सुब्बाका एल्बमको भिडियो बजारमा आउने

विराटनगर, १५ माघ । चर्चित गीतकार नवराज सुब्बाको गजल एलबम लुकेको रहरको भिडियो बजारमा आउने भएको छ ।

श्री चाँदनी फिल्मस् विराटनगरले सुब्बाको लुकेको रहर गजल एलबमको भिडियो छायाङ्कन गरि दर्शकमाझ ल्याउन लागेको हो । शनिवार भिडियोका निर्देशक केशव रायमाझीले विराटनगरमा एक कार्यक्रमको आयोजना गरि उक्त जानकारी दिनु भएको हो । पूर्वाञ्चलका विभिन्न तीन स्थानमा छायाङ्कन गर्न लागिएको गीतमा शक्ति बल्लभको संगीत रहेको छ भने जगदीश समालले स्वर दिनु भएको छ ।

उक्त भिडियोमा श्यामसुन्दर कार्की, लक्ष्मी बोहरा र राजेन्द्र थपलियाले अभिनय गर्नेछन् । प्रकाश भट्टराइ सह निर्देशक रहेको भिडियोको प्रकाश ब्यवस्थापनमा खेमराज सिग्देल रहेका छन् भने छाँयाकारमा सोम मगराती हुनुहुनछ ।

कार्यक्रममा गीतका रचनाकार सुब्बाले निर्देशक र कलाकारले गीतको मर्मलाई सही ढङ्गले प्रस्तुत गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

Similar Posts

  • तीन स्रष्टा सम्मानित

    चैत्र १८, २०६८ विराटनगर । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मानित गरिएको छ ।

  • समता साहित्य प्रतिष्ठानको स्थापना

    < फागुन ११, २०७४ विराटनगर । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति…

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

  • गीति एलवम “देशको माया”

    भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।

  • शुभकामना गीत लोकार्पण

    २०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।

  • विराटनगरमा कविगोष्ठी

    भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे । महाकाव्यकार सोमराज अभयको…

Leave a Reply