तीन स्रष्टा सम्मानित

चैत्र १८, २०६८ विराटनगर । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मानित गरिएको छ ।
उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले एक समारोहमा साहित्यकार नवराज सुब्बा, गायक सुमित खड्का र तबलाबादक सुधिर शाहीलाई नगद, दोसल्ला, र सम्मानपत्रद्वारा सम्मानित गरेको छ ।
समारोहमा आदिमहाकवि स्व. उदयानन्द अज्र्याल, तबलाबादक स्व. मुक्तिनाथ अज्र्यालको योगदानबारे कवि मधु पोखरेल, समाजसेवी जगतप्रसाद अज्र्याल, प्रेस क्लवका जिवेश्वर लाखे र अज्र्याल समाजका विनय अर्याल लगायतले बोल्नु भएको थियो ।


Similar Posts

  • गीति एलवम “देशको माया”

    भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

  • कृति पुरस्कृत

    पूर्वाञ्चलमा प्रकाशित सर्वोत्कृष्ट कृतिलाइ प्रदान गरिने २०६४ सालको जयन्द्रप्रसाद प्रसाइ साहित्य सेवा पुरस्कार नवराज सुब्बाद्वारा लिखित 'मनको मझेरी' निबन्धसङ्ग्रहलाइ प्रदान गरिएको छ ।

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

Leave a Reply