झर्रा बालकृष्ण पोखरेलका खाट्टी कुरा

डा. नवराज सुब्बा । नेपालको खस भाषालाई नेपाली भाषा भनिन्छ । यो भाषा नेपालको सम्पर्क भाषा हो । सुन्दा हिन्दीझैं लाग्‍ने यो भाषालाई कतिपयले पहाडी हिन्दी भाषा पनि भन्दछन् । यसरी नेपाली भाषालाई पहाडी हिन्दी भाषा भनेको नेपालका केही भाषाशास्त्रीलाई मन परेन । उनीहरुलाई थाहा थियो संस्कृत, उर्दु, हिन्दी, नेपाली खस आदि भाषा भारोपेली भाषा […]

Continue Reading

साहित्यिक बजार

डा. नवराज सुब्बा कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ । सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो […]

Continue Reading

खोक्रा नारा थोत्रा कान

डा. नवराज सुब्बा । नेपाल नारै नाराको देश हो । अर्को शब्दमा यो नेतै नेताको देश हो । घरिघरि यहाँ आकर्षक नाराहरु वर्षे भेलझैं उर्लिन्छन् । नयाँ सरकार आउँदैपिच्छे नेताहरु कुर्लिन्छन् । केवल भोट आकर्षित पार्ने उद्देश्यले आधार बिनाका नारालाई खोक्रा नारा भनिन्छ । दुःखका साथ भन्नु पर्दछ, वास्तवमा हामी कसैका पोल्टामा हुर्केको प्रजातन्त्रलाई लोकतन्त्र […]

Continue Reading

सहिद सत्ता र स्वार्थ विरुद्ध

डा. नवराज सुब्बा॥ आज हामीले उपभोग गरेका स्वतन्त्रता, नागरिक हक र अधिकार त्यसै पाएका होइनौं । विभिन्न बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वका जनता हिजो निरङ्कुश शासनविरुद्ध लडेका थिए । कालखण्डमा मानवोचित अधिकार प्राप्तिको लागि भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर […]

Continue Reading

एक्काइशौं शताब्दीको चाहनाः नेपाल सम्बतको सान्दर्भिकता

डा. नवराज सुब्बा ~ तिहारमा नेवार समुदायमा म्हपूजाका दिन नेपाल नववर्ष पनि मनाइन्छ । यसपालि वि..स. २०७८ कार्तिक १९ गते तथा सन् २०२१ नोवेम्वर ५ मा यो नेपाल नववर्ष ११४२ आरम्भ भएको छ । आजभन्दा करिव एकहजार एक सयवर्षअघि शंखध्वर साख्वाले उपत्यका आम गरिव दुःखीको ऋण तिरिदिएर ऋणमुक्त गरिदिएको सम्झनामा यो नेपाल सम्बतको चलेको थियो […]

Continue Reading