|

मोरङको जनस्वास्थ्य स्थिति — नवराज सुब्बा

मोरङ जिल्ला पूर्वी तराइमा रहेको एक ऐतिहासिक जिल्ला हो । यस जिल्लामा १० लाखभन्दा बढी जनसंख्या बसोबास गर्छन् । सदरमुकाम विराटनगरमा मात्र २ लाखभन्दा बढी जनसंख्या बसोबास गर्दछन् । यो जिल्लामा ६५ गाविस र एक उपमहानगरपालिका छन् । ग्रामीणस्तरमा ३७ उपस्वास्थ्य चौकी, २२ स्वास्थ्यचौकी र ७ प्राथमिक स्वास्थ्यकेन्द्र रहेका छन् । यिनीहरूले ग्रामीण जनतालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गरिरहेका छन् । यसैगरि सरकारी स्तरमा कोशी अंचल अस्पताल र रंगेली अस्पतालहरूले पनि सेवा प्रदान गरिरहेका छन् । हाल कोशी अंचल अस्पतालमा एच आइ भी संक्रमितहरूलाई पनि सेवा प्रदान गरिन्छ । नीजिक्षेत्रबाट विराटनगरमा संचालित शिक्षण अस्पताल, नर्सिङ होमहरूले पनि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । गैरसरकारी क्षेत्रमा नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगीहरूलाई र एन.एल.आर. संस्थाले कुष्ठरोगीहरूलाई सेवा प्रदान गरिरहेका छन् ।

जिल्लाभरका स्वास्थ्यसंस्थाहरूबाट जिल्ला जनस्वास्थ्य कार्यालयमा नियमित रूपमा मासिक प्रगति प्रतिवेदन प्राप्त हुन्छ । अर्थात् जिल्लाभित्र समुदायका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवा देखि लिएर उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र लगायत अंचल अस्पताल तथा नीजि अस्पतालबाट प्रदान गरिने स्वास्थोपचारहरूको तथ्यांक राखिने प्रणाली रहेको छ । यसैले अब हामी जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको स्वास्थ्य ब्यवस्थापन प्रणालीको आर्थिक वर्ष २०६७÷६८ को लक्ष्य प्रगति तथा तथ्यांकबारे संक्षिप्त चर्चा गरौं ।

