|

Genealogy-Research

Family Tree of Phyang Samba, 2023

Genealogy-phyang-samba
Genealogy-phyang-samba

A genealogy-research of Phyang Samba presents an orderly list of males or fathers, sons or descendants. Researcher discovered that genealogy evolves through biological kinship and socio-cultural adaption. This ethnic knowledge exposes their mythical and historical past and their social and cultural development.

Why Genealogy-Research

According to history and genealogy, the Phyang family rose to prominence within the Samba family around 300 years ago. Researcher traced back Sen’s ascent to the Kirat people thousands of years ago.

Why Genealogy-Research

That expression serves as a framework for understanding history. Today, we have credible data, evidence, or material about the history of Sen and Kirat. Evidence or documents are hard to get. Many of its facts have vanished. . This genealogy is based on the research methodology. It gives information about the ethnic origin and development.

Download EPUB          

पुस्तक परिचय

वंशावली भनेको पुरुष वा पितृ, पुत्र वा दरसन्तानहरूको क्रमिक नामावली हो। जैविक नाता र सामाजिक सांस्कृतिक अनुकूलनबाट वंशावलीको विकासक्रम भएको पाइन्छ। त्यसैले कुनै जातिको उत्पत्ति, विकास र व्यवहारको अध्ययन गर्ने काम वंशावलीमा गरिन्छ। यो जातीय ज्ञानले एकातिर उनीहरूको पौराणिक, ऐतिहासिक धरातलको उदघाटन गर्दछ भने अर्कातिर सामाजिक र सांस्कृतिक विकासक्रमलाई उजागर गरिदिन्छ।

किन?

वंशावलीलाई वंशवृक्ष पनि भन्‍ने चलन छ। तर वंशावली र वंशवृक्षमा मैले तात्विक अन्तर पाएँ। वंशवृक्षमा भनिए झैँ बोटको काण्ड र हाँगामा विकास भए जस्तो विकासक्रम जातीय वंशावलीमा पाइँदैन। वंशभित्र मिसल भाइ वा मानस पुत्रको पनि व्यवस्था हुन्छ। कुनै थर, जाति, राष्ट्र (साँबा, लिम्बू, राई, किरात आदि) मा वंशानुगत वा जैविक नाताको बाहुल्य भए तापनि समावेशी अङ्गको उपस्थिति पनि महत्वपूर्ण रूपमा रहेको हुन्छ।

त्यसैले वंशवृक्ष शब्दले एउटा भ्रम सिर्जना गरिदिएको छ। मानिसले आफ्नो जातिको उत्पत्तिको कल्पना गर्दा कुनै रूख वा हाँगासित तुलना गर्ने गर्दछन्। वर्तमानमा एकै थरका सन्तानका जैविक पिता एकै भएको विश्वास गर्ने गरिन्छ। यही भ्रम चिर्न वंशवृक्ष भन्दा वंशावली शब्द बढी उचित देखिन्छ। यद्यपि, पुस्तकमा मैले दुवै पदावली प्रयोग गरेको छु। कारण मलाई के विश्वास छ भने मैले प्रस्तुत गरेका वंशक्रम वस्तुगत भन्दा बढी ढाँचागत नामावली हुन्।

मा के छ?

इतिहास र वंशावली केलाउँदा थाहा हुन्छ, साँबा परिवारमा फयङ उपथरको उदय करिव ३०० वर्ष अघि भयो। त्यसै गरी सेन राई समुदायबाट साँबा वंशको उदय करिव ७०० वर्षअघि भएको अनुमान गरिन्छ। सेनको उदय भने किरात समुदायमा हजारौँ वर्षअघि भएको ऐतिहासिक प्रमाण भेटिन्छन्।

यो भनाइ साङ्‍गपाङ्‍ग ढाँचा हो। हामीसित आज सेन र किरात इतिहासबारे तथ्य, प्रमाण वा सामग्री उपलब्ध छन्। ती प्रमाण वा अभिलेख वृहद् रूपमा छरिएका अवस्थामा भेटिन्छन्। तर साँबा समुदाय वा फयङ परिवारको इतिहास र ज्ञान भने सीमित परिवारमा खुम्चिएर गएको छ। यसका धेरै तथ्य लुप्तप्रायः भैसकेका छन्। बचेखुचेका प्रमाण र ज्ञानका आधारमा साँबा फयङको वंशक्रम कोर्ने काम यहाँ भएको छ।

कसलाई?

