नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ

५ जीवन खुल्छ

जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा
नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा
आयो होली, खेलौं होली, नाचौं होली,
होलीको रूपरङ्गमा ।

बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ
के मधेस, के पहाड मीठो सद्भाव छ
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।

रङ्गीविरङ्गी सपना फुल्ने हाम्रो मन यो
सप्तरङ्गी इन्द्रेनी झुल्ने यही जीवन हो
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।
(शब्द– नवराज सुब्बा, संगीत÷स्वर– सुमित खड्का, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ)

Chindina Nabhana
Timilai Maya