यात्रा आधा शताब्दीको

यात्रा आधा शताब्दीको- कवितासंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति- २०६८ साल ।

कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै ठूला कविको पहिचान भइसकेको थियो तर २०३० का दशकपछि नेपाली कविताले कविताको मौलिक स्वरूप प्राप्त गरिसकेको छ । यसबाट के प्रमाणित भएको छ भने सिर्जना मर्दो रहेनछ । कविता एउटा सुन्दर भाषिक सिर्जना हो, यसैले अमर छ भनेर प्रमाणित गर्ने, नेपाली कवितालाई पाठकका माझ मीठो परिचय गराउने समसामयिक धाराका कवि कृष्णभूषण बल, दिनेश अधिकारीहरूकै उत्तरवर्ती पुस्तामा चिनिएको नाम हो – नवराज सुब्बा ।


Nepali Version Preview/Download

Similar Posts

  • | |

    मन-र-माटो

    देशप्रेम र संवेदनाको संगम मन-र-माटो डा. नवराज सुब्बाद्वारा लिखित एक प्रेरणादायी गीत-गजल संग्रह हो। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले २०७३ सालमा प्रकाशित यस कृतिले पाठकलाई देशप्रेम, समाज, र बाल मनोविज्ञानका विविध आयामहरूमा डुबाउने क्षमता राख्छ। संग्रहमा देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, र गजलसहित चार दर्जन उत्कृष्ट रचनाहरू समावेश छन्। यस संग्रहले नेपाली माटोको सुगन्ध र मानिसको…

  • |

    निरोगी चालचलन

    डा. नवराज सुब्बा परिचय ‘निरोगी चालचलन’ प्रतिरक्षा स्वास्थ्यबारे जानकारी दिने पुस्तक हो।यसले रोगबाट जोगाउने रोकथाम उपायहरू प्रस्तुत गर्दछ।पुस्तक जीवनशैली सुधारमा विशेष जोड दिन्छ।गलत जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न प्रेरित गर्छ।यसमा वैज्ञानिक प्रमाणहरूको उपयोग गरिएको छ। एकीकृत रणनीतिहरू प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।पुस्तकले संक्रामक रोगको जोखिम कम गर्न सहयोग गर्छ।स्वास्थ्यकर जीवनशैली अपनाउन पाठकलाई प्रेरणा दिन्छ। तन्दुरुस्ती चाहनेका लागि…

  • जनस्वास्थ्य: पाटा बाटा र अनुभूति

    जनस्वास्थ्य: पाटा बाटा र अनुभूति जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह लेखक नवराज सुब्बा प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर । यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य, विभिन्न रोगहरुको परिचय र रोकथाममा उपायहरुका चर्चा गरिएको छ । यसभित्र स्वास्थ्य प्रबर्धनका उपाय र सरकारी नीतिहरुको पनि जानकारी दिइएको छ । रोग उपचार गर्नु…

  • | |

    चीत्कार-मुक्तकसंग्रह

    परिचय चीत्कार-मुक्तकसंग्रह कवि नवराज सुब्बाद्वारा लिखित मुक्तकसंग्रह, २०६९ सालमा वाणी प्रकाशन, विराटनगरबाट प्रकाशित भएको एक महत्त्वपूर्ण कृति हो। यस पुस्तकमा काव्य विधाका १०१ मुक्तकहरू समावेश गरिएका छन्। मुक्तकहरू चार पंक्तिमा लेखिएका कविता हुन्, जसले एउटा पूर्ण विचारलाई समेट्ने गर्छ। यस संग्रहमा समाजको यथार्थ, व्यक्तिगत भावनाहरू, र राष्ट्रिय चेतनाका विविध आयामहरू झल्किएका छन्। चित्कारको सौन्दर्य र सन्दर्भ…

Leave a Reply