस्वास्थ्य: पाटा बाटा र अनुभूति जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह लेखक नवराज सुब्बा प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर । यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य, विभिन्न रोगहरुको परिचय र रोकथाममा उपायहरुका चर्चा गरिएको छ । यसभित्र स्वास्थ्य प्रबर्धनका उपाय र सरकारी नीतिहरुको पनि जानकारी दिइएको छ । रोग उपचार गर्नु…