Samba-identity

साँबा-पहिचानमूलक-संज्ञा

Samba-identity

डा. नवराज सुब्बा

पृष्ठभूमि

नेपालमा विभिन्न जातजातिका थर छन्। किरात लिम्बूका थरहरूको अध्ययन गर्ने क्रममा थर लेखाइ र बोलाइमा भने एकरूपता छैनन्। साँबा थरधारीबाट एकरूपताका लागि गम्भीर चिन्ता र अभ्यास भएका छैनन्। लिम्बू जातिको एक थर साँबा, सांबा र साँवा जस्ता शब्दहरूको लेखाइ वा बोलाइका अर्थ के लाग्दछन् यो जान्न महत्त्वपूर्ण हुन्छ। लिम्बू जातिमा कुनै पनि थरहरूको प्रयोग तिनका सांस्कृतिक र ऐतिहासिक सन्दर्भहरू गाँसिएका हुन्छन् जुन बुझ्नु आवश्यक हुन्छ। साँबा-पहिचानमूलक-संज्ञाको अर्थ र महत्त्व गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक संरचनासँग गाँसिएको छ। थरले लिम्बू समुदायको पहिचान मात्र हैन यसले सामाजिक हैसियत र राजनीतिक-सांस्कृतिक परम्परालाई प्रतिविम्वित गर्दछ। कुनै पनि थरको प्रयोगले परिवारको पृष्ठभूमि तथा ऐतिहासिक र सांस्कृतिक पहिचानलाई बताउँछ र त्यसलाई अक्षुर्ण राखेमा आफ्नो पहिचान पनि सुरक्षित राख्न मद्दत गर्दछ। (Subba, 1999)

साँबा

साँबा थरले परिवारको उत्पत्ति, भौगोलिक आबदद्धता, धार्मिक विश्वास, र सांस्कृतिक पृष्ठभूमि प्रकट गर्दछ। “साँबा” विशेषगरी लिम्बू समुदायको थर मात्र नभएर यो उसको परिचय र पहिचान हो। किनभने लिम्बू जातिमा, “साँबा” नामले एक विशिष्ट सामाजिक भूमिका बहन गरेको जाति, सांस्कृतिक परम्परा, र पहिचान भएको वंश जनाउँछ। त्यसकारण साँबा थरको प्रयोगले उक्त परिवारको इतिहास, सामाजिक स्तर, प्रतिष्ठा, योग्यता र सांस्कृतिक योगदान दर्शाउँछ। यो थर विशेष रूपले किरात लिम्बू समाजको पुरानो परम्परागत संरचना र इतिहाससँग सम्बन्धित छ जसले लिम्बू संस्कार, परम्परा, ज्ञान र सामाजिक जिम्मेवारीको सम्झना दिलाउँछ। (Chemjong, 1966) साँबा थरका व्यक्तिहरूले विशेष भूमिका रहेको, गोरखाली-लिम्बुवान युद्धमा सहिद भएको र कालान्तरमा निर्णायक भूमिका खेलेको गौरवमय इतिहास छ।

गहिराइ

साँबा र सांबा बीचको अन्तरलाई बुझ्दा लिम्बू समाजको गहिरो सांस्कृतिक र सामाजिक संरचनाको महत्त्वलाई बुझ्नुपर्दछ। साँबा लेखाइ वा बोलाइको प्रयोगले लिम्बू समुदायमा यिनीहरूको विशेष पहिचान र सामाजिक प्रतिष्ठा जनाउँछ। अर्कातिर सांबा शब्द सामान्य शब्द र अर्थको रूपमा मात्र प्रयोग हुन्छ। लेखाइले दिने उच्चारण र ध्वनि प्रणालीको भिन्नताले नै लिम्बू समाजको सांस्कृतिक र सामाजिक इतिहास र संरचना प्रस्ट हुन्छ। लिम्बू जातिमा थरको प्रयोगले उनीहरूको मौलिक सांस्कृतिक परम्परा, सामाजिक संरचना, र पहिचानलाई सुरक्षित गर्दछ, फलस्वरूप थरसम्बन्धी मौलिक परम्पराले लिम्बू समुदायलाई विशिष्ट र समृद्ध बनाएको छ।

