तिम्रो न्यानो छातीमा
बिसाएका मेरा सपनाहरू
बसन्तमा फुल्ने फूलहरू हैनन्
जसलाई शिशिरले झार्न सकोस्
लालुपाते र बाबरी होइनन् माया
जो वर्षैपिच्छे टिप्न सकियोस्
वर्षेनी लाग्ने मेलामा धाउन
मायाको गलबन्दी लाउन
दुनियाको नजर लाग्यो मायालु
आऊ बरपिपल रोपौं मायाको चौतारीमा
दुइटा ढुङ्गा थपिदिउँ मायाको देउरालीमा ।
—————————————-
माघ २०३८, काठमाडौं ।
जीवन मेरो शब्दकोशमा कवितासंग्रह २०६३
परदेशीको सपना
पोखरेलजी नाम जस्तै मधु

Leave a Comment