लुकेको रहर एल्वम सार्वजनिक

हालै एक समारोहका बीच गजलकार नवराज सुब्बाको ‘लुकेको रहर’ नामक गजल एल्वमको विमोचन भएको छ । अथक प्रयास र लामो मेहनतसाथ प्रकाशित नयाँ गजल एल्वममा नरेन्द्र प्यासी, माण्डवी त्रिपाठी, अन्जु पन्त, शिशिर योगी, भीम चापागाई र सुमित खड्का जस्ता गायकले स्वर दिएर र्सार्वजनिक गरिएको ‘लुकेको रहर’ गजल एल्वम सुन्ने श्रोताहरूकम निकै लोकप्रिय बन्ने विश्वास नवराज सुब्बाले लिनु भएको छ
मोरङ जिल्लाका लागि नवराज सुब्बा नाम कसैले चिनाउनु पर्दैन । वहाँले २०६४ सालमा प्रकाशित गरेको ‘मनको मझेरी’ निबन्धसङ्ग्रह पनि त्यसबेला राम्रो चर्चा पाउन सफल भएको थियो भने २०६५ सालमा आएर वहाँको ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह पनि प्रकाशित गरि कविताको फाँटमा पनि राम्रो अस्तित्व जमाउनु भएको छ । त्यसैगरि वहाँले त्यसभन्दा अगाडि २०६३ सालमा नै ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह, २०६६ सालमा ‘नवराज सुब्बाको प्रतिबिम्ब भाग- १’ भिडियो एल्वम पनि प्रकाशित भएको थियो ।
लुकेको रहर बाहेक २०६६ सालमा नै ‘देशको माया’ नामक गीति एल्वम विमोचन गराएर आफूभित्र लुकेको देशभक्ति गीतमार्फ र्सार्वजनिक गरेपछि यसबेला अर्को कृतिको तयारीमा आफू सक्रिय रहेको जानकारी वहाँले गराउनु भएको थियो । विमोचनको तयारीमा रहेको ‘सहिदलाई सलाम’ नामक गीतसङ्ग्रह बजारमा आउने तयारी गर्दैगरेको बताउने नवराज सुब्बाका हाल सम्मका र्सार्वजनिक कृतिहरू मर्मस्पर्शी र भावुक रहेको हुँदा यीनले पनि साहित्यिक वा गीतको फाँटमा सफलता पाउने विश्वास विमोचन कार्यक्रममा गरिएको थियो ।
नवराज सुब्बा २०६४ सालमा अनलाइन विश्व वेभक्याम कविता प्रतियोगितामा प्रथम भई सकेका छन् भने २०६६ सालमा पल्लव साहित्य सम्मान, २०६५ सालमा बबरसिंह थापा स्मृति सम्मान, २०६४ मा जयन्द्र प्रर्साई स्मृति साहित्य सम्मान र २०६३ सालमा मोहन रेग्मी स्मृति वाणी पुरस्कार लगायतबाट पुरस्कृत गरिएका  छन् ।
‘जनभावना’ साप्ताहिक, वर्ष२९, अंक २५, पृ.७, चैत्र २९, २०६७

Similar Posts

  • ‘Lukeko Rahar’ released

    The Rising Nepal, Kathmandu, Dec 16 Nawaraj Subba of Biratnagar has added yet another Ghazal music album ‘Lukeko Rahar’ (The Hidden Wishes) in the floods of the Gazals. ‘Lukeko Rahar’, his third album was jointly released by legendary lyricists and singers Ratna Shumsher Thapa, Kiran Kharel, Kali Prasad Rijal, and Prem Dhoj Pradhan and prose…

  • गजल

    खाँदाखाँदै झुक्किएर खसेको गाँस हुँ म सलादमा काटेर राखिएको घाँस हुँ म । झुकाउन खोजेको चढ्न पनि चाहेको भीरैमा उभेको ठिङ्ग एक बाँस हुँ म । छुरा रैछन् बगलीमा मुखमा भने राम हिलो पानी छुट्याउन नसक्ने हाँस हुँ म । पर्खिएँ जुनेलीमा बिछ्याएर आँखाहरू बिरक्तिएर बसेको एक्लो मधुमास हुँ म । खाएँ हजार लात बात…

  • गजल

    ।। एक ।। दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनुपर्छ सन्तुष्टिको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निराशाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरूलाई बाँडनु ठूलो रैछ ।

Leave a Reply