समस्याकथन

आज यो साँबा शब्दको हुर्मत लिने काम अरूहरूबाट कम तर स्वयम् साँबा थरधारीहरूबाट धेरै मात्रामा भएका छन्। धेरैजनाले यसलाई साँबा लेख्छन् तर कोही कोही यसलाई साँवा, सांबा, सांवा, सावा, साबा, सावाँ आदि लेख्दछन्। अंग्रेजीमा यो थरलाई धेरैले Samba लेख्दछन् भने कोही कोहीले यसलाई Sanba, Sanwa, Sawa, Saba आदि लेख्नेगरेका छन्। आफूले जानेर वा नजानेर जे लेखियो त्यसैलाई सही मान्ने र तथ्यहरूप्रति ध्यान नदिने बानी छलफलमा देखियो।

नेपाली ब्याकरण देखाउँदा साँबा त लिम्बू भाषा भएकाले त्यो लागु नहुने तर्क तेर्स्याउने पनि छन्। त्यसैले जसले जे लेख्यो कसैले नबोल्ने बोलेमा विवाद हुने भएकाले तैँ चुप मैँ चुप रहेका देखिन्छन्। के उसो भए यसरी नै चुप लागेर बस्ने हो त? हैन। चुप लागेर मिलेर बसेमा के हुन्छ? वर्तमान पिढी अलमलमा पर्दछन् र भावी सन्तती र इतिहासप्रति हाम्रो गम्भीरता नरहेको ठहरिन्छ जसले अपूरणीय क्षति पुग्दछ। पहिले कुरो बुझेर आफूले सही लेखेपछि न अरूले पनि सोहीअनुसार बोलाउने वा लेखिदिने हो, त्यसो भएकाले यसमा साँबा जाति आफै नै सचेत र जिम्मेवार हुनुपर्दछ।

अवसर

साँबा लेखन वा उच्चारणमा शुद्धता र मौलिकताका विषयमा गम्भीर बहस हुनुपर्दथ्यो। नहुनु चिन्ताका विषय हो। धेरैलाई यसको अन्तर्यबारे थाहा छैन, यसबारे सोच्ने फुर्सद छैन। अनि धेरैलाई के पनि लागेको छ भने आफूले आफ्नो कागजपत्रमा एककिसिमको लेखियो अब किन टाउको दुखाउने भन्ने पनि छ। कोही पढेलेखेका मानिस पनि आफूले एकथरी लेखिहालियो त्यसैले जे लेखे पनि ठिक छ भनेर गैरजिम्मेवार बन्दछन्। फलस्वरूप यो थर त जे जसरी लेखे वा बोले पनि हुन्छ भन्ने मनस्थितिले प्रश्रय आज पश्रय पाएको छ। के हामीले यसरी नै मूकदर्शक बनेर बस्न मिल्छ त? साँबा इतिहाससित उक्त जातिको के सम्बन्ध छ भनेर मनन् गरेर मौलिक ध्वनि र लेखाइमा को अघि सर्ने? पक्कै पनि यसमा साँबा जाति नै अघि सर्नु पर्दछ।

चुनौति

बहानाबाजी गर्नेका अनेक भनाइ सुनिन्छन्, एकथरी साँबा के भन्छन् भने आ! यो त हाम्रो लिम्बू भाषाको शब्द हो, यसको नेपाली भाषामा सही उच्चारण नै हुँदै हुँदैन रे। के त्यसो भए अब जे लेखे वा भने पनि हुन्छ त! दिनरात नेपाली भाषा बोल्ने देवनागरीमा लेख्ने दुनियाँ कामकाज त्यसैमा गर्ने धेरै छन्। लिम्बू भाषा र शब्दको निम्ति प्रतिकूल रहे तापनि नेपाली भाषामा प्रचलित ब्याकरणनुसार कसरी साँबा थर लेखाइ र बोलाइमा मौलिकता जोगाउने भनेर सोच्न हामीलाई कसले रोकेको छ? अन्य राजनीतिक अधिकारमा हामी जति सचेत छौँ यदि यसको सहि अभ्यासमा पनि ध्यान दिनुपर्दछ। थर लेखाइ र बोलाइमा देखाइने त्यस्ता हल्कापन र सोँचले साँबा थरको मौलिकतामा चोट पुगेको छ। हेर्दाहेर्दै साँबा लेखन र उच्चारण आज विकृत हुन पुगेको छ।

धेरै साँबा थरधारी महानुभवहरू अहिले आफ्नै गैरजिम्मेवारीपन र संचार माध्यमको प्रभावले सावा बनेका वा बनाइएका छन्। के आज प्रचलित अपभ्रंशले अरूलाई र भावी पुस्तालाई दिग्भ्रमित पार्दैन त! भोलि कुनै यस्तो साँबा पुस्ता वा समाज पनि हुनेछन् जसले हामी त सावा वा अरू कुनै हौँ भन्नेछन्। त्यसकारण अपभ्रंश हुने बाटो बेलैमा बन्द गर्नुपर्दछ। यसैले साँबा शब्दको सामाजिक सांस्कृतिक पृष्ठभूमि र भाषिक पुनरावलोकन गरेर अबको नयाँ पिढीँलाई सही जानकारी दिनु हामी सबैको कर्तव्य हो। एक पुस्ताले भुलवश लेखाइ वा उच्चारण बिगारे भन्दैमा त्यसैलाई ढाकछोप गरेर निरन्तरता दिनु आत्मघाती कदम हुनेछ। यसमा सम्बन्धित सबैले सोच्नुपर्दछ र पहलकदमी उठाउनु पर्दछ।

लेखको उद्देश्य

यस लेखमा म आज नेपाली वा देवनागरीमा साँबा शब्दको सही लेखन र उच्चारण कसरी गरिन्छ भन्ने बारेमा चर्चा गर्दैछु। यसमा नेपाली व्याकरण र साहित्यमा के कस्ता नियम र प्रचलन छन् त्यसबारे केलाउँदै छु। सोही प्रमाणका आधारमा कुन लेखाइ वा उच्चारण सही हो त्यसको निष्कर्ष पनि निकाल्दैछु। यसकारण यो थरका कुनै सदस्यले सित्तैमा जन्मजात रूपमा पाएँ भन्दैमा यसको अर्थ र गम्भीरतालाई बेवास्ता गर्नु भनेको इतिहास र पुर्खाप्रति अपमान गर्नु हो। यो लेखले साँबा, साँवा र सांबा लेखाइ र अर्थमा के फरक छ, र लिम्बू जातिको थर कुन सही हो भन्ने विषयमा चर्चा गर्नेछ।

विवेचना

साँबा थर को सही उच्चारण

म एक साँबा परिवारको एक सदस्य भएका नाताले यो शब्दको सही उच्चारणबारे जानकारी राख्दछु। यो साँबा थरबोधक शब्द अ‌ंग्रेजीको Samba ध्वनिनिकट बोलिन्छ वा सुनिन्छ। साँबा उच्चारण अनुनासिकता युक्त अर्थात् नाकेश्वरयुक्त (Nasalization) शब्द हो। यसको उच्चारण गर्दा श्वसन (Breathing) को पनि प्रयोग हुन्छ। श्वसन भनेको अतिरिक्त श्वासको प्रयोग गर्नु हो।

