| |

कोरोना कोभिड-१९ महामारीको मनोवैज्ञानिक असर र प्रभाव

– डा. नवराज सुब्बा

महामारी, विपद आइपर्दा मानिसमा असामान्य व्यवहार देखिन्छ । शारीरिक र मानसिक दुवै अवस्था प्रभावित हुन्छन् । यो बढी नकारात्मक नै हुन्छ । मानसिक हिसाबले मानिस आफूकेन्द्रीत परिवारकेन्द्रीत हुन्छन् । यस विषयमा स्ट्रङ (१९९०) ले महामारी मनोविज्ञानबारे अध्ययन र चर्चा गरेका छन् । उनले महामारीमा उत्पन्न हुने खतरनाक विश्वव्यापी विकृति भेदभाव (स्टिग्मा) लाई औंल्याएका छन् ।

विश्वव्यापी महामारी एचआईभी एड्स, ईबोला आदिको अध्ययनक्रममा उनले मानिस यसबेला एउटा जटिल मनोवैज्ञानिक प्रक्रियामा गुज्रन्छ । पहिलो अवस्था, मानिसले सामना गर्ने वस्तु हो– डर । मानिस सूचना सुनेर, देखेर वा भोगेर डराउँछ । दोस्रो अवस्था, मानिस रोग वा त्रासबारे अनेक ब्याख्या गर्नु, अर्ति–उपदेश दिन थाल्नु । मानिसले यसबेला भौतिक, आध्यात्मिक दृष्टिले विषयको खोजी र ब्याख्या गर्न थाल्दछ । र तेस्रो अवस्था हो, महामारीको व्यवस्थापन गर्नु ।

यी तीनचरणहरु क्रमसः वा एकसाथ उपस्थित भएको अवस्था भोग्न आज देश, प्रदेश र नगर बाध्य छ । गलत तरिका अवलम्बन, कार्यमा तार्किकताको अभाव, गलत सूचना प्रवाह, भयपूर्ण सूनचा सम्प्रेषण, भेदभावपूर्ण व्यवहार, बहिस्कार, अलग्याउने संस्कार, मानिस तथा स्रोत साधनको दुरुपयोग, रोगउत्पत्तिबारे अनर्गल सिद्धान्त निर्माण वा वकालत र आध्यात्मिक व्याख्या समेतले महामारीमा मानिसको चिन्ता थप जटिल बन्दछ भनेर वेबर र गोल्डमेयर (१९८३) ले भनेका छन् ।

कोभिड महामारीमा चीनमा गरिएको एक अध्ययनमा मानिसमा सामाजिक मनोवैज्ञानिक असर बढेको र यसको प्रभाव लामो रहने देखाएको छ । चिन्ता, डिप्रेसन, आत्महत्या जस्ता मानसिक स्वास्थ्य स्थितिमा बृद्धि भएर समाजलाई नै अपाङ्ग बनाउन सक्ने खतरा संकेत गरेको छ । बढी चिन्तित हुनेमा युवासमूह उल्लेख्य भएकाले यो गम्भीर स्थिति उत्पन्न भएको हो ।

नेपालमा गरिएको अध्ययनले पनि स्वास्थ्यकर्मीको संक्रमण दर पनि बढ्दै गएको र उनीहरुमा समेत मानसिक रोगसम्बन्धी समस्या जस्तै चिन्ता, डिप्रेसन दर बढेको देखाएको छ । हिजोसम्म यी अध्ययन कागजमा बोल्दथे तर आज घरघरमा सडक गल्लीमा बोल्न थालेका छन् ।

Similar Posts

  • Support for Rehabilitation in Biratnagar Nepal

    सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई…

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा…

  • जलवायु परिवर्तन विश्वव्यापी अभियानमा थप चुनौती

    १२ डिसेम्बर २०१५ मा विश्वका १९५ राष्ट्रहरुले फ्रान्समा भेला भई विश्व तापक्रम २ डिग्री सेन्टिगे्रट भन्दा बढ्न नदिने प्रतिबद्धता सहित पेरिस सम्मेलन गरे । यसमा हालसम्म १४८ मुलुकहरुले प्रतिबद्धता स्वरुप हस्ताक्षर गरिसकेका छन् । तर हालै आश्चर्यजनक रुपमा अमेरिकाले उक्त विश्वसम्मेलनमा पारित प्रतिवद्धताबाट हात झिकेको छ । खासगरी औद्योगिक मुलुकहरुका उद्योग कलकारखाना, यातायात आदिबाट बढी…

  • स्वास्थ्यचौकी भवन शिलान्यास

    माघ २८, २०६७ । मोरङ कसेनीमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । रु २३ लाख रुपैयाको लागतमा बन्ने ४ कोठेभवनको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले शिलान्यास गर्नुभयो ।

  • मोरङमा हात्तीपाइले अभियान

    हात्तीपाइले निवारण अभियान अन्तर्गत मोरङ जिल्लामा माघ २१, २२ र २३ गते आमरुपमा औषधी खुवाउने कार्यक्रम सम्पन्न भयो । ग्रामीण क्षेत्रमा ७० प्रतिशत र नगरपालिका क्षेत्रमा ३० प्रतिशत लक्षित समूहले औषधी खाएको प्रारम्भिक अनुमान छ । ९ लाख जना मानिसलाई औषधी खुवाउने लक्ष्य राखिएकोमा सो को प्रतिवेदन जिल्लामा प्राप्त हुन २ हप्ता लाग्ने जिल्ला जनस्वास्थ्य…