Nepali Modern Songs

एल्बम- अमूल्य जीवन

१. दुर्व्यसनविरुद्ध गीत

अमूल्य यो जीवनलाई नफालौं है खेर
दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर ।

धुम्रपान मद्यपान अनि लागुपदार्थ
मानिसको जीवनलाई बनाउँछ ब्यर्थ ।

खेल खेलौं मिलिजुली अनि नाचगान
सिर्जना या समाजसेवा सार्थक जीवन ।

सकारात्मक सोंच राखौं सुन्दर भविष्य
आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग ।
(गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक : सुमित् खड्का, एल्बम: अमूल्य जीवन) download via box.com /preview

२. ए बहार !

ए बहार ! तिमीसँग बोलूँ बोलूँ लाग्छ
आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ ।

कति कति बत्तिहरू बल्न नै सकेन
जलेको यो मुटु भने निभ्न नै सकेन  ।

मनमा फुल्ने फूलहरू सजाउन सकिन
वनमा रम्ने कोइलीझैं गाउन सकिन  ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : सुनिता लिम्बू, एल्बम: अमूल्य जीवन, वि.स. २०३० सालतिर रचित जीवनको पहिलो गीतरचना ) download via box.com / preview

३. सोध्न मन

सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ,
नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ ।

जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ,
संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ ।

जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी,
उकाली र ओरालीमा आउनु पर्ने द्यौराली ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र प्यासी, एल्बम: अमूल्य जीवन) download via box.com / preview

४. सिमलको भुवा

सिमलको भुवासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

मन पुग्छ रनवन सङ्गी डाक्दै होला
वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला
काटिएको चङ्गासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो
खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो
झरनाको पानीसरि झर्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।
(गीतकार : नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download via box.com / preview

५. बैगुनीलाई

फूलभित्र लुकी घोच्ने काँडा खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

दिउँसै म त हराएछु हिंड्दाहिंड्दै बजार
सोझो बाटो हिडे पनि छिर्के लाउने हजार
दुस्मनसित मीत लाउन माफी खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

काम अनि मान्छेका नाम सोध्दासोध्दै
कागजमा नअटेर मनमा लेख्दालेख्दै
छक्क परें मान्छेका रूप नाना देख्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : धिरज श्रेष्ठ, गायक : डी.बी.राई, एल्बम: अमूल्य जीवन) download via box.com / preview

६. सागर

सागरभन्दा गहिरो
भयो हाम्रो माया
सगर भई फैलियो
चोखो हाम्रो माया ।

फूलमा बसी झुल्दछु
जून जस्तै हाँस्दछ
बग्दै जान्छ खोला भई
दोभान पुगी मिल्दछ ।

दोमन हुन्छ कहिले
बाटो भुलेझैं लाग्दछ
बिर्सिन्छु म आफैलाई
हराएँझैं लाग्दछ ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download via box.com / preview

७. विवशता

विवशताले वाँधिएको मान्छेको जीवन
पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् ।

तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ
लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ ।

बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी
हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी ।

(गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो नेपालमा रेकर्ड गरिएको गीत) download via box.com / preview

८. गुलाफ

गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु
उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु ।

सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ,
चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ ।

साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर,
सपनीमा आउने माया, बिपनी मैं आउने गर ।
(गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम: अमूल्य जीवन) download via box.com / preview

Similar Posts

  • |

    सहिदलाई सलाम

              सहिदलाई सलाम सिङ्गो जीवन बलिदान दिनेलाई सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौस्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौयस्ता वीर सप्रतलाई लाखौं लाख सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । जनताका आवाजमा आफ्नो बोली गाँस्दैआफ्ना हक खोस्नेसित हरदम लड्दैहार कैले नमान्ने योद्धालाई सलामदेशका लागि…

  • नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

    ४. कृति : नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययनलेखक : चूडामणि बराईलीविधा : अनुसन्धानप्रकाशन : २०६७शोध निर्देशक : श्री शान्तिराम मिश्र, उपप्राध्यापक,२) विभागीय प्रमुखः श्री कमलप्रसाद गुरागाईं, सहप्राध्यापक३) अनुसन्धान प्रमुख : डा.द्रोणकुमार उपाध्याय, सहप्राध्यापक४) श्री त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, मेची बहुमुखीक्याम्पसको नेपाली विभाग, भद्रपुर, झापा, नेपाल (मिति मितिः २०६७ ।४।२१) Preview/Download परिचय ताप्लेजुङ जिल्लाको…

  • |

    Sakchhi Chhaina Praman Xaina

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ३ साक्षी छैन प्रमाण छैन साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के…

  • Albums Overview

    ◦ गीतसङ्गीत (अडियो) १. ‘देशको माया’ देशभक्ति गीति एल्बम (२०६६) २. ‘लुकेको रहर’ गजल एल्बम (२०६७) ३. ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८) ४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९) ५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०) ◦ गीतसङ्गीत (भिडियो) १. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो (२०६७) २. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–२’ भिडियो (२०६७) ३. ‘नवराज सुब्बाको…

  • |

    Deshko Maya

    ३ देशको माया देशको माया गर्नु भन्या आफैलाई चिन्‍नु रैछ धरतीको धुकधुकी र बोली सबको सुन्‍नु रैछ । आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ अतीतका तीता भूल्दै मिलीजुली जुट्नुपर्छ देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्‍नु रैछ शहीदको सपनालाई मनमा सम्झिराख्नु रैछ । गरिखाने हात कहिले बाधिराख्न हुदैन है कर्मशील पाइलाहरू रोकिराख्नु हुदैन है देशको…

  • |

    Junai Akash Muni

    (३) जुनै आकाश मुनि जुनै आकाशमुनि म हिमाली छाया देख्छु जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु । हामीलाई चिनाउने पुर्खाको वीरता छ आफूलाई सम्झाउने माटोको ममता छ बाडुली लाग्दा खेरि म तिमीलाई सम्झन्छु जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु । सात समुन्द्र तरें अनगिन्ति रात गनें घर फर्कने त्यो दिन नखोसि देऊ भनें जता पुगे’नी…