यात्रा आधा शताब्दीको

यात्रा आधा शताब्दीको- कवितासंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति- २०६८ साल ।

कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै ठूला कविको पहिचान भइसकेको थियो तर २०३० का दशकपछि नेपाली कविताले कविताको मौलिक स्वरूप प्राप्त गरिसकेको छ । यसबाट के प्रमाणित भएको छ भने सिर्जना मर्दो रहेनछ । कविता एउटा सुन्दर भाषिक सिर्जना हो, यसैले अमर छ भनेर प्रमाणित गर्ने, नेपाली कवितालाई पाठकका माझ मीठो परिचय गराउने समसामयिक धाराका कवि कृष्णभूषण बल, दिनेश अधिकारीहरूकै उत्तरवर्ती पुस्तामा चिनिएको नाम हो – नवराज सुब्बा ।


Nepali Version Preview/Download

Similar Posts

  • बीच बाटोमा ब्यूँझेर

    बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका,…

  • Genealogy-2024

    The Genealogy of Phyang Samba 2024 What’s in a Genealogy? A Deep Dive into the Ancestry of the Phyang Samba Clan Genealogy is much more than a family record—it’s a bridge connecting the past, present, and future. In Kirat Rai and Limbu communities, significant life events such as birth, marriage, and death are marked with…

  • आकाश र आत्मावीचको संवाद

    “आकाश र आत्माबीचको संवाद” खण्डकाव्यको परिचय यो आकाश अनि आत्माबीच बातचित भएको एक दार्शनिक खण्डकाव्य हो जसले ब्रह्माण्ड र मानव चेतनाबीचको अन्तरसम्वादलाई कविता मार्फत अन्वेषण गर्दछ। यो काव्य आत्मा (individual self) र आकाश (cosmic vastness) बीचको प्रतीकात्मक संवाद हो, जसमा मौनता, सृष्टि, प्रकृति, चेतना र मुन्धुमीय दर्शनको तत्वहरू समेटिएका छन्। खण्डकाव्य – आकाश र आत्माबीचको…

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…

  • | |

    सहिदलाई-सलाम

    सहिदलाई-सलाम: गीतसंग्रहको परिचय सहिदलाई-सलाम गीतकार नवराज सुब्बाद्वारा लिखित  एउटा प्रेरणादायी गीतसंग्रह हो। २०६६ सालमा साझा प्रकाशनबाट प्रकाशित यो कृतिमा ५८ विविध विधाका गीतहरू समेटिएका छन्। यस पुस्तकमा देशभक्ति गीत, बालगीत, लोकलयमा आधारित गीत, हास्य–व्यङ्ग्य गीत, र आधुनिक गीतहरू संग्रहित छन्। गीतहरूले नेपाली समाज, संस्कृति, र राष्ट्रिय चेतनाका विविध आयामलाई समेटेर पाठकको मन छुने प्रयास गरेका…

Leave a Reply