प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

भीरको खरझैं लजालु
गुराँस फूलझैं बैंशालु
कस्की छोरी कस्की चेली
कस्की हौ तिमी मायालु ?

सीताकी हुँ म बहिनी
पार्वती मेरी साहिंली
विशाल हिमाल पिता मेरा
नेपाल मेरो माइती ।
(गणेशबहादुर राई)

आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ । एउटा आदर्श गुरु जसले जीवनको आरोहअवरोह, घातप्रतिघातको निसानी अचानो जस्तो जीवन जिउँदै केही आशा केही निराशा बोकेका एउटा सजीव बिम्ब हेडसर गणेशबहादुर राई जसको नाम लिंदा मात्र पनि हामी विद्यार्थीको मनमा एउटा हौसला उत्पन्न हुन्छ ।

आज ८१ वर्षको उमेरमा पक्षाघातयुक्त शरीरसाथ विछ्यौनामा ध्यानमग्न शालीन मुद्रामा झ्यालबाट केही उज्यालोको प्रतीक्षामा उहाँलाई देख्दा अनि उहाँको सेवासुश्रुमा समर्पित विद्या गुरुमा, सुयोग्य सुपुत्र आलोक, नातिनी सहितको ममतायुक्त परिवार देख्दा मलाई खुशी लाग्यो । भेटमा विद्या गुरुमा, आलोकभाईसंग अतीत सम्झँदा मलाई हाङपाङ पुगे जस्तै भयो । हामी विद्यार्थी भेट्न जाँदा देखेर उहाँ मुखले सस्वर बोल्न नसके पनि आँखाका आँशु छचल्किएर अभिव्यक्त हुने भावले एकछिन जोकोहीलाई भावशून्य बनाउँछ ।

२०१८ सालमा दार्जिलिङबाट एक होनहार स्नातकले विकट ताप्लेजुङको हाङपाङलाई आफ्नो कर्मभूमि बनाई शिक्षण पेशालाई आर्थिक उपार्जनको माध्यम नबनाएका एक आदर्श गुरुको ऋण तिरेर सकिन्दैन । मलाई कक्षागत पाठको अतिरिक्त जीवनको आदर्श, मूल्य र मान्यता सिकाउने, गीतसंगीतमा लगाव बढाइदिने आदरणीय हेडसरको बारेमा केही कुरा लेख्ने धेरै अघि देखिको धोको पूरा गर्न बाँकी नै छ । आजको भेटलाई पनि एउटा आधार बनाएर कुनै दिन मनभरीका ती रसिला भरीला संस्मरण कोर्ने मेरो एउटा रहर मात्र हैन कर्तव्य नै मैले ठानेको छु । आफू रित्तिएर अरुको ज्ञानको प्यास मेट्ने प्रातःस्मरणीय गुरु हेडसर श्री गणेशबहादुर राईलाई आज भेटेपछि मनमा कुनै मन्दिरमा पसेर निस्कदा आशिर्वाद पाए जस्तो अनुभव भयो ।

Similar Posts

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

  • आत्मसन्तुष्टीको अनुभूति

    जीवनकालमा आफ्नै रचनाले अरु कसैको मन जितेको देख्नु वा सुन्नु पाउनु अथवा अनुभूत गर्न पाउनु भन्दा सुन्दर उपलब्धि अरु केही छैन । आजकल हङकङमा राष्ट्रिय गीत गायक सुमित खड्का ‘हामी पहिले नेपाली’ गीति एल्बम हङकङमा बसोबास गर्ने नेपाली माझ सार्वजनिक गर्दै हुनुहुन्छ । हङकङ नपाली महासंघको संयोजनमा उक्त एल्बम हङकङमा पनि सार्वजनिक गरिने र हङकङ…

  • गीतसंगीतः मेरा मूल्य र मान्यता

    – नवराज सुब्बा कुनैबेला रचना गरेको तर बिर्सिसकेको सम्भवतः मेरो जीवनको पहिलो गीत करिब तीन दशक पछि अरूकै मुखबाट सुन्न पाएँ, आज । त्यस्तै ३०/३१ सालतिर म ९/१० कक्षामा पढ्दा मैले एउटा गीत रचना गरें । र रेडियो नेपालमा बज्ने एउटा लोकप्रिय गीतको धूनमा आधारित संगीत पनि भरें । अनि हारमोनियम बजाउँदै मादलको तालमा आफ्नै…

  • मेरो सपना

    बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर…