तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

“हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न उचित ठान्दै जवाफ दिएँ— “यस्तै फट्याक–फुटुक गर्दैछु ।”

कवि अनिल पौडेलसित गफ सकिए पछि मैंले सोचें, मैले के बोलें । मलाई नै अचम्म लाग्यो यो “फट्याक–फुटुक” शब्द मलाई मुखमा कसरी आयो भनेर । स्वःस्फूर्त मुखमा आएको यो शब्द पछि सम्झँदा चाहिँ रमाइलै लाग्यो ।

“सिक्टी प्लस” भनेको अरू केही होइन, एकपटक साझा प्रकाशनको बजार प्रबर्धनको सिलसिलामा भारतको सिलिगुरी जाँदा एउटा स्रष्टाको नाताले मैले पनि कवितावाचन गर्नु पर्ने अवस्था आयो । मञ्च कस्तो परेछ भने त्यो कार्यक्रम ६० वर्ष उमेर पुगेकाहरुको संस्था “सिक्स्टी प्लस” भनिने संस्था रहेछ । त्यहाँका दर्शक तथा सहभागी हेर्दा विचार गर्दै मैले वृद्धबृद्धालाई समर्पित मेरो कविता “पुराना जुत्ताहरू” वाचन गर्न उचित ठानें । वाचन गरिसके पछि स्रोताहरूले उक्त कविता निकै मन पराए र मलाई आशिर्वाद पनि दिए । त्यसैबेला टोलीप्रमुख मित्र अनिल पौडेलको पनि मनमा वास यो कविताले पाएछ क्यार । पछि वास वस्ने होटलमा हामीले कविताबारे छलफल गर्यौं र सोही क्रममा पछि हामीले पनि साठी वर्ष पुगेपछि यस्तै “सिक्स्टी प्लस” क्लब खोल्ने अठोट गर्यौं । यही अठोट जीवन्त रहोस् भनेर होला सायद हामी दुईको भेटमा होस् वा टेलिफोनमा कुरा गर्दा होस् हामी दुईभाईको स्वर चिनाउने थेगो नै भएको छ यो “सिक्स्टी प्लस” ।

लेख्दा लेख्दै भूमिका अलि लामो भैगएछ । अब संक्षेपमा यस पालिको यो तिहारमा (तीनदिनमा) मैले के ‘फट्याक–फुटुक’ गरें, निम्नानुसार उल्लेख गर्दैछु ।

तपशिलः
१) “एकताको लागि संगीत” सांस्कृतिक कार्यक्रममा सहभागी भएँ (करिव ६ घण्टा)
२) राजवंशीको इतिहास र संस्कृतिसम्बन्धी पुस्तकहरूको अध्ययन गरें (करिव ६ घण्टा)
३) शोधसामग्रीको सम्पादन, प्रकाशोन्मुख एल्वमको स्व–परीक्षण गरें (करिव ४ घण्टा)

कार्तिक १२, २०६८ शनिवार, विराटनगर ।

Similar Posts

  • एकल कवितावाचन र नवराज सुब्बाको प्रतिबिम्ब

    “आफ्नो भाग्य आफै लेख्ने बेला आएको छ” र “नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली” जस्ता ऐतिहासिक कालखण्डमा रचित गीतहरु र साहित्यकार नवराज सुब्बाको बिभिन्न अन्तरवार्ताको भिज्युअल  “नवराज सुब्बाको प्रतिबिम्ब श्रव्यदृष्य अभिलेख भाग- १” विराटनगरमा लोकार्पण गरियो । वाणी प्रकाशनमा शुक्रबार आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल र वरिष्ठ कवि कृष्णभूषण…

  • समयको स्वाद

    ‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony. असार २२, २०७० शनिबार, विराटनगर । साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • धन्यवाद तथा आभार प्रकट

    करिव ३४ वर्षको सरकारी सेवाबाट विश्राम लिने प्रतिक्षित समय यसपालि आयो । प्रथमतः स्वास्थ्यको कारण (उच्च रक्तचाप, मधुमेह र हाल थपिएको पाइल्स) को कारण आराम लिनु पर्ने, त्यसका अतिरिक्त २०६४ साल माघमा मैले त्रि.वि.वि.मा दर्ता गरेको पि.एच.डि. शोधकार्य यही २०७१ पौषभित्रमा सम्पन्न गरि डिग्री हाँसिल गर्नु पर्ने अनिवार्यता र अब बाँकी जीवन आफूले धेरै अघि…

  • जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

    कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो…

  • पोखरेलजी नाम जस्तै मधु

    भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।

Leave a Reply