|

राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू

राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू
— नवराज सुब्बा
पृष्ठभूमि
दादुरा अति संक्रामक रोग हो । नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरु मृत्यु गराउने प्रमुख कारण मध्ये दादुरा रोग एक हो । दादुरा खोपबाटै विश्वमा दादुरा रोगमा कमि आएको छ । नेपालमा सन् २००४ र सन् २००८ मा दादुरा खोप अभियान संचालित थियो । फलस्वरुप नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा सन् १९९० को दशकको तुलनामा बालमृत्युदरमा ५० प्रतिशतले कमि आएको छ ।
दादुरा के हो ?
यो भाइरसबाट लाग्ने एक संक्रामक रोग हो । ५ वर्षमुनिका बालबालिकाहरुलाई यो रोग बढी लाग्ने गरेको पाइन्छ । यो रोगले छिट्टै महामारीको रुप लिन्छ र खोपद्वारा बच्न सकिने दादुरा रोगबाट धेरै बालबालिकाको मृत्यु हुन्छ ।
रोग सर्ने तरिका
विरामीले खोक्दा, हाच्छिउँ गर्दा यी रोगका भाइरसहरु निस्कन्छन् र हावाबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ । दादुरा खोप नलिएका तथा कुपोषित बच्चा र बालबालिका जम्मा हुने स्थानमा यो रोग छिटो सर्दछ ।
लक्षण र चिन्हहरु
ज्वरो आउनु, नाकबाट पानी बग्नु, खोकी लाग्नु, आँखा रातो हुनु, आँशु बग्नु, गलाको भित्रीभागमा सेतो दाग देखा पर्नु र ज्वरो आएको केही दिन पछि कानको पछाडि, अनुहार र गर्दनको माथिल्लो भागमा बिमिरा देखा पर्नु ।
रोगका जटिलताहरु
दादुरा लागेका बच्चालाई झाडापखाला लागेर जलवियोजन हुने संभावना हुन्छ । कान पाक्ने, निमोनिया हुने संभावना हुन्छ । मष्तिप्कको सुजन तथा मस्तिष्क ज्वरो भई मृत्यु हुनसक्छ ।
उपचार
दादुरा रोगीको उपचार गर्नु भनेको यो रोगबाट उत्पन्न जटिलताहरुको उपचार गर्नु हो । जस्तै झाडापखाला वा निमोनिया भएमा त्यसको उपचार गरिन्छ । साथै या दादुरा रोग लाग्ने प्रत्येक बिरामीलाई दुई मात्रा भिटामिन ए खुवाइन्छ ।
रोकथाम
दादुरा खोप नै दादुरा रोगबाट बच्ने एकमात्र भरपर्दो उपाय हो । यो नियमित खोप सेवा अन्तर्गत ९ महिना देखि १ वर्ष उमेरभित्र र दादुरा खोप अभियानमा थप डोज लगाउनु पर्दछ ।
रुबेला खोप भनेको के हो ?
रुबेला रोग दादुरा जस्तै लक्षणहरु सहित देखा पर्ने रोग हो । यो खासगरि बयस्क उमेरमा देखा पर्दछ । गर्भावस्थामा रुबेला रोग लागेमा शिशु अपाङ्ग जन्मन सक्दछ । यसैले यो खोप महिला र सन्तानको दुवैको लागि उपयोगी मानिन्छ ।
मोरङमा दादुरा रुबेला खोप अभियान कहिले र कहाँ हुँदैछ ?
दादुरा खोप अभियान अन्तर्गन मोरङ जिल्लामा मंसिर २९ गतेदेखि प्रत्येक गा.वि.स. मा ९ दिनसम्म प्रत्येक वडामा खोप कार्यक्रम संचालन हुँदैछ । अभियानमा जिल्लालाई तीन चरणमा विभाजन गरिएको छ । जस अनुसार पहिलो चरणमा (मंसिर २९ देखि पौष ७ गतेसम्म) १. झुर्किया, २. महादेवा, ३ डाइनिया ४ बरडंगा ५ सिंजुवा ६ झोराहाट ७ मोतिपुर ८ लखन्तरी ९ बैजनाथपुर १० सिद्राहा ११ तेतरिया १२ बनिगामा १३ भौडाहा १४ कटहरि १५ बबियाबिर्ता १६ सोराभाग १७ रन्जनी १८ आमगाछी १९ रंगेली २० टकुवा २१ बुधनगर २२ भातिगछ २३ दादरबैरिया २४ कदमाहा २५ अमाहिबरियाति २६ थलाहा २७ हसनदह २८ अमरदह २९ गोबिन्दपुर ३० मझारे ३१ नोचा ३२ पोखरिया ३३ सिस्वानी जहदा गा.वि.स.हरुमा दादुरा रुबेला खोप लगाइने छ ।
यसैगरि दोस्रो चरणमा (पौष १० देखि ऐ. १८ सम्म) १ हरैंचा २ कसेनी ३ बेलबारी ४ दुलारी ५ सुन्दरपुर ६ मृगौलिया ७ इन्द्रपुर ८ उर्लाबारी ९ इटहरा १० राजघाट ११ शनिश्चरे १२ पथरी १३ लेटाङ १४ भोगटेनी १५ वारंगी १६ जाँते १७ बाहुनी १८ डाँगीहाट १९ होक्लाबारी २० बयरबन २१ केरौन २२ केराबारी २३ सिंहदेवी २४ याङसिला २७ पाटी २८ रमितेखोला २९ टंकिसिनवारी ३० हात्तिमुढा ३१ डंग्राहा ३२ सिस्वानी बडहरा गा.वि.स.हरुमा उक्त खोप लगाइने छ ।
र तेस्रो चरणमा (पौष २१ देखि ऐ. २९ सम्म) विराटनगर उपमहानगरपालिका सम्पूर्ण वार्डहरुमा उक्त दादुरा रुबेला खोप लगाइने कार्यक्रम छ ।
उपसंहार
आफूलाई पायक पर्ने स्थान र मितिमा ९ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप र जन्मेदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई पोलियो खोप खुवाउन नछुटाऔं । खोप लगाएको चारपाँच घण्टापछि कसैकसैलाई ज्वरो आउन सक्छ, कसैलाई हप्ता दिनपछि शरीरमा बिमिरा पनि देखा पर्न सक्छ जुन आफै ठिक भएर जान्छ । दादुरा रुबेला खोप सुरक्षित र प्रभावकारी साधन हो । खोप पाउनु बाल अधिकार र अवसर हो सहभागी बनौं, सहभागी बन्न प्रेरित गरौं । बालमृत्यु दर तथा बालरोग दर घटाउने यो राष्ट्रिय दादुरा रुबेला खोप अभियान सफल पारौं ।

