|

Tyo Mrityuko Avas

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ७ त्यो मृत्युको आभास

त्यो मृत्युको आभास आइरहन्छ किन
कतै बोलाएझैं गीत गाइरहन्छ किन ।

म गीत गाउँदा गाउँदै ढलिजान सक्छु
हरपल संगीत दिलमा छाइरहन्छ किन ।

लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ
केवल दुखिरहने शव्द पाइरहन्छ किन ।

सबैलाई बाँड्न रैछ यही मुटु प्यारो
फकाई कसैले हरदम खाइरहन्छ किन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः स्वरुपराज आचार्य, गजल एल्बम– लुकेको रहर)

Similar Posts

  • |

    Jali Maya

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले…

  • |

    Bivastale Badhiyeko Mancheko Jivan

    ७. विवशताले वाँधिएको मान्छेको जीवन विवशताले वाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो…

  • |

    Bahar Sanga

    ५ हाम्रो पहिलो पाइला हाम्रो पहिलो पाइला चार दिवालले नरोकसुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊनिर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँबाआमाको यो सजाय हामीलाई नदिइयोस्यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौंफूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौंहाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछउज्यालो हाम्रो विपना सूर्यझैं…

  • |

    Ae Bahar

    १ ए ! बहार ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छआँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेनजलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिनबनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)

  • |

    Sagar Bhanda Gahiro

    ६. सागरभन्दा गहिरो सागरभन्दा गहिरो भयो हाम्रो माया सगर भई फैलियो चोखो हाम्रो माया । फूलमा बसी झुल्दछु जून जस्तै हाँस्दछ बग्दै जान्छ खोला भई दोभान पुगी मिल्दछ । दोमन हुन्छ कहिले बाटो भुलेझैं लाग्दछ बिर्सिन्छु म आफैलाई हराएँझैं लाग्दछ । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन)