फूलको ओंठमा फुलेकोछु

फूलको ओंठमा फुलेकोछु
पुतली भइ उडि आऊ
पर्खिरहेछु जुनेली रातमा
वतास भइ छाम्न आऊ ।

मेरो छाति पहाडको
भत्किरहने पहिरो जस्तो
मेरो आशा कुमारीको
झरिरहने बर्को जस्तो ।

किन रुन्छन् फूलहरू
झर्छन् किन ताराहरू
सारा रंग धुलो बनि
छोप्छन किन आस्थाहरू ।

बसेको छु म सधैं पर्खेर
खोज्यौ कि तिमीले मलाई
कति बस्नु आशै आशमा
बोकि बैंश कि भागौं कतै ।

३० चैत्र २०६२, विराटनगर नेपाल ।

Similar Posts

  • हामी पहिले नेपाली

    हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु । नेपाली चिनाउँने हिमाल सगरमाथा अरनीको कला र गोर्खाली वीरगाथा अखण्ड यो भूखण्ड हो यही स्वाभिमान फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान । माघीनाच, धाननाच, सिरुवा अनि रोदी झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी हामीलाई बचाउने संस्कृति छ महान् फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

  • असारेगीत

    धान रोप्न साथी हो खेततिर जाऔं खेल्ने बेला हैन एैले काम गर्न जाऔं । हलो जोत्ने साइँलादाइ मीठो गीत गाऊँ गाडीजस्तै मज्जा हुन्छ दाँदे चढ्न जाऊँ । दुःख गरौं असारमा धान फल्छ हेर मंसीरमा दाइँ गरी खेल्नु पर्छ धेर । माना खाई मुरी फल्ने राम्रो मौका हो यो बिदा भयो स्कुल पनि समाऊ कोदालो यो…

  • भूल मन पर्छ

    चालै नपाइ फक्रिएको फूल मनपर्छ जानी जानी गरेको भूल मन पर्छ । वसन्तमा छरिएर मुस्काउने आशा नशा साँच्चै लागेछ तिमी देख्छु जता तिम्रै केशमा सिउरेको फूल मन पर्छ जानी जानी गरेको भूल मन पर्छ । नसल्काऊ मुटु मेरो बल्या दियोसँगै तिम्रैपछि छाया मेरो लाग्या थियोसँगै अझै हान तीर मलाई शूल मन पर्छ जानी जानी गरेको…

  • दुर्व्यसन विरुद्ध गीत

    अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।

Leave a Reply