विराटनगरमा होमियोपेथिक सेवा विस्तार

भाद्र ३०, २०६९ विराटनगर नेपाल ।
नेपाल होमियोपेथिक चिकित्सक संघ विराटनगरले जनसहभागितामा होमियापैथिक चिकित्सा सेवा विस्तार गरेको छ । स्थानीय जनसहभागितामा स्थापित होमियोपेथिक क्लिनिक विराटनगर– २१ रानीमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा समारोहका प्रमुख अतिथि नवराज सुब्बाले उद्घाटन गर्नुभयो ।
स्थानीय गौतम बुद्ध बोर्डिङ स्कुलबाट रु एक लाख आर्थिक सहयोग र स्थानीय शिवनारायण गुप्ताले उपलब्ध गराएको भवनमा नेपाल होमियोपेथिक चिकित्सक संघबाट होमियो क्लिनिक खोलिएको हो । क्लिनिकमा शनिबार बाहेक हरेक दिन अपरान्ह ३ देखि ६ बजेसम्म निःशुल्क विरामी जाँच हुने र सस्तो मूल्यमा औषधी उपलब्ध हुने भएकाले बिपन्नहरुको पहुँच हुने जनाइएको छ ।
नेपाल होमियोपैथिक चिकित्सक संघका अध्यक्ष डा. जीवन प्रकाशको अध्यक्षतामा सम्पन्न समारोहमा डा. द्रौपदी साह, डा. रविप्रकाश राय, डा. श्रवण यादव, डा. रमन गुप्ताले होमियोपैथिक चिकित्सा प्रणाली र यसको महत्वबारे प्रकाश पार्नुभयो । कार्यक्रममा गौतम वुद्ध बोर्डिङ स्कुलका प्राचार्य केशवलाल सिंह सुवाल र शिवनारायण गुप्तालाई प्रशंसापत्र सहित सम्मानित गरिएको थियो ।

 

 

Similar Posts

  • |

    भाइरल ज्वरो इन्फ्लुएन्जा

    (डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो…

  • आमासमूहको सक्रियता

    मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ । सभामा ९ सदस्यीय कार्यसमिति गठन गर्ने, आकस्मिक कोषको सुदृढिकरण गर्ने र आमासमूहको भवन बनाउने निर्णय गरिएको छ । उक्त साधारण सभामा आकस्मिक कोषको लागि चन्द्रबहादुर गुरुङ र कमला गुरुङले रु ५० हजार, स्वास्थ्यकर्मी विश्वमित्र ढकालले थप १० हजार अनुदान दिएको…

  • |

    A Brief Note on Health Psychology

    Dr. Nawa Raj Subba Health psychology is a behavioral medicine having interdisciplinary scopes including both medicine and psychology. It deals with the psychological and behavioral processes. Health psychology commits overall individual’s well being and health. Religion organizes the system of beliefs and practices. Spirituality connects self to self-others nature and ultimate others. Spiritual health maintains…

  • |

    आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)

    सन्दर्भ – विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्छ भने हरेक चालीस सेकेण्डमा एकजनाको आत्महत्याबाट मृत्यु भइरहेको छ । सन् २००० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष१० लाख मानिस आत्महत्या गरी मर्ने गर्छन् । विश्वमा यो दर बढ्दो छ । यही अवस्थालाई…

  • अपाङ्गतासम्बन्धी सक्रियता

    जेठ ३, २०६८ विराटनगर, अपाङ्गतासम्बन्धी कार्यरत संस्था सामर्थ्य नेपालले दोस्रो वार्षिक साधरण सभा गरेको छ । संस्थाले आर्थिक वर्ष२०६७/६८ को लागि रु २४ लाख ८० हजारको बजेट प्रस्तुत पेश गरेको छ । समाजका अध्यक्ष बिमल बस्नेतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, जि.वि.स.का गणेश तिमसिना, जिल्ला शिक्षा कार्यालयका सूर्य गौतम, एन.एल.आर.का नन्दु…

  • Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

    माघ २९, २०६९ विराटनगर । मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले…

Leave a Reply