प्रतिभाशाली विद्यार्थी पुरस्कृत

मोरङ जिल्लामा सार्वजनिक विद्यालयतर्फ एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रालाई पदान गरिने ‘श्री तुलसादेवी भट्टराइ स्मृति छात्रा प्रोत्साहन वाणी पुरस्कार’ श्री वीरेन्द्र उच्च माध्यमिक विद्यालय अमरदहकी सुश्री एलिना रिजालले प्राप्त गनुभयो । वाणी प्रकाशन विराटनगरमा आयोजित एक कार्यक्रममा प्राज्ञ दधिराज सुबेदीले उक्त पुरस्कार प्रदान गर्नुभयो । डा. बिमला श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि भाषाशास्त्री डा. टंक न्यौपानेले शुभकामना मन्तब्य ब्यक्त र कवि नवराज सुब्बा, मनु मञ्जिल र सविता गौतम दाहालले शुभकामनासहित आ-आफ्नो रचनावाचन गर्नुभयो । कार्यक्रममा पुरस्कृत छात्रा एलिनाले आफ्नो मन्तव्यमा पुरस्कारले प्रोत्साहित भएको र भविश्यमा नर्स बनेर सेवा गर्ने चाहना बताउनु भयो । कार्यक्रममा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल, मधु पोखरेल, सोभराज अभय, कविराज पोखरेल, हरि प्रसाद बराल, खेम नेपाली, गण्डकीपुत्र लगायतका साहित्यकारहरुको उपस्थिति थियो ।

Similar Posts

  • TU 41st Convocation Day

    TU Convocation day note: The Ph.D. holders, toppers and all graduated students from the faculties in Tribhuvan University took part overwhelmingly in an august gathering  of 41st convocation on Dec 2, 2015, at Dasharath Stadium Kathmandu. Right honourable president of Nepal, Chancellor of TU or prime minister of Nepal and distinguished academicians were present on the occasion.   …

  • पूर्वाञ्चल स्तरीय कविगोष्ठी

    पूर्वाञ्चल स्तरीय कविगोष्ठी

    पूर्वाञचल साहित्य प्रतिष्ठान विराटगरले पूर्वाञ्चल स्तरीय कविगोष्ठी आयोजना गर्ने जनाएको छ ।

  • गीति एलवम “देशको माया”

    भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

Leave a Reply