Publications by Nawa Raj Subba

नेपाली लेखक कवि

नेपाली लेखक कवि नवराज सुब्बा
नेपाली लेखक कवि नवराज सुब्बा

नेपाली लेखक कवि नवराज सुब्बाको परिचय

कञ्चनजङ्घाको काख ताप्लेजुङ जिल्लाको हाङ्गपाङ्ग गाउँमा जन्मे नवराज । तमोर, कावेली नदीको ध्वनिहरुसँग पालम गाउँदै किपटको डाँडापाखामा मेलापातमा लुँङा र सोल्टिनी र सोल्टिहरूसँग धान नाच्दै हुर्किए बढे, स्कुल कलेज पढे; तन्देरी हुँदै जागिर खाए र आफ्नै माटोमा तीनदशकअगाडि नै समावेसी आन्दोलनलाई काँधमा बोकेर नेवारकी छोरी चञ्चलालाई दुलही बनाएर भित्र्याए।

बाल्यकाल

यसो भनौँ, उनले कन्चनजङ्घासँग हातेमालो गरेर उभिएको कुम्भकर्णदेखि मकालु, सगरमाथा, अन्नपुणर्, माछापुछ्रे हुँदै धवलागिरी र नीलगिरि देखे । हिमालबाट तल झरेको सप्तकोसी, सप्तगण्डकी, सप्तकर्णालीले पहाड, दुन, उपत्यका, तराई र मधेशलाई बिनाभेदभाव सिंचेको पनि देखे । थप यसो पनि भनौँ फेदाङ्मा र बिजुवा देखे , होमे, झाँक्री र लामा देखे । पण्डित, गुभाज्यू, मस्टो देखे ।

साहित्य

आदिकवि भानुभक्त आचार्यको जन्मथलो टेके। पृथ्वी, विसेनगर्ची र लखन थापाका कर्खा सारङ्गीमा सुने । वर्डस्वर्थदेखि देवकोटासम्म कण्ठस्थ पारे । सेक्सपियरदेखि भानुभक्त हुँदै श्रवण मुकारुङ्ग छिचोले अनि चार भन्ज्याङ्गभित्रको जात्रैजात्रा, मन्दिर देवालयमाझ, कृष्ण मन्दिर र पशुपतिनाथसँगै स्वयम्भूनाथको दर्शन गरे । जानकी मन्दिरसँगै बूढासुब्बा र पञ्चकन्या, पिण्डेश्वरको पाउमा ढोगे । गोरखकालीसँगै मस्टो देवाली पुजे । मस्जिद र चर्चलाई एकै आँगनमा देखे । जमिन्दार देखे, बँधुवा देखे । ठूलो जाति र सानो जाति मात्र होइन मान्छेले मान्छेप्रति गर्ने व्यवहार र दासत्व देखे ।

अनुभव

कर्म देखे, धर्म देखे, स्वदेश देखे अनि परदेश पनि देखे । यसो भनौँ गीतकार नवराजले सम्पूर्ण नेपाल राष्ट्र देखे । मिलेर बसेको नेपाली समाज देखे, चिने; बुझे । अनि यो राष्ट्रसँग गाँसिएको आफ्नो जीवन र जगतलाई देखेर नै यति सा¥हो यो राष्ट्र नेपाललाई माया गरे, श्रद्धाले पूजा गरेर यो माटोलाई ढोगे । यस्ता देशभक्ति स्वाभिमानी र भूमिपुत्र सिर्जनशील गीतकार नवराज सुब्बालाई मेरो सेवारो! सेवारो!! सेवारो!!! …
गणेश रसीक, साहित्यकार (‘सहिदलाई सलाम’ गीतसंग्रहको भूमिकाबाट)

नवराज सुब्बाका प्रकाशित कृति

ईपुस्तकालयमा पनि उपलब्ध छन्। क्लिक

Similar Posts

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • परदेशको पिँजडामा जून

    (कविता)— डा. नवराज सुब्बा धुलोले ढाकेथ्यो मेरो निधार,तेलको गन्धले बिर्साइदियो गुराँसको सुवास,म बाल्टी लिएर फर्कंदै थिएँ–एक बन्दुकले आकाश चिरेर सोध्यो—“कुन देशका हौ तिमी?” मेरो श्वासमा अझै बग्थ्यो सप्तकोसीको स्वर,शरीरमा थियो निद्रामा हराउँदाआमाले सुम्सुम्याएको कपालको अनुभूति,छातीको न्यानो अझै जीवनजस्तो लाग्दथ्यो,तर जवाफ दिन मैले सकिनँ— मेरो देश त शान्त थियो,तर म थिएँ युद्धको बीचमा। यो मरुभूमिमा जून…

  • आत्मा

    आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा…