|

Tyo Mrityuko Avas

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ७ त्यो मृत्युको आभास

त्यो मृत्युको आभास आइरहन्छ किन
कतै बोलाएझैं गीत गाइरहन्छ किन ।

म गीत गाउँदा गाउँदै ढलिजान सक्छु
हरपल संगीत दिलमा छाइरहन्छ किन ।

लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ
केवल दुखिरहने शव्द पाइरहन्छ किन ।

सबैलाई बाँड्न रैछ यही मुटु प्यारो
फकाई कसैले हरदम खाइरहन्छ किन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः स्वरुपराज आचार्य, गजल एल्बम– लुकेको रहर)

Similar Posts

  • |

    Mero Euta Ghar

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ५ मेरो एउटा घर मेरो एउटा घर छ लुकेको रहर छ आफन्त बिछोडिदै गएको शहर छ । पुरानो जो थोत्रो सायद म एक हुँ फालिन बाँकी केवल एक पहर छ । हिँडाएँ ताते उसलाई लाठे बनाएँ उसैले प्रहार त्यो गरेको ठहर छ । रोपेको छु फूल हालेकोछु मलजल नसम्झे…

  • |

    Sabai Bhanda

    २ देशको माया लाग्छ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली…

  • |

    Deoralima Barpipal

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति…

  • |

    Simana Wari Prita Xa Eutai

    ७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…

  • Albums Overview

    ◦ गीतसङ्गीत (अडियो) १. ‘देशको माया’ देशभक्ति गीति एल्बम (२०६६) २. ‘लुकेको रहर’ गजल एल्बम (२०६७) ३. ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८) ४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९) ५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०) ◦ गीतसङ्गीत (भिडियो) १. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो (२०६७) २. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–२’ भिडियो (२०६७) ३. ‘नवराज सुब्बाको…