न्यूटन, स्याऊ र भूकम्प

यसपालि पनि
भूइँचालोले देखेन
जीवनदेखि दिक्क भएका
मृत्यु पर्खी बसेकाहरूलाई
बरु फुलिरहेका फूलहरू टिप्यो
वारिपारि गर्ने पुलहरू चुँडायो
यसपालि पनि टेरेन मृत्युले
मान्छेका निर्दोष पाइलाहरू
बरु निर्ममतापूर्वक कुल्चियो
निस्सासियो गाउँ र शहर
स्वास रोकिएको मौका छोपेर
मिच्न मिच्यो मानव अस्तित्व
यसरी फुत्त आयो भूकम्प
उजाड बनायो गाउँशहर
र लुत्त लुक्यो….

ऊ मरेछ
त्यो पनि मरेछ
बाँच्नु पर्नेहरू सबै मरेछन्
आऊ भूकम्प स्वागत छ
म मर्न तयार छु
बाँच्न पनि तयार छु
व्यर्थ किन डराउनु
कतिन्जेल चिन्ता गर्नु
आखिर बाँचे पनि मरे पनि
हामी सबैलाई ओढ्न पुग्ने
एउटै आकाश छँदैछ नि !

सुन्न त
मैले पनि सुनेको थिएँ
भुइँचालोमा लाटो बोल्छ
अपाङ्ग उठ्छ र हिड्छ
मेरा पनि आँखा खुले
देखें निलो आकाश, नौलो आकास
जहाँ सून्यता, पूर्णता तर सत्यता रहेछन्
अनि पिलपिल गर्ने आकासका ताराहरू
अरूका हैनन् हाम्रै रहरहरू नाचेका रहेछन्
आहा ! जीवन र मृत्यु
बाँच्नु, मर्नुको रहर अनि कर
व्रम्हाण्डीय आकर्षण अनि विकर्षण
न्यूटनको गुरत्वाकर्षण
आइन्स्टाइनको गति
जो हामीलाई नै खोजिरहेछन्
टाउको बिनै बाँचिएछ यतिन्जेल
व्यर्थै च्व… च्व…

सर आइजक न्यूटनलाई
गुरुत्वाकर्षण चिनाइ दिने स्याऊ
भूकम्पले मान्छेकै टाउकोमा
अझै झारिरहेछन्
धरतिमा कतै न्यूटनहरू
जन्मिए कि ! भनेर
अब त न्यूटनहरू
जन्मिए कि भनेर…

कवितावाचन

Similar Posts

  • राउटेको मन

    राउटेको मन

    समयसितै चिप्लिँदै गुड्ने
    तिम्रो गाडी
    भो मलाई चाहिएन
    गति कतै पन्छाएर
    हावामा उड्ने
    तिम्रो जहाज पनि
    भो ! मलाई चाहिएन,

    मलाइ
    कम्प्युटरमा च्याटिङ गर्दै
    भासिनु छैन मुगलानमा

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

  • मनसुनको लय (कविता)

    डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…

  • मलाई कविता मनपर्छ

    कविता सुन्नु पर्ला समय बेकार जाला भनेर भागी भागी हिड्ने मान्छे म होइन म त जता जता कविता छ उता उता सोध्दै खोज्दै सुन्न जाने मान्छे

  • बौलाहाको बकबक

    देख्दादेख्दै यो देशमा जब बहुदल आयो नेता भकाभक बहुलाए एकदिन गणतन्त्र पनि आयो कोही आत्तिए जनता एकाएक मात्तिए खै के भन्नु सबैले मलाई पागल देख्छन् हा…हा…हा…

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

Leave a Reply