शहीदलाई सलाम !

सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ
स्वतन्त्रता न्याय खातिर लड्दालड्दै मर्‍यौ
यस्त वीर सपुतलाई लाखौं लाख सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

जनताका आवाजमा आफ्नो बोली गाँस्दै
आफ्ना हक खोस्नेसित हरदम लड्दै
हार कैले नमान्ने योद्धालाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

शोषित पीडित जनताको आत्मवल भर्ने
दीनदुःखीका सपनालाई अति माया गर्ने
भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

Similar Posts

  • शुभकामना गीत

    नव वर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई  शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मन भरि फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसंग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि…

  • दुर्व्यसन विरुद्ध गीत

    अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।

  • Nepali Modern Songs

    एल्बम– बहारसंग १ ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेन जलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिन बनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)   २ गुलाफको…

  • |

    Yo Jyanko Maya

    ८ यो ज्यानको माया के माया यो ज्यानको माया के मायाजन्मेको भूमि ठूलो रैछहिमाली छाया देशको मायापरन्तुसम्म लाग्दो रैछ । तम्बरैखोला बाढी आयोमाटोको माया उर्ली आयोपरदेशै आए पुलै तरीगाउँघरको मायाँ गाठै पारी । यो मनले आज सम्झिल्याउदाकर्मैले ल्यायो विदेशैमालुङ्ङाज्यू पालाम सम्झिल्याउँदाफर्कि म आउला स्वदेशैमा । (शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया) 

  • |

    Yo Deshma Bachne Man Cha

    ६ यो देशमा बाँच्र्‍ने मन छ यो देशमा हामीलाई हास्‍ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्‍ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया)

  • |

    Nepali Nepali Hami Nepali

    Nepali-patriotic-songs नेपाली देशभक्ति गीत (Nepali patriotic songs) hold a special place in our hearts, celebrating the unity, diversity, and cultural richness of Nepal. From the snowy peaks of the Himalayas to the plains of the Terai, these songs express love and devotion to our nation. १ नेपाली नेपाली हामी नेपाली  नेपाली नेपाली हामीमधेसी होस् वा…

Leave a Reply