नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

Personality of Nawa Raj Subba by ChudaMani Baraili

४. कृति : नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन
लेखक : चूडामणि बराईली
विधा : अनुसन्धान
प्रकाशन : २०६७
शोध निर्देशक : श्री शान्तिराम मिश्र, उपप्राध्यापक,
२) विभागीय प्रमुखः श्री कमलप्रसाद गुरागाईं, सहप्राध्यापक
३) अनुसन्धान प्रमुख : डा.द्रोणकुमार उपाध्याय, सहप्राध्यापक
४) श्री त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, मेची बहुमुखी
क्याम्पसको नेपाली विभाग, भद्रपुर, झापा, नेपाल (मिति मितिः २०६७ ।४।२१) Preview/Download

निष्कर्ष र उपसंहार

ताप्लेजुङ जिल्लाको हाङपाङ गाविस वडा नं. ६ चुँवा गाउँमा २०१८ साल असोज १६ गते सोमबारका दिन जन्मेका नवराज सुब्बा बुबा ऐतराज र आमा नरमायाका जेठा सुपुत्र हुन् । उनको प्रारम्भिक र माध्यमिक शिक्षा हाङपाङकै सरस्वती मा.वि.बाट भयो । त्यहींबाट २०३३ सालमा एस.एल.सी.परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं गई चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी २०३७ सालमा आफ्नै गाउँ हाङपाङमा हेल्थपोष्टको इन्चार्ज भई खटिएर आए । त्यहाँ रहँदा उनले कार्यालय समयपछि आफू पढेको विद्यालयमा पढाउने काम पनि गरे । जागिरसँगै शिक्षाको क्रम पनि अघि बढाउँदै उनले नेपाली साहित्य तथा जनस्वास्थ्य विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरे ।
निरन्तर स्वास्थ्यक्षेत्रमा सेवारत सुब्बा विभिन्न ठाउँमा जिल्लान्तर सरुवा र बढुवा हुँदै २०५१ सालदेखि हालसम्म नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत जनस्वास्थ्य अधिकृत भई हाल मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयमा प्रशासक तथा वरिष्ठ प्रशासकको रूपमा कार्यरत छन् । उनको २०३९ सालमा ताप्लेजुङ चाँगे दोभानका रामबहादुर तथा दक्षकुमारी श्रेष्ठकी छोरी चञ्चला श्रेष्ठसँग अन्तर्जातीय प्रेमविवाह भएको हो । उनका दुई छोरा कौशल र निश्चल, एक बुहारी निशा थापा र एक नाति छन् । सुरुमा सामान्य ग्रामीण परिवेशमा जन्मिएका नवराज सुब्बा जागिरको लामो दौरानपछि हाल विराटनगर उपमहानगरपालिका वडा नं. ६ स्थित शान्ति चोकमा स्थायी बसोबास गर्दै आएका छन् । उनको मुख्य आयस्रोत सरकारी सेवा नै हो र हाल उनका एक छोरा वैदेशिक राजगारीमा छन् । उनी सहयोगी, मिजासिला, मृदुभाषी, हँसिला र हठी स्वभावका छन् । उनी नेपाल रेडक्रस सोसाइटी, वाणी प्रकाशन विराटनगर, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर, स्वजन साहित्यिक समाज काठमाडौं, स्रष्टा समाज काठमाडौं, नाट्येश्वर नृत्यकला प्रशिक्षण केन्द्र विराटनगर, किरात याक्थुङ चुम्लुङ विराटनगर, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल जनस्वास्थ्य संघ लगायतका विभिन्न संस्थामा आबद्ध रहेका छन् ।
गोदबा २०४७ लगायतका आठ–नौ वटा पुरस्कार, सम्मान र पदक प्राप्त गरेका नवराज सुब्बा एक सफल साहित्यकार हुन् । उनका तीनवटा पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् भने उनले अन्य केही गीति एल्बम पनि निकालेका छन् । उनका साहित्यिक कृतिहरूको अध्ययन गर्दा उनी आधुनिक नेपाली साहित्यको समसामयिक धाराका स्वतन्त्र लेखकका रूपमा रहेका छन् । वर्तमान नेपालको समसामयिक सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक अवस्थाका सजीव चित्र उनले आफ्ना कविता, निबन्ध, गीतहरूमा प्रस्तुत गरेका छन् ।
२०३० सालबाट लेखनको क्षेत्रमा पाइला हालेका सुब्बाले केही फुटकर रचना पत्रपत्रिकामा छपाएका छन् तर ती हाल उपलब्ध छैनन् । २०३५ सालदेखि २०३८ सम्म सृजनामा सक्रिय रहेका सुब्बा त्यसपछि निकै वर्ष गुप्तबास बसेर २०६३ सालमा लगभग अढाइ दशकपछि मात्र ‘जीवन मेरो शब्दकोशमा’ कविता संग्रह लिएर देखा परेका हुन् । उनले उक्त कविताहरूमा तत्कालीन नेपाली समाज, सामाजिक तथा सांस्कृतिक अवस्थाहरूको चित्रण गरेका छन् । उनले त्यहाँ नेपाली समाजको यथार्थ वस्तुस्थिति, तत्कालीन नेपालको राजनीतिक द्वन्द्व तथा निम्नवर्गीय नेपाली समाजको वास्तविकतालाई कविताको विषय बनाएका छन् । उनको दोस्रो कवितासङ्ग्रह ‘बीच बाटोमा ब्यूँझेर’ (२०६५) हो । यसमा ७७ वटा कविता सङ्कलित छन् । स्वतन्त्र लेखनशैली अवलम्बन गर्ने सुब्बाका यस सङ्ग्रहभित्रका कविताहरूमा सामाजिक यथार्थ, मानवता, बिम्बप्रतीकात्मकता, प्रकृतिचित्रण, जीवनवादी दृष्टिकोण, राष्ट्रप्रेम, प्रणयभाव जस्ता प्रवृत्तिहरूको प्रयोग भएको छ ।
समग्रमा उनका कविताको अध्ययनबाट स्वच्छन्दता, सामाजिक यथार्थ, मानवता, प्रकृतिप्रेम, राष्ट्रवादी र प्रगतिवादी कविका रूपमा सुब्बालाई चिन्न सकिन्छ । उनी मुक्तलयलाई कविताको सहज माध्यम बनाउँछन् । मुक्तक र गीतमा पनि कलम चलाउने सुब्बाका अधिकांश कविताको भाषा सरल र स्वाभाविक छ । केही कवितामा आलङ्कारिक प्रस्तुति पनि पाइन्छ । साथै उनका कवितामा सूत्रात्मक र वस्तुपरक प्रस्तुति पनि पाइन्छ ।
सुब्बाको दोस्रो कृति ‘मनको मझेरी’ निबन्धसङ्ग्रह (२०६४) हो । यस सङ्ग्रहमा बीसवटा निबन्ध सङ्कलित छन् । यी निजात्मक र परात्मक दुवै खाले छन् । विशेषतः उनका निबन्धका विषयमा संस्मरण, आत्मवृत्तान्त, नियात्रा, रिपोर्ताज, आदि विविध ढाँचा र शैलीका छन् । उनका अनुभव, अनुभूति र शाश्वत् सत्यतथ्यलाई पनि उनका निबन्धमा वस्तुपरक रूपमा प्रस्तुत गरेका छन् । ती निबन्धमा पहाडी जनजीवन, सामाजिक रीतिस्थिति, धार्मिक विषय आदिले पनि प्रवेश पाएका छन् । उनका निबन्धमा प्राकृतिक चेतना, विचारमा खुल्लापन, मानवीयताको सुन्दर पक्ष पनि प्रस्तुत भएको पाइन्छ । भाषा सरल, सरस, स्पष्ट छ भने प्रस्तुतिमा निर्भीकता स्पष्ट देखिन्छ ।
समग्रमा भन्दा नवराज सुब्बा एक सशक्त कवि, निबन्धकार, गीतकार र कुशल राष्ट्रसेवक कर्मचारी पनि हुन् । साथमा उनी साङ्गीतिक चेतना र रुचि भएका सङ्गीतसाधक पनि हुन् । नेपाली साहित्यका कविता र गीत उपविधाका साथै निबन्ध विधाका स्रष्टा नवराज सुब्बा नेपाली साहित्यका एक बहुमुखी स्रष्टा हुन् ।