अर्थात् यसको सही उच्चारण गर्दा स्वास लिएर लामोगरी फेरिन्छ। यसमा सा बोल्दा मुखबाट पूरा हावा निस्कन्छ र ओँठ खुला रहन्छन् साँ…अलि लामो समय श्वसन गरिन्छ।( सात, साप्रा बोल्दा स्वास छोटकरीमा सा उच्चारण गरे जस्तो होइन) साँ पछि आउने म् उच्चारण गर्दा ओम् को म् ध्वनि निकाले जस्तै लामो श्वसन गरिन्छ। र अन्तमा आउने बा ध्वनि तुलनात्मक रूपमा छोटो बोलिन्छ। (च्याङ्बा शब्दमा आउने बा ध्वनि जस्तै छोटो उच्चारण हुन्छ) यसरी साँबा उच्चारण गर्दा बा को अन्तसम्म नै ओँठ खुला र श्वसन बा मा पुगेर प्रतिध्वनित हुने गरी उच्चारण गरिन्छ।

यी सबै क्रिया शिरविन्दुले गर्दैन। चन्द्रविन्दुले मात्र माथिको उच्चारण प्रकृया प्रतिविम्वित गर्दछ। किनभने साँबा शब्दोच्चारण गर्दा नासिक्य ध्वनिको प्रवलता हुन्छ, म् ध्वनिमा ठहराव र बा ध्वनिमा झोक्का आउँछ। यो साँबा शब्द खाँबा, राँगा, साप, आँप जस्तोगरी विना श्वसन छरितो ढंगले एकै खेपमा बोलिन्दैन। साँबा शब्दभित्र पाइने नासिक्यता भित्र पाइन गम्भीर ठहराव र ध्वनिले यसको प्राचीनता, विशेषता र संस्कृतिलाई जनाउँछ। जुन आशय अन्य वैकल्पिक शब्दमा हुदैनन्। चन्द्रविन्दुबारे विद्वान लेखकहरूले ब्याकरणको आधारमा ब्याख्या गरिदिएका छन्। यसबारे तल छलफल हुनेछ। पहिले व र ब बारे प्रष्ट पारिहालौँ

शब्द र अर्थ अनुसार ब र व को प्रयोग

‘ब’ र ‘व’ को प्रयोगलाई स्पष्ट पार्न विभिन्न नेपाली व्याकरण लेखकहरूले ध्वनिको सन्दर्भमा चर्चा गरेका छन्। मणि प्रकाश जोशीको “नेपाली भाषाको ध्वनिबिज्ञान” अनुसार, ‘ब’ र ‘व’ को प्रयोग उच्चारणको स्वरूप र शब्दको उत्पत्तिमा निर्भर रहन्छ। उनले ‘ब’ लाई ठोस ध्वनि (plosive) र ‘व’ लाई आधा स्वर (semi-vowel) को रूपमा व्याख्या गरेका छन् (जोशी, 2015)। नेपाली भाषामा थरको रूपमा प्रयोग हुने “साँबा” मा ‘ब’ लेख्ने परम्परा छ, किनकि यसले ठोस ध्वनि उत्पन्न गर्छ, जुन थरमा विशेष सान्दर्भिक हुन्छ।

यसैगरी, गोविन्दराज भट्टराईले “नेपाली भाषाको वर्णमाला र लेखाइ” पुस्तकमा ‘व’ को प्रयोगलाई धेरैजसो संस्कृतमा आधारित शब्दहरूमा र ‘ब’ लाई नेपालीजडित अर्थात आगन्तुक आदिवासी शब्दहरूमा अधिक प्रयोग गरिएको पाइएको छ। उनी भन्छन् कि विशेष जातीय र सांस्कृतिक नामहरूमा ‘ब’ को प्रयोगले नेपाली भाषाको परम्परागत लेखाइलाई सशक्त बनाउँछ (भट्टराई, 2017)। समान तरिकाले, ‘ब’ र ‘व’ को प्रयोग प्रायः शब्दको उत्पत्ति र भाषिक धारा अनुसार फरक हुन्छ। संस्कृतमा आधारित शब्दहरू जस्तै ‘विश्व’ र ‘वाणी’ मा ‘व’ को प्रयोग गरिन्छ, जबकि नेपाली भाषामा ठोस ध्वनि उत्पन्न गर्ने शब्दहरूमा ‘ब’ लेखिन्छ। संस्कृतबाट प्रभावित नेपाली व्याकरणकारहरूले ‘व’ को प्रयोगलाई अधिक प्रचलनमा ल्याउन थालेपछि परम्परागत नेपाली शब्दहरूमा समेत ‘व’ देख्न पाइन्छ। तर जातीय नामहरूको प्रयोगमा ‘ब’ नै मान्य मानिन्छ (शर्मा, 2019)।

