प्रस्ताव

तिम्रो न्यानो छातीमा
बिसाएका मेरा सपनाहरू
बसन्तमा फुल्ने फूलहरू हैनन्
जसलाई शिशिरले झार्न सकोस्
लालुपाते र बाबरी होइनन् माया
जो वर्षैपिच्छे टिप्न सकियोस्
वर्षेनी लाग्ने मेलामा धाउन
मायाको गलबन्दी लाउन
दुनियाको नजर लाग्यो मायालु
आऊ बरपिपल रोपौं मायाको चौतारीमा
दुइटा ढुङ्गा थपिदिउँ मायाको देउरालीमा ।
—————————————-
माघ २०३८, काठमाडौं ।
जीवन मेरो शब्दकोशमा कवितासंग्रह २०६३

Similar Posts

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • प्रशंसापत्र

    यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !

  • दशैं

    बन्द छलेर, कर्र्‍यू तोडेर दशैं आएको छ आज बिर्खेको घरमा केही दिन भए पनि खुशी  छाएको छ केटाकेटी रमाएका छन् मक्किएको धोति पनि फेरिएको छ

  • बिर्खेको दशैं

    यो दुनियाँमा दुःख दिनेबाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबैसबै दुःखै दिने चीज मात्र त हुन् नि मेरा निम्ति मलाई खुसी बाँड्ने सेतो हिमाल छ जो मलाई उभिन सिकाउँछ कहिल्यै नरिसाई सधैं हाँस्न सिकाउँछ मलाई

  • राउटेको मन

    राउटेको मन

    समयसितै चिप्लिँदै गुड्ने
    तिम्रो गाडी
    भो मलाई चाहिएन
    गति कतै पन्छाएर
    हावामा उड्ने
    तिम्रो जहाज पनि
    भो ! मलाई चाहिएन,

    मलाइ
    कम्प्युटरमा च्याटिङ गर्दै
    भासिनु छैन मुगलानमा

Leave a Reply