चीत्कार

चीत्कार- मुक्तकसंग्रह
लेखक -नवराज सुब्बा
प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर ।

कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा केवल वैयक्तिक मुटुको चीत्कार मात्र छैन अचेलका कुर्सीप्रेमी सर्वदलीय नेताहरूले युधिष्ठिरधर्मी बनी हाम्रो नेपाल आमाको अस्मिता बेच्न जूवाको खालमा तिनलाई राखेको दुर्दशा देखेर घुँकघुँक रोक्न असमर्थ आत्माको रोदन पनि छ । म्यानपावर नाउँ गरेको संस्कृति हामी उपर लादिएपछि देखिने नेपालको युवा पुस्ताहीन दुर्गतिलाई उनले यसरी कलात्मक ढङ्गले व्यक्त गरेका छन्—

पढ्ने आँखा अनि देख्ने तारा बिलाए
सुन्ने कान अनि छहरा, पहरा सुसाए
फूल, पात, कोपिलाहरू खोसिएपछि
कविताभित्र आज विचरा चरा टोलाए ।


Preview/Download Click

Similar Posts

  • | |

    मन-र-माटो

    देशप्रेम र संवेदनाको संगम मन-र-माटो डा. नवराज सुब्बाद्वारा लिखित एक प्रेरणादायी गीत-गजल संग्रह हो। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले २०७३ सालमा प्रकाशित यस कृतिले पाठकलाई देशप्रेम, समाज, र बाल मनोविज्ञानका विविध आयामहरूमा डुबाउने क्षमता राख्छ। संग्रहमा देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, र गजलसहित चार दर्जन उत्कृष्ट रचनाहरू समावेश छन्। यस संग्रहले नेपाली माटोको सुगन्ध र मानिसको…

  • Traditional and Modern Health Care Practices and Effects on Rajbanshi

    This is a descriptive and cross-sectional study on the Rajbanshi of Nepal undertaken in 2010. The common theories in Ethnographic/Indigenous Psychological perspective, Social Construction theories, and Public Health perspectives have navigated the study. This study poses both qualitative and quantitative methods: interviews, observations, and examinations. Household samples were randomly taken and clusters taken by purposive…

  • ‘मन र माटो’

    ‘मन र माटो’ विधा: गीत गजल लेखकः डा. नवराज सुब्बा, प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर सालः २०७३ (2016) प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशको माटो र यसलाई माया गर्ने भावना गीतभित्र यत्रतत्र छरिएका पाइन्छन् । पुस्तकको भूमिकामा संगीतकार तथा अध्येता बुलु मुकारुङले कृती र कृतीउपर आफ्ना…

  • Dialogue Between the Sky and the Self by Nawa Raj Subba

    📘 Introduction of the Dialogue between the Sky and the Self by Nawa Raj Subba Dialogue Between the Sky and the Self by Nawa Raj Subba is a spiritual Khandakavya that explores the sacred connection between the soul and the cosmos. Inspired by the Kirat Limbu oral tradition, especially the Tungdunge Mundhum, this poetic work…

Leave a Reply