Nepali Modern Songs

एल्बम– बहारसंग

१ ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेन जलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिन बनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)
Bahar.. Lyrics- Nawa Raj Subba, Music- Sajan Rai, Singer- Deepak Limbu
  २ गुलाफको थूँगाभित्र मायालुको वासना पाउँछु उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओंठहरु गीत गाइ रुझुँ भन्छ चन्चले यी आँखाहरू कतै पुगी अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गर सपनीमा आउने माया विपनीमै आउने गर । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– प्रेम भट्टचन, एल्बम– बहारसंग)
Gulaf… Lyrics- Nawa Raj Subba, Music-Prem Bhattachan, Singer- D.B. Rai, Album- Bahar Sanga
  ३ गमलाको छातीभरी फुल्यौ आहा जीवनभरी हाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊ पर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊ ढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग)
Gamala- Lyrics/Singer- Nawa Raj Subba, Music- Andrew Sithling, Album- Bahar Sanga
  ४ विवशताले बाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटिरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (शब्द– नवराज सुब्बा, स्वर/संगीत– सुर्य थुलुङ, एल्बम– बहारसंग)
Biwasta Lyrics- Nawa Raj Subba, Music/Singer- Surya Thulung, Album- Bahar Sanga
  ५ हाम्रो पहिलो पाइला चार दिवालले नरोक सुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊ निर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँ बाआमाको यो सजाय हामीलाई नदिइयोस् यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौं फूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौं हाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछ उज्यालो हाम्रो विपना सूर्यझैं झल्मलाउँछ । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग)
Hamro Pahilo- Lyrics-  Nawa Raj Subba, Music- Shakti Ballav, Singer- Sumit Khadka, Album- Bahar Sanga
  ६ पौराणिक, ऐतिहासिक, राजनीतिक संगम आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङ चेतनाको बीऊ छर्छ कृषिभूमि मोरङ हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राहा, रानी, बुधनगर विराट गौरव समेट्छ यो विराटनगर राजारानी पोखरी जेफालेडाँडा मनोरम बेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फुलबारी छाती यसको चौडा छ अवसर बराबरी आर्य, कोच, किरात इतिहास बोक्छ मैदान गौरवपूर्ण यो नाता भुल्दैन हाम्रो मोरङ । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग)
Hamro Morang- Lyrics-  Nawa Raj Subba, Music/Singer- Sumit Khadka, Album- Bahar Sanga
  ७ मन र माटोको पवित्र यो नाता हाम्रो एकता हाम्रो सफलता हङकङ नेपाली महासंघ बसौं हामी मिलिजुलीसँग । आकाश हाम्रो यही धरतीमा बास कर्मले डोर्यायो हामीलाई प्रवास । सगरमाथा गौरव शिरमा राख्दछौं नेपाली पौरखलाई विश्वभरि छर्छौं । बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मान वीर गोरखाली हामी पुर्खाको राख्छौ शान । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग)
  ८ नववर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मनभरि फलोस् फुलोस् वैंश अब नबितोेस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसँग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनी गनी स्वस्थ, सुख, समुन्नति म लेख्छु तिम्रै नाममा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग)
Naya Barsa- Lyrics-  Nawa Raj Subba, Music/Singer- Sumit Khadka, Album- Bahar Sanga
  ९ निधारमा टीका र जमरा थाप्छौं आशीर्वचन एकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगन बाआमाको आशिशसंगै उच्च भयो भावना परदेशी पनि घर फर्के रमाइलो भो जीवन एकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर न मन सबका रमेका छन् जुटेका छन् खेल्न जीवनमा शक्ति भर्ने शान्ति दिने मनमा एकताको चाड दशैं मंगलमय शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग)
Dashai geet- Lyrics-  Nawa Raj Subba, Music/Singer- Sumit Khadka, Album- Bahar Sanga

Similar Posts

  • शहीदलाई सलाम !

    (गीत)

     शहीदलाई सलाम !

    – नवराज सुब्बा

    सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
    देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

     

    देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ

  • |

    Deoralima Barpipal

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति…

  • Nepali Gazal Songs

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसोआफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसोथाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया…

  • |

    Dui Dinko Chola

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ४ दुई दिनको चोला दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निरासाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरुलाई बाँडनु ठूलो…

  • |

    Amulya Jiwan

    १. अमूल्य यो जीवन अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (दुर्व्यसनविरुद्ध गीत – गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक…