एच.आइ.भी.एड्स प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा

कार्तिक २७, २०६९ विराटनगर नेपाल । जिल्ला विकास समिति मोरङको सहयोगमा तिहारको अवसरमा स्पर्श नेपाल संस्थाद्वारा आयोजित एक कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा र विशेष अतिथि परिवार नियोजन संघका प्रमुख सुरेश प्रधानले प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरे । कार्यक्रममा जिविसका छत्र बजगाई, सिसिएम पुर्वाञ्चलका संजीव चापागाई, पत्रकार कमल रिमाल, स्पर्श नेपालका संजीव खड्का लगायतले बोल्नुभएको थियो ।

Similar Posts

  • Dental Health Camp

    Dental Health Camp at Rural clusters organized by Forest Committees in collaboration with governmental organizations. दाँतसम्बन्धी शिविर: असोज १०, २०६८ विराटनगर । मोरङ, पथरी–९ बोक्रेचोकमा एकदिने दन्त शिविरको आयोजना गरियो । डा. सुधिर श्रेष्ठ र डा. सफल ढुङ्गेल सम्मिलित टोलीले १५० जना बढीको दाँत परीक्षण तथा उपचार गरेको छ । चौतारी सामुदायिक वन समूह, सुन्दर सामुदायिक…

  • विराटनगरमा होमियोपैथी दिवस

    चैत्र २८, २०६९ विराटनगर नेपाल । होमियोप्याथी चिकित्सा प्रणालीका प्रणेता डा. स्यामुयल हनेमनको २५८ औं जन्मजयन्ति आज विराटनगरमा पनि मनाइयो । नेपाल होमियोपैथी चिकित्सक संघले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा, अतिथिहरु जितेन्द्र राठी, केशव सुवाल, डा. अरबिन्द कुमार, डा. रामबहादुर थापा, गोपाल सोनाली, राजकुमार ठाकुर लगायतले होमियोपैथी चिकित्सा…

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई…

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

  • प्रजनन स्वास्थ्य शिविर

    माघ २७, २०६७ । मोरङ सिसवानी जहदा – जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा समुदायमा यौनरोग तथा प्रजनन स्वास्थ्य शिविर । जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख नवराज सुब्बाले शिविरको उद्घाटन गर्नुभयो । उद्घानका अवसरमा गाविस सचिव थिरप्रसाद पौडेल, विराट अस्पतालकी लजिता योञ्जनले बोल्नुभयो ।

  • प्रसूती सेवा भवन शिलान्यास

    कार्तिक २८, २०६८ मोरङको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूती सेवा केन्द्र भवनको शिलान्यास भएको छ । प्रसूती गराउने आधुनिक १० कोठे भवनको शिलान्यास एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले गर्नुभएको छ । भवन शिलान्यास समारोहमा केन्द्रका इञ्चार्ज शेखर यादवले आर्थिक वर्ष २०६७÷६८ को प्रगति विवरण प्रस्तुत गर्नुभयो । समारोहमा केन्द्रको गत वर्ष तथा आगामी…

Leave a Reply