nepali-national-songs

हामी पहिले नेपाली

Nepali-National-Songs

हामी पहिले नेपाली अनि मात्र अरू 
देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरू ।

नेपाली चिनाउने हिमाल सगरमाथा
अरनिको कला र गोर्खाली वीरगाथा  
अखण्ड यो भूखण्ड हो यही स्वाभिमान 
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

माघीनाच, धाननाच, सिरूवा अनि रोदी
झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी
हामीलाई बचाउने संस्कृति छ महान्    
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्‍का, एल्बम– हामी पहिले नेपाली (नवराज सुब्बा)

‘मन र माटो’ Nepali-National-Songs

‘मन र माटो’ कृतिको आमुख ललाट हो । माथा हो कृतिको, शिरपोष मुकुट हो अनि कृतिको नाम अर्थात् ब्यानर हो । जस्ले प्रतीकात्मक रूपमा समूल कृतिको प्रतिनिधित्व पनि गर्दछ । कृतिभित्र क्रमशः आठवटा देशभक्ति गीतहरू, पाँचवटा स्वास्थ्य तथा खेलकुदसम्बन्धी गीतहरू, पाँचवटै बाल तथा संस्थासम्बन्धी गीतहरू, दसैं, होली, नववर्ष गरी सत्रवटा गीतहरू गीतको क्रममा छन् भने अन्त्यमा एक दर्जन गजल शीर्षकमा नवीन रचनाहरू सङ्गृहित छन् । जुन रचनाहरूले विविध विषय–वस्तु, सन्दर्भ, संस्कृति, प्रचलन, परम्परा, स्थानादि र आयामहरू उरालेको देखिन्छ । जसलाई हामी सुब्बा शैलीको सुन्दर काव्य परिकल्पना भन्न पनि सक्दछौं । कृति दारुण र दुरुह लाग्दैन । किनकि सरल र सविनय ढाँचामा रचनाहरू उपस्थित छन् । कविका स्वभावसँग सललल..बगेका छन् रचनाहरू । अर्थात् बुझ्न जटिल छैन । पढ्दै जाने क्रममा आफैले रचना गरेको हो भन्ने भान पर्छ पाठकलाई । यही हो कविको सरल शक्ति पनि।

एउटा कवि हृदयलाई कहिले, किन र कसरी प्रेरित गर्दछ कविता रच्नलाई ? कुन मोड र मुडले उद्वेलित गर्दछ ? कस्तो परिवेशमा कवि लेख्न बाध्य हुन्छ ? कुन परिस्थितिले उसलाई चिमोट्छ ? निचोर्छ ? अनि कुत्कुत्याउँछ कवितातर्फ…..। र लेखिन्छन् गीत, गजलादि । कस्तो याममा कवि हृदय पोखिन्छ …सललल……..रचनाका लहरहरूमा ।

यही हो कुनै कवि वा समीक्षकले अथवा पाठकले भन्न नसक्ने कुरा पनि । कहिलेकाहीँ कवि लेख्न बस्दा एक हरफ पनि लेख्न सक्दैन । र, उ केवल रुमलिएर, घोरिएर वा समय व्यतीत गरेर मात्रै बिताउन पुग्छ भने कहिलेकाहीँ सरासर एक–दुई होइन चार, पाँचवटा रचना त्यो पनि सबल र शक्तिशाली सिर्जना तयार गर्न सक्छ । सायद, कवि डा.सुब्बालाई पनि यस्तो अनुभूति भएको हुनसक्छ । उनका केही रचनाका अंश यहाँ उदृत गर्न सान्दर्भिक रहला…..।

हामी पहिले नेपाली अनि मात्र अरू
देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरू ।

– बुलु मुकारुङ, वरिष्ठ संगीतकार तथा अन्वेषक, गीतकार नवराज सुब्बाको ‘मन र माटो’ गीतसंग्रहको भूमिकाको एक अंश

Nepali-National-Songs

Next song Geet Gau Ekatako Youtube

Lyricist- Nawa Raj Subba

Nepali National Songs, Nepali Patriotic Songs by Nawa Raj Subba

Gulafako Thunga
Geet Gau Ekatako