Nepali Folk Songs

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ


हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमा
कुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर ।

फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलै
ढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस ।

हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतै
हो नि हुन त मायालाई सम्झेर रुन्छ नि मन त ।

आकासैमा चील घुम्यो फनफनी जाउँ कि बसौं भइसक्यो मन पनि
गैरी सिमलटार म आउँछु मंगलबार माया नमस्कार ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download  / preview


फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी
उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे ।

मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई
कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई ।

सिउरेको फूल ओइलेर झर्यो चैतको घामले
व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview


सबैले देख्छन् बन डढेको बे
तर कसले देख्छ मन डढेको बे ।

अचारै मीठो रामभेंडाको बे
सम्झना आउँछ उहीबेलाको बे ।

रुखैमाथि चरी कठैबरी बे
आँशु झर्यो बरर आँखैभरी बे ।
(शब्द/स्वर– नवराज सुंब्बा, संगीत– लिम्बू लोकलय, नेपाली लोकगीत, एल्बम- हिमालैमा हिउँ) download / preview


चिनिन नभन साथी चिन्दिनँ नभन
गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन ।

फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल
यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल
आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।

रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान
जीवनसाथी साधना मेरो निरन्तर अभियान
कतै गाह्रो भो नभन प्रिय मान्दिन नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।
(शब्द– नवराज सुब्बा, संगीत/स्वर– साजन राई, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview

५.
जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा
नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा
आयो होली, खेलौं होली, नाचौं होली,
होलीको रूपरङ्गमा ।

बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ
के मधेस, के पहाड मीठो सद्भाव छ
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।

रङ्गीविरङ्गी सपना फुल्ने हाम्रो मन यो
सप्तरङ्गी इन्द्रेनी झुल्ने यही जीवन हो
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।
(शब्द– नवराज सुब्बा, संगीत÷स्वर– सुमित खड्का, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview

Similar Posts

  • |

    Amulya Jiwan

    १. अमूल्य यो जीवन अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (दुर्व्यसनविरुद्ध गीत – गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक…

  • |

    Sabai Bhanda

    २ देशको माया लाग्छ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली…

  • |

    Bahar Sanga

    ६ हाम्रो मोरङ पौराणिक, ऐतिहासिक, राजनीतिक संगमआधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङचेतनाको बीऊ छर्छ कृषिभूमि मोरङहाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राहा, रानी, बुधनगरविराट गौरव समेट्छ यो विराटनगरराजारानी पोखरी जेफालेडाँडा मनोरमबेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फुलबारीछाती यसको चौडा छ अवसर बराबरीआर्य, कोच, किरात इतिहास बोक्छ मैदानगौरवपूर्ण यो नाता…

  • |

    Bahar Sanga

    ३ गमलाको छातीभरी गमलाको छातीभरी फुल्यौ आहा जीवनभरीहाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊपर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

  • |

    Deoralima Barpipal

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति…

  • |

    Nepali Holi Song

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ५ जीवन खुल्छ जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा आयो होली, खेलौं होली, नाचौं होली, होलीको रूपरङ्गमा । बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ के मधेस, के पहाड मीठो सद्भाव छ आयो होली, खेलौं होली, नाचौं होली होलीको रूपरङ्गमा । रङ्गीविरङ्गी…