|

Afno Bhagya

४ आफ्नो भाग्य आफै लेख्‍ने दिन

आफ्नो भाग्य आफै लेख्‍ने दिन आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

उर्ली आयो सललल समावेशी स्वर
जनताको शक्ति आहा कति सुन्दर
देशको माया नशा रैछ मात लागेको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

फर्केको छ हिमाल हेर पहाड मधेशतिर
मेची काली बगेका छन् लय समातेर
आफ्नो गीत आफै लेख्ने बेला आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।
(शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया)

Similar Posts

  • |

    Nepali Nepali Hami Nepali

    Nepali-patriotic-songs नेपाली देशभक्ति गीत (Nepali patriotic songs) hold a special place in our hearts, celebrating the unity, diversity, and cultural richness of Nepal. From the snowy peaks of the Himalayas to the plains of the Terai, these songs express love and devotion to our nation. १ नेपाली नेपाली हामी नेपाली  नेपाली नेपाली हामीमधेसी होस् वा…

  • |

    Junai Akash Muni

    (३) जुनै आकाश मुनि जुनै आकाशमुनि म हिमाली छाया देख्छु जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु । हामीलाई चिनाउने पुर्खाको वीरता छ आफूलाई सम्झाउने माटोको ममता छ बाडुली लाग्दा खेरि म तिमीलाई सम्झन्छु जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु । सात समुन्द्र तरें अनगिन्ति रात गनें घर फर्कने त्यो दिन नखोसि देऊ भनें जता पुगे’नी…

  • |

    Bivastale Badhiyeko Mancheko Jivan

    ७. विवशताले वाँधिएको मान्छेको जीवन विवशताले वाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो…

  • Nepali Modern Songs

    एल्बम- अमूल्य जीवन १. दुर्व्यसनविरुद्ध गीत अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक :…

  • |

    Sabai Bhanda

    २ देशको माया लाग्छ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली…

  • |

    सहिदलाई सलाम

              सहिदलाई सलाम सिङ्गो जीवन बलिदान दिनेलाई सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौस्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौयस्ता वीर सप्रतलाई लाखौं लाख सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । जनताका आवाजमा आफ्नो बोली गाँस्दैआफ्ना हक खोस्नेसित हरदम लड्दैहार कैले नमान्ने योद्धालाई सलामदेशका लागि…