साँबा थरमा ब को प्रयोग

किरात लिम्बू समुदायको ‘साँबा’ थर मा ठोस उच्चारण आवश्यक पर्ने भएकोले ‘ब’ को प्रयोग नै सही हुन्छ। हेमराज कट्टेलले “नेपाली थरहरूको व्युत्पत्ति” नामक ग्रन्थमा विभिन्न थरहरूमा ठोस ध्वनिको प्रयोग हुने भएकाले लेखाइमा पनि जातीय पहिचानलाई मजबुत बनाउन ब लेखिने बताउँछन्। उनले विभिन्न जातीय समुदायका थरमा उच्चारित ध्वनिको प्रयोगको महत्त्व र त्यसले मौलिकता बताउने भएकाले बाचाउनु पर्नेमा जोड दिएका छन् (कट्टेल, 2020)।

ब र व सम्बन्धी निष्कर्ष

यो साँबा थरको अर्थ र परम्परागत मान्यतामा आधारित छ। भाषागत दृष्टिले थर जस्ता विशिष्ट नामहरूमा ‘ब’ लेख्नुपर्दछ। किनकि यसले ध्वनि स्थायित्व र मौलिक पहिचानलाई बलियो बनाउँछ। नेपाली व्याकरणका विभिन्न लेखकहरूले नेपाली भाषामा आगन्तुक शब्दलाई महत्पव दिएका द्निछन्। मौलिकता जोगाउने उपाय पनि देखाएका छन्। त्यसकार उल्लिखित व्याख्याका आधारमा ‘साँबा’ थर लेखाइ वा बोलाइमा ‘ब’ को प्रयोग नै सांस्कृतिक र भाषिक दृष्टिकोणले उपयुक्त मानिन्छ।

साँबा र सांबा

साँबा र सांबा थर लेखाइको फरक मुख्यत: ध्वनि र उच्चारणमा पर्दछन्। “साँबा” (साँ+बा) शब्दमा यहाँ चन्द्रविन्दु (ँ) को प्रयोग गरिएको छ। यसले नासिक्य ध्वनि (Nasalization) प्रदान गर्छ। यो ध्वनि विशेषतः लिम्बू भाषा र संस्कृतिमा महत्त्वपूर्ण मानिन्छ। यहाँ, “साँ” ले एक प्रकारको गहिरो ध्वनि निकाल्दछ, जसले कुनै जातिको पहिचान र थर विशेषलाई दर्शाउँछ (तिम्सिना, 2014)।

त्यसैगरी, “सांबा” (सां+बा) शब्दमा यहाँ शिरविन्दु (ं) को प्रयोग गरिएको छ, जसले शब्दको ध्वनि परिवर्तन गर्दछ र यो शब्दको अर्थलाई पनि प्रभावित गरिदिन्छ। शिरविन्दु चिन्ह कुनै शब्दमा प्रयोग गर्दा सामान्य उच्चारण र अर्थ मात्र दिन्छ। त्यसैले लिम्बू भाषामा सांबा प्रयोग कम छ। किनभने साँबा शब्दले जातीय सांस्कृतिक सन्दर्भमा बौद्धिक र ऐतिहासिक महत्व राख्छ (सिग्देल, 2018)।

