|

Farkera Aau

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ
२ फर्केर आऊ

फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी
उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे ।

मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई
कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई ।

सिउरेको फूल ओइलेर झर्यो चैतको घामले
व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ)

Similar Posts

  • |

    Sabaile Dekchhan

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ३ सबैले देख्छन् सबैले देख्छन् बन डढेको बे तर कसले देख्छ मन डढेको बे । अचारै मीठो रामभेंडाको बे सम्झना आउँछ उहीबेलाको बे । रुखैमाथि चरी कठैबरी बे आँशु झर्यो बरर आँखैभरी बे । (शब्द/संगीत/स्वर– नवराज सुंब्बा, एल्बम- हिमालैमा हिउँ)

  • Nepali Modern Songs

    एल्बम- अमूल्य जीवन १. दुर्व्यसनविरुद्ध गीत अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक :…

  • |

    Bahar Sanga

    ५ हाम्रो पहिलो पाइला हाम्रो पहिलो पाइला चार दिवालले नरोकसुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊनिर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँबाआमाको यो सजाय हामीलाई नदिइयोस्यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौंफूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौंहाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछउज्यालो हाम्रो विपना सूर्यझैं…

  • |

    Jali Maya

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले…

  • |

    Dui Dinko Chola

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ४ दुई दिनको चोला दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निरासाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरुलाई बाँडनु ठूलो…