|

Jali Maya

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- २ जाली माया

जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ ।

दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर
किन आकाश उधारेर बादलले टाली दियौ ।

नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर
मनको सफा तलाऊमा धमिलोपन हाली दियौ ।

सुरमा मैले ताने स्वर नाच्ने थियो पालो हजुर
परेलीका गाजल किन पखालेर फाली दियौ ।

(Gajal Lyrics शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः जगदिश समाल, गजल एल्बम– लुकेको रहर)

Similar Posts

  • |

    Deshko Maya Lagcha

    ६) देशको माया लाग्छ  सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतिले बनाइदिए तराई पहाड हिमाल सुन्दरताको नाना खानी यही“ नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलिजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउ“घर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली…

  • Nepali Gazal Songs

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसोआफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसोथाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया…

  • |

    Chadhdai Jau Shikhar

    ९ चढ्दै जाऊ शिखर चढ्दै जाऊ शिखरछोऊ आकाशलाईविजयको गीतसितैबाँडौ प्रकाशलाई । नलडाऊ कसैलाईपाइला अघि सारौंजीत हुन्छ सबैकोमिलीजुली बढौं । जति माथि पुगे पनिमन त यहीँ हुन्छदेशको यो पुकारलाईसम्झी छामे पुग्छ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया)

  • |

    Timilai Maya

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो थाहै नपाई त्यो गलामा चुँडिएको…

  • |

    Sodhna Mana Lagcha Pritam

    ३. सोध्‍न मन लाग्छ प्रितम् सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ, नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ । जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ, संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ । जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी, उकाली र ओरालीमा आउनु पर्ने द्यौराली । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र…

  • |

    Tyo Mrityuko Avas

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ७ त्यो मृत्युको आभास त्यो मृत्युको आभास आइरहन्छ किन कतै बोलाएझैं गीत गाइरहन्छ किन । म गीत गाउँदा गाउँदै ढलिजान सक्छु हरपल संगीत दिलमा छाइरहन्छ किन । लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ केवल दुखिरहने शव्द पाइरहन्छ किन । सबैलाई बाँड्न रैछ यही मुटु प्यारो फकाई कसैले हरदम खाइरहन्छ किन ।…