नासिक्य ध्वनिको सांस्कृतिक महत्त्व

लिम्बू भाषामा चन्द्रविन्दु जस्ता नासिक्य (Nasalization) ध्वनिहरूको प्रयोगले शब्दलाई सांस्कृतिक गरिमा, सन्दर्भ र महत्त्व बढाउँछ। चन्द्रविन्दुको प्रयोगले शब्दको ध्वनि र अर्थमा नयाँ सामान्य आयाम थप्दछ। नेपाली र लिम्बू भाषामा यस प्रकारका नासिक्य ध्वनि हुने शब्द लेखाइ वा बोलाइ छुट्याउन सजिलो छ किनभने यो सांस्कृतिक महत्त्वसित गाँसिएको हुन्छ। चन्द्रविन्दुको प्रयोगले शब्दलाई गहिरो र मौलिक अर्थ प्रदान गर्ने गर्दछ जसले सांस्कृतिक, धार्मिक, राजनीतिक र सामाजिक सन्दर्भलाई दर्शाउँछ। (Pokharel, 2005)

सांबा र साँबा: सांस्कृतिक सन्दर्भ

लिम्बू जातिको साँबा थरको प्रयोग धार्मिक, सांस्कृतिक र ऐतिहासिक सन्दर्भसित गाँसिएको छ। साँबा शब्दको प्रयोगले थर विशेषलाई लिम्बू संस्कृतिमा एक विशिष्ट पहिचान दिन्छ। यो संज्ञा समाजको सामाजिक, राजनीतिक संरचना र परम्परासँग झोडिएको छ। यस संज्ञाले विशेष जाति, परम्परा, र सामाजिक-सांस्कृतिक संरचनामा महत्त्वपूर्ण भूमिका बताउँछ (प्रजापति, 2016)। तसर्थ, सांबा शब्दको प्रयोग खास गरेर सामान्य शब्दको रूपमा मात्र हेरिन्छ, किनभने सांवा लेखाइ वा बोलाइले कुनै विशेष सामाजिक, ऐतिहासिक, सांस्कृतिक सन्दर्भलाई जनाउँदैन। यसकारण, साँबा शब्दको लेखाइ र प्रयोगले लिम्बू जातिको विशिष्ठ सामाजिक पहिचान र ऐतिहासिक पृष्ठभूमिलाई समेट्दछ (बिष्ट, 2020)।

इतिहास र अभिलेख

नेपाली भाषामा लेखिएका किरात लिम्बू साहित्य तथा इतिहासमा साँबा थरबारे पनि उल्लेख पाइन्छ। इमानसिङ चेमजोङले किरात जातिको इतिहास नामक पु्स्तकभित्र लिम्बूको यो थरलाई नेपालीमा साँबा र अंग्रेजीमा Samba लेखेका छन्। (Chemjong, 1966; 2003 ) यसैगरी गोविन्द तुम्बाहाङले ‘लिम्बू जातिको चिनारी’ पुस्तकमा यो जातिलाई साँबा नै लेखेका छन्। (Tumbahang, 2011) अर्का लेखक इङनाम लिम्बूले पनि ‘याक्थुङ पान’पुस्तक लिम्बू जातिको पङ्तीमा यस जातिलाई साँबा भनेर सम्बोधन गरिएको छ। (Ingnam, 2012) साँबा जातिहरूको वंशावली लेखनसम्बन्धी छाता संगठन साँबा मिङ्स्रा सङ्चुम्भोले पनि आफ्नो विधान र मुखपत्रहरूमा साँबा नै लेखेको पाइन्छ। (Samba Mingsra, 2018)

लिम्बू जातिको थरको सही प्रयोग साँबा हो, जसमा चन्द्रविन्दुको प्रयोग गरिएको छ। यो सही लेखाइले लिम्बू भाषाको विशेषता र सांस्कृतिक पहिचानलाई स्पष्ट पार्दछ। विशेष गरी, “साँबा” लेखाइले लिम्बू जातिको थरको गहिराइ र यसका ऐतिहासिक सन्दर्भहरूको मर्म बुझ्न मद्दत गर्दछ। साँबा लेखाइले नासिक्य ध्वनि र उच्चारणमा विविधता ल्याउने कार्य गर्छ, जसले भाषा र संस्कृतिमा यसका महत्त्वपूर्ण पाटोहरूमा गहिराई पुर्याउँछ (खड्का, 2019)। लिम्बू समुदायमा यसको प्रयोगले थरको पहिचान र सांस्कृतिक धरोहरलाई जोगाउन मद्दत गर्दछ।

