Nepali Folk Songs

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ


हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमा
कुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर ।

फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलै
ढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस ।

हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतै
हो नि हुन त मायालाई सम्झेर रुन्छ नि मन त ।

आकासैमा चील घुम्यो फनफनी जाउँ कि बसौं भइसक्यो मन पनि
गैरी सिमलटार म आउँछु मंगलबार माया नमस्कार ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download  / preview


फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी
उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे ।

मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई
कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई ।

सिउरेको फूल ओइलेर झर्यो चैतको घामले
व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview


सबैले देख्छन् बन डढेको बे
तर कसले देख्छ मन डढेको बे ।

अचारै मीठो रामभेंडाको बे
सम्झना आउँछ उहीबेलाको बे ।

रुखैमाथि चरी कठैबरी बे
आँशु झर्यो बरर आँखैभरी बे ।
(शब्द/स्वर– नवराज सुंब्बा, संगीत– लिम्बू लोकलय, नेपाली लोकगीत, एल्बम- हिमालैमा हिउँ) download / preview


चिनिन नभन साथी चिन्दिनँ नभन
गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन ।

फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल
यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल
आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।

रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान
जीवनसाथी साधना मेरो निरन्तर अभियान
कतै गाह्रो भो नभन प्रिय मान्दिन नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।
(शब्द– नवराज सुब्बा, संगीत/स्वर– साजन राई, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview

५.
जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा
नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा
आयो होली, खेलौं होली, नाचौं होली,
होलीको रूपरङ्गमा ।

बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ
के मधेस, के पहाड मीठो सद्भाव छ
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।

रङ्गीविरङ्गी सपना फुल्ने हाम्रो मन यो
सप्तरङ्गी इन्द्रेनी झुल्ने यही जीवन हो
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।
(शब्द– नवराज सुब्बा, संगीत÷स्वर– सुमित खड्का, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview

Similar Posts

  • |

    Hey Janmabhumi Swarga Hau Timi

    हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र…

  • Ghazal

    Nepali-Gajal by Nawa Raj Subba Nawa Raj Subba, a ghazal lyricist, has released a solo album of Nepali-gajals titled “Lukeko Rahar”, with music by Shakti Ballabh. Voices have been provided by Narendra Pyasi, Jagdish Samal, Anju Pant, Mandvi Tripathi, Sumit Khadka, Shishir Yogi, Swarup Raj Acharya, Suresh Manandhar, and Bhim Chapagain. Nepali-gajal ‘लुकेको रहर‘ गजलकार…

  • |

    Gulafako Thunga

    ८. गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ, चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर, सपनीमा आउने माया, बिपनी मैं आउने गर । (गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम:…

  • |

    Farkera Aau

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ २ फर्केर आऊ फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे । मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई । सिउरेको फूल ओइलेर झर्यो चैतको घामले व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले…

  • Nepali Gazal Songs

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसोआफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसोथाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया…

  • |

    Deoralima Barpipal

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति…