परदेशको पिँजडामा जून

परदेशको पिँजडामा जून

परदेशको पिँजडामा जून

(कविता)
— डा. नवराज सुब्बा

धुलोले ढाकेथ्यो मेरो निधार,
तेलको गन्धले बिर्साइदियो गुराँसको सुवास,
म बाल्टी लिएर फर्कंदै थिएँ–
एक बन्दुकले आकाश चिरेर सोध्यो—
“कुन देशका हौ तिमी?”

मेरो श्वासमा अझै बग्थ्यो सप्तकोसीको स्वर,
शरीरमा थियो निद्रामा हराउँदा
आमाले सुम्सुम्याएको कपालको अनुभूति,
छातीको न्यानो अझै जीवनजस्तो लाग्दथ्यो,
तर जवाफ दिन मैले सकिनँ—

मेरो देश त शान्त थियो,
तर म थिएँ युद्धको बीचमा।

यो मरुभूमिमा जून उदाउँछ,
तर झुल्किँदैन माईतीघरको छानोमा जस्तै,
रात सँगै मेरो आँसु सुक्छ—
किनभने यहाँ रोएर पनि
कसैले “छोरा” भन्दैन।

मलाई याद आउँछ त्यो चौतारी
जहाँ सिन्दुर जस्तै रातो माटोले ढाकेथ्यो पाइलाहरू,
यहाँको माटो त कालो र चिसो छ,
जसमा त मैले आफ्नै छायाँ गुमाएँ।

कसले लेखेको हो त्यो सन्धि,
जहाँ न त म देश फर्कन सक्छु,
न म युद्धमा मर्न सक्छु गर्वका साथ?

बगिरहेको छ पसिनाजस्तै समय,
टुक्रिएका सपना मेरो झोलामा छन्,
र एउटा अधूरो प्रेमपत्र पनि—
जहाँ लेखिएको छ:
बाबा, हामी तिमीलाई सम्झिरहेका छौं…

तर यहाँ कसले सुन्छ र,
यो खाडीको गर्मीले खिइएको
नेपाली मुटुको धड्कन?
धुवाँ र बालुवाबीच,

हामीले पसिना र पीडाले लेखेका छौं एक कविता —
जसलाई कसैले पढ्दैन,
तर त्यो हाम्रै रगतको अक्षरमा बगिरहेको छ
बगिरहेको छ…।

Publications

Thuprai

YouTube

Audiomack

Similar Posts

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…

  • भूकम्पको प्रतिध्वनि (Poem)

    – डा. नवराज सुब्बा आस्थाको आकाश हिजो खसेकै थियो टेकेको धरती धस्यो आज घामपानी छेक्ने घरहरू पनि भूकम्पसितै नाच्यो जब हामीमाथि एक मूठी स्वास फेर्न नपाएर उडे धेरै आत्माहरु कतै अरू पनि ढले यसबेला इतिहासका थुप्रै धरहराहरू ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

  • प्रस्ताव

    तिम्रो न्यानो छातीमा
    बिसाएका मेरा सपनाहरू
    बसन्तमा फुल्ने फूलहरू हैनन्
    जसलाई शिशिरले झार्न सकोस्
    लालुपाते र बाबरी होइनन् माया
    जो वर्षैपिच्छे टिप्न सकियोस्

  • कर्णालीको आँसु

    डा. नवराज सुब्बा झुल्किएको छैन बिहान अझै,   ओठमा हिउँको कठोर सिप्रा जमेको छ ।   किनकि घामको स्पर्श यहाँ,   समयभन्दा धेरै ढिलो आइपुग्छ ।  यो मन कहिले आशाले तात्छ,   कहिले निराशाको पर्खालमा कठोर बन्छ ।   बाँच्न त बाँचेको छु भन्छु,   स्वासले अझै हार मानेको छैन ।   मेरा पीडा कर्णालीझैँ बगिरहेछ,   नुनिलो भेलमा बिलाइरहेछ ।   एउटा झिनो…