निष्कर्ष

लिम्बू जातिको थरको सही प्रयोग साँबा हो, जसमा चन्द्रविन्दुको प्रयोग गरिएको छ। यो सही लेखाइले लिम्बू भाषाको विशेषता र सांस्कृतिक पहिचानलाई स्पष्ट पार्दछ। विशेष गरी, “साँबा” लेखाइले लिम्बू जातिको थरको गहिराइ र यसका ऐतिहासिक सन्दर्भहरूको मर्म बुझ्न मद्दत गर्दछ। साँबा लेखाइले नासिक्य ध्वनि र उच्चारणमा विविधता ल्याउने कार्य गर्छ, जसले भाषा र संस्कृतिमा यसका महत्त्वपूर्ण पाटोहरूमा गहिराई पुर्याउँछ (खड्का, 2019)। लिम्बू समुदायमा यसको प्रयोगले थरको पहिचान र सांस्कृतिक धरोहरलाई जोगाउन मद्दत गर्दछ।

साँबा, साँवा र सांबा लेखाइ र बोलाइका अर्थमा भिन्नता छन्। जातीय पहिचान र मौलिकता दर्शाउन शब्द-संरचनाको पृष्ठभूमि र यसा गम्भीरतालाई याद गरिन्छ। त्यसैकारण लिम्बू जातिको थरको सही लेखाइ र उच्चारण हुनु महत्त्वपूर्ण मानिन्छ। किरात लिम्बू सभ्यतामा “साँबा” एक प्राचीन शब्द हो। साँबा शब्दा वा जातिको इतिहास र गरिमालाई साँबा लेखन वा उच्चारणले नै बढी न्याय गर्दछ। यसको सही प्रयोगले लिम्बू संस्कृति र पहिचानलाई उजागर गर्छ। यसकारण ‘साँबा’ लेखन वा उच्चारणले नै उनीहरूको इतिहास, परम्परा र मौलिकता प्रतिविम्वित गर्दछ।

सन्दर्भ-सूची

Bhattarai, G. (2017). Nepali Bhasako Varnamala Lekhai. Kathmandu, Nepal Academy.
Bista, G. (2020). Language and Social Structure in Nepal. Asian Journal of Language Studies, 15(4), 67-74.
Chemjong, I.S. (2003). Kirat Jatiko Itihas. Lalitpur, Kirat Yakthung Chumlung.
Gurung, H. (2005). The Dynamics of Nepali Society and Culture. Kathmandu: Himal Books.
Ingnam Limbu, R. K. (2012). Yakthung Paan (1st ed.). Limbuwan: Prakashan Samiti.
Joshi, M.P. (2025). Nepali Bhasaki DhwaniVigyan. Kathmandu, Sajha Prakashan.
Kattel, H. (2020). Nepali Tharharuko Vyutpatti, Jhapa, Mofasal Prakashan.
Khadka, D. (2019). The Linguistic Features of Limbu Language. International Journal of Linguistics, 11(3), 11-25. Pokharel, M. P. (2005). Modern Nepali Grammar. Kathmandu: Sajha Prakashan. Prajapati, B. (2016). The Role of Linguistics in Cultural Identity.” Nepalese Linguistic Society Review, 8(3), 78-84.
Samba Mingsra (2018). Samba Mingshra Sangchumbho ko Bidhan 2075, (2018) Mewa Khola Taplejung.
Sharma, R. (2019). Nepali Lekhai Ra Vyakaran. Pokhara, Sahitya Sanga.
Sigdel, R. (2018). Limbu Language and Cultural Identity. Journal of South Asian Studies, 12(1), 23-30.
Subba, T. B. (1999). Politics of Culture: A Study of Three Kirata Communities in the Eastern Himalayas*. Oxford University Press.
Timsina, A. (2014). Nepali Phonetics and Phonology: A Study. Journal of Linguistics, 10(2), 45-56.
Tumbahang, G. B. (2011). Limbu Jatiko Chinari. Kathmandu: Adibasi Janajati Utthan Rastriya Pratisthan and Kirat Yakthung Chumlung.

Studies on Samba

Copyright (c) 2024 Nawa Raj Subba. Email: [email protected]

Similar Posts

  • |

    Resurgence and Response: COVID-19 Public Health in Asia

    Dr. Nawa Raj Subba Despite appearing to decline in recent months, the COVID-19 epidemic is far from over. Recent outbreaks throughout Asia, particularly in India, China, and Nepal, underline the importance of increased public health awareness and vigilance. By studying official data and comprehending the present context, we can empower communities with the knowledge and…

  • Senior-citizens

    Dr. Nawa Raj Subba Senior Citizens in Nepal: A Growing Concern and Call to Action Nepal’s senior-citizens are facing significant challenges, with their population increasing each year. These issues demand urgent attention as elderly individuals often struggle with inadequate nutrition, poor mental health, and insufficient care from existing systems. Despite efforts from the government and…

  • थर-बोलाइ-लेखाइ

    डा. नवराज सुब्बा थर-बोलाइ-लेखाइमा एकरूपता आजको आवश्यकता फयङ साँबा थर-बोलाइ-लेखाइमा एकरुपता छैन। बोल्दा वा लेख्दा कतै फयङ, फेयङ, फैयङ भनेको वा लेखेको पाइन्छ।ऐतराज फयङद्वारा संकलित तथा यो लेखकले प्रकाशित गरेको ‘फेयङहाङ साँबा वंशावली’ २०५६ मा ‘फेयङ’ थर उल्लिखित थियो। हामीले त्यसबेला फेयङ नै सही होला भन्‍ने ठानेका थियौँ। तर विभिन्‍न स्रोत सामग्री, शब्दकोश अध्ययन गर्दा…

  • नेपाली भाषाको बहुलतावादी वास्तविकता:

    आदिवासी भाषिक योगदान, संस्कृतिकरण र भाषिक नीतिको विवाद डा. नवराज सुब्बा सारांश नेपालको बहुभाषिक र बहुसांस्कृतिक वास्तविकतालाई नकार्दै, प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरूले “भाषाको स्तरीकरण” को आह्वान गरेका छन्। यसले आदिवासी भाषाहरूको योगदानलाई अदृश्य पार्ने र संस्कृत-केन्द्रित नेपाली भाषाको वर्चस्व बढाउने खतरा जनाउँछ। यस अनुसन्धानले भाषिक समावेशिता, आदिवासी शब्दको स्वीकार्यता, र अन्तर्राष्ट्रिय भाषा नीतिहरूको तुलनात्मक विश्लेषण…

  • Who are Kirat?

    An Ethnohistorical Overview of the Kirat People of Nepal and India Photo credit: himalayanculture.com Dr. Nawa Raj Subba Contemporary definition The Kirat people are native to the Himalayas of India and Nepal. They have an ancient history in the region. Therefore, the Himalayas are Kirat’s cultural and political landscape. Now, Rai, Limbu, Sunuwar, and Yakkha…

  • |

    नेपाली भाषाको उत्पत्तिको पुनःमूल्यांकन

    खस भाषिक मूल र पूर्ववैदिक जातीय अन्तरक्रियाको अध्ययन — डा. नवराज सुब्बा नेपाली भाषालाई खस भाषा पनि भनिन्छ। यस लेखमा नेपाली भाषाको उत्पत्तिको पुनःमूल्यांकन गरिनेछ। नेपाली भाषालाई दिनानुदिन अंग्रेजीकरण र संस्कृतीकरण गरिदैछ। जसले अंग्रेजी वा संस्कृत शब्द नेपालीमा मिसायो उ उति विद्वान मानिने भन्ने गलत प्रचलन र भ्रम फैलिएको अवस्था छ। मलाई घरिघरि झर्रोवादी आन्दोलनको…