थर वा उपथर उत्पत्तिस्थल अर्थात् माङ्‍गेना यक लिङथाङ यकमा यो साँबा पुर्खा कहाँबाट कहिले किन आयो र कसरी विकसित भयो यहाँ खोतल्ने काम भएको छ। फयङ साँबा समुदाय विश्‍व समुदायको एक सदस्य भएकाले घटनाक्रम, परिवेश र पात्रसित भएका विवरण यहाँ आएका छन्। साँबाबाट फयङ परिवारमा छुट्टिएपछिको वंशवृक्षको रूपरेखा यहाँ लिपिवद्ध गरिएको छ। यो वंशावलीलाई एक नमूना मान्‍ने हो भने यसले जनाएका धेरै सन्दर्भ र सामग्री अन्य समुदाय अध्ययनमा पनि काम लाग्नसक्छन्।

Download EPUB          

Similar Posts

  • कोशी मेची नामाकरणमा किरात प्रभाव

    डा. नवराज सुब्बा पृष्ठभूमि इतिहासकार इमानसिं चेमजोङ (2003a)ले किरात इतिहास र संस्कृत पुस्तकमा मार्केण्डेय पुराणलाई पनि स्रोत मान्नु भएको छ । पुराणका अनुसार महाभारतकालमा प्रभुख सात किरात राज्यहरू अश्वाकुट वा काबुल, कुल्य वा कुलु उपत्यका, मत्स्य वा उत्तर विहार, पौन्ड्रा वा बंगाल, सुमर वा आसाम, मलक वा म्लेक वा लोहित, किन्नर वा किरात वा गढवाल…

  • | |

    यात्रा-आधा-शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रहलेखक- नवराज सुब्बाप्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । Introduction to the Anthology: Yatra Adha Satabdiko The anthology Yatra Adha Satabdiko by poet Nawa Raj Subba marks a…

  • | |

    जनस्वास्थ्यका-सवालहरू

    जनस्वास्थ्यका-सवालहरू: जनचेतना र स्वास्थ्य प्रबर्धनका लागि मार्गदर्शक पुस्तक विधा: लेखलेखक: नवराज सुब्बासंस्करण प्रथम: २०६४पुस्तकमा संग्रहित लेखहरू: ४९ परिचय जनस्वास्थ्यका-सवालहरू नवराज सुब्बाद्वारा लिखित, जनस्वास्थ्य र जनचेतना सम्बन्धी ४९ लेखहरूको संग्रह हो। यो पुस्तक जनस्वास्थ्यका विविध पक्ष, स्वास्थ्य समस्याहरू, तिनका समाधान, र स्वास्थ्य नीति तथा कार्यक्रमहरूको बारेमा गहन जानकारी दिन्छ। यसले साधारण पुस्तकका मुख्य विषयवस्तुहरू यस पुस्तकमा…

  • | |

    समयको-स्वाद

    ‘समयको स्वाद’  निबन्ध–प्रबन्धमा योगदान  प्रकाशित मिति: २०७० साल, वाणी प्रकाशन विराटनगर। नेपाली साहित्यको क्षेत्रमा नवराज सुब्बा परिचित नाम हो। यो कृति महत्त्वपूर्ण योगदानको प्रतीक हो। किनभने यसले लेखकका संस्मरण र विचारलाई बेजोड ढंगले प्रस्तुत गरेको छ। ताप्लेजुङको हाङपाङमा बि.सं. २०१८ मा नवराज सुब्बा जन्मिएका हुन्।  उनले नेपाली साहित्यमा बहुआयामिक प्रतिभाको पहिचान बनाएका छन्। साथै, उनले…

  • हाङपाङ गाउँको ऐतिहासिकता

    डा. नवराज सुब्बा भनिन्छ, हाङपाङ भनेको राजाको गाउँ हो । तर त्यो गाउँमा न कुनै राजाको दरवार छ न कुनै भग्नावशेष नै । यसैले यो नामाकरणमा धेरैले शंका, उपशंका गर्ने गर्दछन् । यही जिज्ञाशालाई शान्त पार्न एक ऐतिहासिक तथ्य अघि सार्दैछु । ताप्लेजुङ जिल्लामा पर्ने हाङपाङ गाउँको नामाकरण विजयपुरको किरातकालिन इतिहाससंग जोडिन पुग्दछ । यससम्बन्धी…

  • हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

    डा. नवराज सुब्बा ताप्लेजुङ जिल्लाको हाङपाङ बस्ने फयङहाङ साँबाको इतिहास तथा वंशावलीको अध्ययनको क्रममा अन्य साँबा तथा लिम्बूहरुको वंशावाली, तथा इतिहास उपयोगी सावित भएका छन् । प्राथमिक श्रोतको रुपमा आफ्नै र अरु थरका बूढापाका जान्नेबुझ्नेसित अन्तरवार्ता तथा भनाईमार्फत् सूचना संकलन गरिएका छन् । यसरी एक थरीको इतिहास अध्ययन गर्दा स्वतः अन्य थरी लिम्बूको पनि जानकारी…