Hami Pahile Nepali Album Lyricist- Nawa Raj Subba, 

(४) जन्मियौं हामी नेपालमा

जन्मियौं हामी नेपालमा, नेपालमैं बाँच्‍न पाऊँ
बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ ।

यी आँखा, मन उघ्रन्छन् हिमाल हाँसेको देखे
बलिया बन्छन् यी पाउ पहाड पाखालाई टेके
सभ्यता, समृद्धि मौैलाउने यो मधेशमा रमाऔं
बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ ।

आमाको छाया, मायामा, देशभक्तिमा रमाऔं
सम्मान गरौं पहिचान एकतालाई बचाऔं
नेपालीपनले बचाउँछ जहाँ तहाँ हामी जाऔं
बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ ।
(गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

Junai Akash Muni
Aruko Lakha Aamako Kakha