Similar Posts

  • |

    Bahar Sanga

    २ गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र मायालुको वासना पाउँछुउड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओंठहरु गीत गाइ रुझुँ भन्छचन्चले यी आँखाहरू कतै पुगी अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गरसपनीमा आउने माया विपनीमै आउने गर । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– प्रेम भट्टचन, एल्बम– बहारसंग) download

  • |

    Mera Sabai Raharharu

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरू मेरा सबै रहरहरू पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै…

  • विद्यार्थीको चिठी

    नवराज सर कविता लेख्न कसैले लाएको छैन मलाई कर म उत्सुक छु हजुरलाई भेट्न नवराज सर । हजुर हुनुहुन्छ जनस्वास्थ्य प्रशासक दिनुहुन्छ सबै कर्मचारीलाई उनीहरुको हक । धेरे जनाको भीडमा मैले हजुरलाई चिनें साहित्यलाई हजुरले रूचीको रूपमा लिनें । हजुरका बारेमा मैले धेरैजनाबाट सुनें हजुरका कविताहरू छन् मन छुनें । ठग फटाहादेखि हजुर परपर सर्ने…

  • |

    Sodhna Mana Lagcha Pritam

    ३. सोध्‍न मन लाग्छ प्रितम् सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ, नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ । जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ, संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ । जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी, उकाली र ओरालीमा आउनु पर्ने द्यौराली । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र…

  • अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

    डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षाको निष्कर्ष तथा सारसंक्षेप १. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर लेखक : डा. कृष्णप्रसाद दाहाल विधा : समालोचना प्रथम संस्करण : २०६७ Preview/Download ‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो…

  • Albums Overview

    ◦ गीतसङ्गीत (अडियो) १. ‘देशको माया’ देशभक्ति गीति एल्बम (२०६६) २. ‘लुकेको रहर’ गजल एल्बम (२०६७) ३. ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८) ४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९) ५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०) ◦ गीतसङ्गीत (भिडियो) १. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो (२०६७) २. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–२’ भिडियो (२०६७) ३. ‘नवराज सुब्बाको…