|

Chindina Nabhana

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ

४ चिनिन नभन

चिनिन नभन साथी चिन्दिनँ नभन
गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन ।

फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल
यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल
आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।

रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान
जीवनसाथी साधना मेरो निरन्तर अभियान
कतै गाह्रो भो नभन प्रिय मान्दिन नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।
(शब्द– नवराज सुब्बा, संगीत/स्वर– साजन राई, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download

Similar Posts

  • |

    Bahar Sanga

    ३ गमलाको छातीभरी गमलाको छातीभरी फुल्यौ आहा जीवनभरीहाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊपर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

  • |

    Sakchhi Chhaina Praman Xaina

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ३ साक्षी छैन प्रमाण छैन साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के…

  • |

    Chadhdai Jau Shikhar

    ९ चढ्दै जाऊ शिखर चढ्दै जाऊ शिखरछोऊ आकाशलाईविजयको गीतसितैबाँडौ प्रकाशलाई । नलडाऊ कसैलाईपाइला अघि सारौंजीत हुन्छ सबैकोमिलीजुली बढौं । जति माथि पुगे पनिमन त यहीँ हुन्छदेशको यो पुकारलाईसम्झी छामे पुग्छ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया)

  • |

    Nepali Nepali Hami Nepali

    Nepali-patriotic-songs नेपाली देशभक्ति गीत (Nepali patriotic songs) hold a special place in our hearts, celebrating the unity, diversity, and cultural richness of Nepal. From the snowy peaks of the Himalayas to the plains of the Terai, these songs express love and devotion to our nation. १ नेपाली नेपाली हामी नेपाली  नेपाली नेपाली हामीमधेसी होस् वा…

  • |

    Farkera Aau

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ २ फर्केर आऊ फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे । मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई । सिउरेको फूल ओइलेर झर्यो चैतको घामले व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले…

  • Nepali Gazal Songs

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसोआफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसोथाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया…