|

Genealogy-Research

Family Tree of Phyang Samba, 2023

Genealogy-phyang-samba
Genealogy-phyang-samba

A genealogy-research of Phyang Samba presents an orderly list of males or fathers, sons or descendants. Researcher discovered that genealogy evolves through biological kinship and socio-cultural adaption. This ethnic knowledge exposes their mythical and historical past and their social and cultural development.

Why Genealogy-Research

According to history and genealogy, the Phyang family rose to prominence within the Samba family around 300 years ago. Researcher traced back Sen’s ascent to the Kirat people thousands of years ago.

Why Genealogy-Research

That expression serves as a framework for understanding history. Today, we have credible data, evidence, or material about the history of Sen and Kirat. Evidence or documents are hard to get. Many of its facts have vanished. . This genealogy is based on the research methodology. It gives information about the ethnic origin and development.

Download EPUB          

पुस्तक परिचय

वंशावली भनेको पुरुष वा पितृ, पुत्र वा दरसन्तानहरूको क्रमिक नामावली हो। जैविक नाता र सामाजिक सांस्कृतिक अनुकूलनबाट वंशावलीको विकासक्रम भएको पाइन्छ। त्यसैले कुनै जातिको उत्पत्ति, विकास र व्यवहारको अध्ययन गर्ने काम वंशावलीमा गरिन्छ। यो जातीय ज्ञानले एकातिर उनीहरूको पौराणिक, ऐतिहासिक धरातलको उदघाटन गर्दछ भने अर्कातिर सामाजिक र सांस्कृतिक विकासक्रमलाई उजागर गरिदिन्छ।

किन?

वंशावलीलाई वंशवृक्ष पनि भन्‍ने चलन छ। तर वंशावली र वंशवृक्षमा मैले तात्विक अन्तर पाएँ। वंशवृक्षमा भनिए झैँ बोटको काण्ड र हाँगामा विकास भए जस्तो विकासक्रम जातीय वंशावलीमा पाइँदैन। वंशभित्र मिसल भाइ वा मानस पुत्रको पनि व्यवस्था हुन्छ। कुनै थर, जाति, राष्ट्र (साँबा, लिम्बू, राई, किरात आदि) मा वंशानुगत वा जैविक नाताको बाहुल्य भए तापनि समावेशी अङ्गको उपस्थिति पनि महत्वपूर्ण रूपमा रहेको हुन्छ।

त्यसैले वंशवृक्ष शब्दले एउटा भ्रम सिर्जना गरिदिएको छ। मानिसले आफ्नो जातिको उत्पत्तिको कल्पना गर्दा कुनै रूख वा हाँगासित तुलना गर्ने गर्दछन्। वर्तमानमा एकै थरका सन्तानका जैविक पिता एकै भएको विश्वास गर्ने गरिन्छ। यही भ्रम चिर्न वंशवृक्ष भन्दा वंशावली शब्द बढी उचित देखिन्छ। यद्यपि, पुस्तकमा मैले दुवै पदावली प्रयोग गरेको छु। कारण मलाई के विश्वास छ भने मैले प्रस्तुत गरेका वंशक्रम वस्तुगत भन्दा बढी ढाँचागत नामावली हुन्।

मा के छ?

इतिहास र वंशावली केलाउँदा थाहा हुन्छ, साँबा परिवारमा फयङ उपथरको उदय करिव ३०० वर्ष अघि भयो। त्यसै गरी सेन राई समुदायबाट साँबा वंशको उदय करिव ७०० वर्षअघि भएको अनुमान गरिन्छ। सेनको उदय भने किरात समुदायमा हजारौँ वर्षअघि भएको ऐतिहासिक प्रमाण भेटिन्छन्।

यो भनाइ साङ्‍गपाङ्‍ग ढाँचा हो। हामीसित आज सेन र किरात इतिहासबारे तथ्य, प्रमाण वा सामग्री उपलब्ध छन्। ती प्रमाण वा अभिलेख वृहद् रूपमा छरिएका अवस्थामा भेटिन्छन्। तर साँबा समुदाय वा फयङ परिवारको इतिहास र ज्ञान भने सीमित परिवारमा खुम्चिएर गएको छ। यसका धेरै तथ्य लुप्तप्रायः भैसकेका छन्। बचेखुचेका प्रमाण र ज्ञानका आधारमा साँबा फयङको वंशक्रम कोर्ने काम यहाँ भएको छ।

कसलाई?

थर वा उपथर उत्पत्तिस्थल अर्थात् माङ्‍गेना यक लिङथाङ यकमा यो साँबा पुर्खा कहाँबाट कहिले किन आयो र कसरी विकसित भयो यहाँ खोतल्ने काम भएको छ। फयङ साँबा समुदाय विश्‍व समुदायको एक सदस्य भएकाले घटनाक्रम, परिवेश र पात्रसित भएका विवरण यहाँ आएका छन्। साँबाबाट फयङ परिवारमा छुट्टिएपछिको वंशवृक्षको रूपरेखा यहाँ लिपिवद्ध गरिएको छ। यो वंशावलीलाई एक नमूना मान्‍ने हो भने यसले जनाएका धेरै सन्दर्भ र सामग्री अन्य समुदाय अध्ययनमा पनि काम लाग्नसक्छन्।

Download EPUB          

Similar Posts

  • |

    Yuma Samyo

    Yuma Samyo: Cultural Patterns and Contemporary Issues Introduction The book critically evaluates not only the religious philosophy of Yuma religion,  but also its social, political, and cultural implications. Essentially, this book is not a limited religious text, but rather an analysis of a lived experience and indigenous religion-consciousness—where ‘originality’  is struggling not only in the…

  • जीवन मेरो शब्दकोशमा

    श्री नवराज लिम्बू सुब्बाको "जीवन मेरो शब्दकोशमा" नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स.

  • | |

    चीत्कार-मुक्तकसंग्रह

    परिचय चीत्कार-मुक्तकसंग्रह कवि नवराज सुब्बाद्वारा लिखित मुक्तकसंग्रह, २०६९ सालमा वाणी प्रकाशन, विराटनगरबाट प्रकाशित भएको एक महत्त्वपूर्ण कृति हो। यस पुस्तकमा काव्य विधाका १०१ मुक्तकहरू समावेश गरिएका छन्। मुक्तकहरू चार पंक्तिमा लेखिएका कविता हुन्, जसले एउटा पूर्ण विचारलाई समेट्ने गर्छ। यस संग्रहमा समाजको यथार्थ, व्यक्तिगत भावनाहरू, र राष्ट्रिय चेतनाका विविध आयामहरू झल्किएका छन्। चित्कारको सौन्दर्य र सन्दर्भ…

  • |

    Reclaiming Ancient Nepal

    Kirat Indigenous History and Knowledge Dr. Nawa Raj Subba Whose real history is the Himalayas? For centuries, Nepal’s ancient history has been interpreted solely from an external perspective. As a result, the original Kirat-Bon civilizations here have always been overlooked. This book, “Reviving Ancient Nepal,” challenges that established belief. This book is prepared from the…

  • |

    मुन्धुमी सौन्दर्यबोध

    मुन्धुमी सौन्दर्यबोध: किरात जीवन-दर्शन र काव्यिक चेतना डा. नवराज सुब्बा मुन्धुमी सौन्दर्यबोध: आदिम लय र आधुनिक चेतनाको महासङ्गम ‘मुन्धुमी सौन्दर्यबोध’ किरात सभ्यताको आदिम ध्वनि र आधुनिक चिन्तनको एउटा अनुपम दार्शनिक दस्तावेज हो। मुन्धुम केवल मन्त्र र ऋचाहरूको सङ्ग्रह मात्र होइन; यो त जीवन, प्रकृति र ब्रह्माण्डलाई हेर्ने एउटा अगाध ‘सौन्दर्यशास्त्रीय दृष्टि’ र शाश्वत जीवन-पद्धति हो।…