नदी निदाएको बेला

केवल रमिता हेर्छन् तर
रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा अझै उघ्रेनन्
द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो
जीवनहरण दिउँसै भइरहेछ
नारीलाई बोक्सी आरोपित गरेर
लछारपछार गर्दै दुनियाँ
जननीको गला निमोठ्दै छ
मानवशून्य बन्दै मान्छे
दिसापिसाब मुखमा बलात् कोच्दैछ
घाँटी थिचेर चीत्कार  दबाइँदैछ
यसरी एउटी अबलाको जीवनयात्रा
निषेध भएको छ ।

निर्धो हुनाको कारण
कहीँ अछूत हुनुको कारण
अपजसका भारी बोकाउन
जताततै म पुत्ला बनाइएकी छु
बाँच्ने सारा आकाङ्क्षा निमोठ्दै
आँगनैमा
मृत्युदण्डको घोषणा सुनाइएको छ
अचानामाथि उभ्याइएकी छु
छिनमै गल्र्याम्म ढल्दै छु
उनिँदैछु अङ्गुलिमालका मालामा
सुन्छु तमासा हेर्नेका ताली मात्र
यो उपद्रव छेक्ने हात खोइ उठेका ?
जीवन हिँडिरहेको हरफलाई
पूर्णविराम लगाइएको बेला
यो अत्याचारविरुद्ध
कलमका बिर्का खोइ खोलिएका ?
मान्छे मान्छे छेक्ने गरी
मनभित्र पर्खाल किन ठड्याइएका ?

हरबिहान
यही धरतीमा
खस्छन् ताराहरू
तर यसैमा दुःख लाग्छ
मेरो टाँगमुनिको
रातो अचानामा पोखिएका
रगतका नाता सुमसुम्याउने
कुनै हृदय अझै ओर्लेनन्
कुनै आँखा
धरतीमा अझै खसेनन्
कहीँ उम्रेनन् टुसाएनन् कतै पलाएनन्
ताण्डवनृत्य पटाक्षेप गर्ने हात
ए नदी ! ब्यूँझ निन्द्राबाट
बुद्ध ! अब त उघार आँखा !

साभारः बीच बाटोमा ब्यूँझेर कवितासङ्ग्रह २०६५

Similar Posts

  • बिहानी ब्यूँझाउने रातसित…

    धुवैंधुँवा भरिएको कोठामा म सकिन निदाउन अँट्नै सकिन आफ्नै अपूर्णतामा पोखिएँ चाहनामा र बग्दै गएँ यसरी जीवनभर भेलजस्तै ठोक्किइरहें ढुङ्गामा र पटक पटक बाँचेको अनभुव गरें

  • मलाई कविता मनपर्छ

    कविता सुन्नु पर्ला समय बेकार जाला भनेर भागी भागी हिड्ने मान्छे म होइन म त जता जता कविता छ उता उता सोध्दै खोज्दै सुन्न जाने मान्छे

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…

Leave a Reply