Nepali Music

Bahar Sanga

९  निधारमा टीका निधारमा टीका र जमरा थाप्छौं आशीर्वचनएकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगनबाआमाको आशिशसंगै उच्च भयो भावनापरदेशी पनि घर फर्के रमाइलो भो जीवनएकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर नमन सबका रमेका छन् जुटेका छन् खेल्नजीवनमा शक्ति भर्ने शान्ति दिने मनमाएकताको चाड […]

Bahar Sanga Read More »

Mana Ra Maato

७ मन र माटो  मन र माटोको पवित्र यो नाताहाम्रो एकता हाम्रो सफलताहङकङ नेपाली महासंघबसौं हामी मिलिजुलीसँग । आकाश हाम्रो यही धरतीमा बासकर्मले डोर्यायो हामीलाई प्रवास । सगरमाथा गौरव शिरमा राख्दछौंनेपाली पौरखलाई विश्वभरि छर्छौं । बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मानवीर गोरखाली हामी पुर्खाको राख्छौ शान । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम–

Mana Ra Maato Read More »

Bahar Sanga

५ हाम्रो पहिलो पाइला हाम्रो पहिलो पाइला चार दिवालले नरोकसुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊनिर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँबाआमाको यो सजाय हामीलाई नदिइयोस्यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौंफूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौंहाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछउज्यालो हाम्रो विपना सूर्यझैं

Bahar Sanga Read More »

Bahar Sanga

४विवशताले बाँधिएको  विवशताले बाँधिएको मान्छेको जीवनपिजडाभित्र छट्पटिरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छलम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगीहजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (शब्द– नवराज सुब्बा, स्वर/संगीत– सुर्य थुलुङ, एल्बम– बहारसंग)

Bahar Sanga Read More »

Bahar Sanga

३ गमलाको छातीभरी गमलाको छातीभरी फुल्यौ आहा जीवनभरीहाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊपर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

Bahar Sanga Read More »

Bahar Sanga

२ गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र मायालुको वासना पाउँछुउड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओंठहरु गीत गाइ रुझुँ भन्छचन्चले यी आँखाहरू कतै पुगी अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गरसपनीमा आउने माया विपनीमै आउने गर । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– प्रेम भट्टचन, एल्बम– बहारसंग) download

Bahar Sanga Read More »

Ae Bahar

१ ए ! बहार ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छआँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेनजलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिनबनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)

Ae Bahar Read More »