Similar Posts

  • Homeopathic Service Extended

    Nov 10, 2011, Biratnagar. Nepal Homeopathic Association has extended its services by opening OPD services at Biratnagar-17. In an opening ceremony chaired by Dr. Jeewan Prakash, chief guest or DPHO Nawaraj Subba opened OPD services. Dr Raman Prasad Yadav welcomed to all participants and Dr Ravi Prakash and Dr Shrawan Kumar Yadav highlighted about Homeopathic…

  • Delivery Service now Free in Nepal

    Government of Nepal has decided to make delivery service free across the country from 14 January 2009. The cost covering normal and scissoring section will be reimbursed to all health institutions accordingly by Ministry of Health as Regional Director Dr N.P. KC said in a regional workshop today in Biratnagar.  

    In Nepal, Maternal Mortality Rate (MMR) is 283 per 100,000 live births in 2005 and which is expected to lower as 250 by the year 2009 in the country as government plan. However, the MMR is being considered still higher in the region.

  • Articles Published

    *Suicides in Ilam District of Nepal American Journal of Applied Psychology, Volume 4, Issue 6, November 2015, Pages: 137-141 Received: Sep. 20, 2015; Accepted: Sep. 29, 2015; Published: Oct. 12, 2015 DOI: 10.11648/j.ajap.20150406.11  Click *Traditional Practices on Mother and Child Health Care in Rajbanshi Community of Nepal (Nawa Raj Subba) American Journal of Health Research…

  • “Service is the rent we pay for living.” Marion Wright Eddelman

    मंसिर २०, २०६९ विराटनगर । नवौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकामा कार्यरत उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई आज वीरेन्द्र शभागृहमा आयोजित एक समारोहमा सम्मानित गरियो । विराटनगर उपमहानगरपालिकाका प्रमुख श्री गोपालप्रसाद रेग्मी र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई नगद र प्रशंसापत्र प्रदान गरे । निस्वार्थ, स्वस्फूर्त आउने स्वयंसेवा प्रार्थनीय छ, यस्ता स्वयंसेवकहरुलाई सम्मान…

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा…

  • Morang: Target Population (F.Y. 2063/64)

    Population

    One Comment

    1. mangsir ma mero choro lai rubela ko khop lagayko ho tara..ahale ayara mero choro lai rubela ko sanka gareko chaa.rubela ko khop lagya pachi pani rubela lagchaaa?

    Leave a Reply