विराटनगरमा होमियोपैथी दिवस

चैत्र २८, २०६९ विराटनगर नेपाल । होमियोप्याथी चिकित्सा प्रणालीका प्रणेता डा. स्यामुयल हनेमनको २५८ औं जन्मजयन्ति आज विराटनगरमा पनि मनाइयो । नेपाल होमियोपैथी चिकित्सक संघले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा, अतिथिहरु जितेन्द्र राठी, केशव सुवाल, डा. अरबिन्द कुमार, डा. रामबहादुर थापा, गोपाल सोनाली, राजकुमार ठाकुर लगायतले होमियोपैथी चिकित्सा प्रणालीका व्यवहारिक पक्ष, संभावना र चुनौतीबारे बोल्नु भएको थियो । संघका अध्यक्ष डा. जीवन प्रकाश रायको अध्यक्षतामा भएको समारोहमा डा. द्रोपति शाहले स्वागतमन्तव्य, महासचिव डा. रविप्रकाश रायले वार्षिक प्रतिवेदन पेश र डा. श्रवणकुमार यादवले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Similar Posts

Leave a Reply