गत आर्थिक वर्ष अर्थात आव २०६७÷६८ मा २५,८९३ जना एक वर्ष मुनिका बालबालिकाहरूलाई खोप लगाउनु पर्ने लक्ष्य रहेकोमा जम्मा ९३ प्रतिशतलाई बिसिजी खोप, ८६ प्रतिशतलाई डिपीटि ३ खोप र ७८ प्रतिशतलाई दादुराको खोप लगाइयो । यसैगरि ८२ प्रतिशत गर्भवति महिलाहरूले टिटि–२ खोप लगाएका थिए । यसैगरि ७९ प्रतिशत महिलाले पहिलोपटक गर्भवती परीक्षण गराए र ३९ प्रतिशतले चारपटक स्वास्थ्य परीक्षण पूरा गरे । जिल्लामा ५० प्रतिशत प्रसूती स्वास्थ्यकर्मीबाट गरिएको छ । यस जिल्लामा परिवार नियोजन साधन प्रयोग दर ६४ प्रतिशत रहेको छ । माथिका सूचकाङ्कहरू नेपालको सरदर स्तर भन्दा राम्रो अवस्थामा रहेको छ ।
क्षयरोगतर्फ नयाँ क्षयरोगी पत्ता लगाउने दर ६० प्रतिशत छ । यसमा टिबी एक्सेस कार्यक्रमको सहयोगमा विदेशबाट स्वदेश छिर्ने नाकामा बसेर आवतजावत गर्नेहरू मध्ये शंकास्पदमा क्षयरोगको सक्रिय खोजपडताल गर्ने गरिएको छ । कुष्ठरोगतर्फ प्रति १० हजार जनसंख्यामा प्रिभलेन्स दर १.६९ रहेको छ । औलोरोगतर्फ यस सन् २०१० मा १०७ जना विरामी पत्ता लगाई निःशुल्क उपचार गरियो । कालाज्वर रोगका १०७ जना विरामीहरूलाई पनि निःशुल्क उपचार गरेर निको पारिएको तथ्यांकले देखाउँछ । तर मोरङ जिल्लामा विगत वर्षहरूमा घट्दै गएको कालाज्वर रोगले भने यो वर्ष शीर उठाएको छ र यस रोगको विरामी संख्या यो वर्ष विगत वर्षभन्दा केही बढेको छ । यो रोग खासगरि फुस्को घरमा बस्ने विपन्नहरूलाई लाग्ने भएकाले उपचार गर्न राहत मिलोस् भनेर नेपाल सरकारले औषधी पूरा गरेपछि रू. १००० दिने ब्यवस्था गरेको छ । यसरी विरामीलाई आर्थिक राहत दिने काम समेत जिल्ला जनस्वास्थ्य कार्यालयबाट भएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपचारको लागि कूल जनसंख्याको ५३ प्रतिशत स्वास्थ्य संस्थामा आएर सेवा लिएका छन् । ती मध्ये ५५ प्रतिशत महिला रहेका छन् । जिल्लाबाट क्यान्सररोगी, मृगौलारोगीहरूलाई केन्द्रीयस्तरको अस्पतालमा उपचारमा छूटको लागि ५० जनाभन्दा बढीलाई सिफारिस गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आर्थिक वर्ष २०६७÷६८ मा बिभिन्न कार्यक्रमहरूमा जम्मा रू. १३ करोड ७९ लाख ७४ हजार १६० खर्च गरेको छ ।
मोरङ तराई जिल्ला भनिएता पनि ८ वटा गाविस पहाडी क्षेत्रका छन् । दक्षिण सीमावर्ति गाविसहरूमा कतिपय समुदायहरूको सामाजिक–आर्थिकस्तर न्यून भएकाले स्वास्थ्य सेवा पहुँचमा समस्या र चुनौति छन् । जिल्लामा गत आर्थिक वर्षमा महामारीतर्फ १ जनाको इन्सेफलाइटिसबाट मृत्यु भएको छ । यसैगरि १५ जनाको मातृमृत्यु र १३१ जना नवजातशिशुको मृत्यु भएको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सूचना प्रणालीमा संग्रहित छ ।
जनतालाई प्राथमिक स्वास्थ्यसेवाको समता र पहुँचको लागि पनि जिल्ला जनस्वास्थ्य कार्यालयले आँटेको होस्टेमा सबैको हैंसे मिलेको छ । किनभने जनतालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने र गराउने महान अभियान जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको एक्लो प्रयासले मात्र सफल हुँदैन । अन्य सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसंग गरिएका सहकार्य र समन्वयले नै मोरङ जिल्ला आज यो अवस्थामा आइपुगेको हो । यसमा महिला स्वास्थ्य स्वयसेविका, स्थानीय गाविस, नगरपालिकाहरूको भूमिकालाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा राखिन्छ ।

Similar Posts

  • जलवायु परिवर्तन विश्वव्यापी अभियानमा थप चुनौती

    १२ डिसेम्बर २०१५ मा विश्वका १९५ राष्ट्रहरुले फ्रान्समा भेला भई विश्व तापक्रम २ डिग्री सेन्टिगे्रट भन्दा बढ्न नदिने प्रतिबद्धता सहित पेरिस सम्मेलन गरे । यसमा हालसम्म १४८ मुलुकहरुले प्रतिबद्धता स्वरुप हस्ताक्षर गरिसकेका छन् । तर हालै आश्चर्यजनक रुपमा अमेरिकाले उक्त विश्वसम्मेलनमा पारित प्रतिवद्धताबाट हात झिकेको छ । खासगरी औद्योगिक मुलुकहरुका उद्योग कलकारखाना, यातायात आदिबाट बढी…

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई…

  • उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु पुरस्कृत

    भाद्र ८, २०६९ विराटनगर मोरङ । मोरङ जिल्लामा समुदायलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट तीन स्वास्थ्य संस्थाहरु र १८ जना स्वास्थ्यकर्मीहरु पुरस्कृत भएका छन् । आर्थिक वर्ष २०६८/६९ मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ अन्तर्गतका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुमध्ये कार्यसम्पादनको आधारमा मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, केराबारी स्वास्थ्य चौकी र बेलबारी उपस्वास्थ्य चौकी उत्कृष्ट तीनमा परेका…

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

  • Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…

One Comment

  1. Sir, thank you for providing all health related information of Morang District. The article ought to be a helpful material for Public Health students like us.

Leave a Reply