| |

कोरोना कोभिड-१९ महामारीको मनोवैज्ञानिक असर र प्रभाव

विराटनगरका एक चिकित्सक कोभिड संक्रमित भए जुन स्वभाविक थियो तर समाजले यसलाई स्वभाविक रुपमा लिएन । उनलाई मानौं पूर्वजन्मको कर्मको फलको रुपमा श्राप भोगेको रुपमा समाजले हेर्न थाल्यो । उनका घरपरिवारका सदस्यले छिछिदूरदूरको स्थितिको सामना गर्नुपर्यो । चितवनका अर्का एक चिकित्सकलाई कोभिड पोजिटिभ भएको थाहा पाएपछि उनको छिमेक टोलले थप हौसला र सहयोग गर्नुपर्नेमा उल्टो उनको घरको ढोकामा संक्रमित सूचक कालो ब्यानर टाँसेर बहिस्कारवादी कदम चाले । यसले के दोखाउँछ भने हाम्रो समाज पनि महामारी तथा विपदको बेलामा सकारात्मक भन्दा बढी नकारात्मक बन्दछ ।

समाज मात्र होइन यसमा सरकारको व्यवहार पनि कतिपय सवालमा नकारात्मक भएर पेश भएको देखिन्छ । कन्टेक्ट ट्रेसिङ गर्दा यदी कुनै मानिस कोभिड पोजिटिव पाइएमा उसलाई अपराधी झैं नमानेर एक सभ्य र जिम्मेवार ढंगले सुरक्षित भइ अस्पताल आउन सम्झाउन सकिन्थ्यो । यदि आउन नसक्ने अवस्थामा एम्बुलेन्ससम्म पठाउन सकिन्थ्यो । तर कुनै अपराधी, तस्कर भाग्ला झैं गरी सडक, टोल, छिमेकलाई लामो हर्न बजाएर थर्काएर आतङ्कपूर्ण वातावरणमा कुनै अन्जान मानिसलाई घरबाट पुलिस लगाएर घिसारेर लैजाँदा यस कार्यले स्वयम् पीडित वा संक्रमित व्यक्ति, उसको परिवार र छिमेक टोल समाजमा के कस्तो असर वा प्रभाव पर्दछ भनी सही र तार्कीक ढंगले सम्बन्धित निकायले तुरुन्त ध्यान दिनु पर्दछ ।

कुनै ठाउँमा संक्रमित भेट्न यदाकदा हुलहुज्जत भयो भन्दैमा आम संक्रमितलाई एउटै डालोमा हालेर एकै ढंगको मूढेबलयुक्त व्यवहारमा सरकारको व्यवस्थापन, स्रोत साधनको सदुपयोग माथि नै प्रश्नचिन्ह लाग्दछ । यस्ता अमानवीय, तर्कहीन व्यवहारले आम मानिसमा कोभिड संक्रमित हुनु भनेको कुनै राजकाज अपराध झैं रहेछ भनेर थप मनोवैज्ञानिक भय र दवाव सिर्जना हुन्छ । आज सत्ताका उपल्ला तहका मानिसलाई पनि संक्रमण भएको छ उनीहरुलाई राज्यले जसरी सकारात्मक र मानवीय ढंगले उपचार व्यवस्था गरेको छ उसरी नै सर्वसाधरणलाई पनि सरकारले हेर्न र व्यवहार गर्न जरुरी छ ।

Similar Posts

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • अमूल्य जीवन लोकार्पण

    माघ १६, २०६८ सहिद दिवसको दिन :  नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा नवराज सुब्बाको तेस्रो गीति एलबम ‘अमूल्य जीवन’ लोकार्पण हुदैछ ।

  • |

    आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)

    सन्दर्भ – विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्छ भने हरेक चालीस सेकेण्डमा एकजनाको आत्महत्याबाट मृत्यु भइरहेको छ । सन् २००० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष१० लाख मानिस आत्महत्या गरी मर्ने गर्छन् । विश्वमा यो दर बढ्दो छ । यही अवस्थालाई…

  • Support for Rehabilitation in Biratnagar Nepal

    सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई…

  • जग्गादातालाई सम्मान

    मोरङ विराटनगर, पौष २८, २०६७ । टंकीसिनवारी स्वास्थ्य चौकी भवन निर्माणस्थलको लागि चार कट्ठा जग्गादान दिने श्री हरिचरण विश्वासलाई हालै सम्मान गरियो । स्वास्थ्यचौकीमा आज आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले मण्डललाई सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नुभयो । भुवनेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा ब्यवस्थापन समितिका अध्यक्ष काशिराम श्रेष्ठ, बाबुप्रसाद यादव, प्रेमचन्द…