|

Junai Akash Muni

Hami Pahile Nepali Album Lyricist- Nawa Raj Subba,

(३) जुनै आकाश मुनि

जुनै आकाशमुनि म हिमाली छाया देख्छु
जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु ।

हामीलाई चिनाउने पुर्खाको वीरता छ
आफूलाई सम्झाउने माटोको ममता छ
बाडुली लाग्दा खेरि म तिमीलाई सम्झन्छु
जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु ।

सात समुन्द्र तरें अनगिन्ति रात गनें
घर फर्कने त्यो दिन नखोसि देऊ भनें
जता पुगे’नी सगरमाथाकै छाया देख्छु
जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु ।

गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

Similar Posts

  • |

    Simana Wari Prita Xa Eutai

    ७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…

  • |

    Gulafako Thunga

    ८. गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ, चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर, सपनीमा आउने माया, बिपनी मैं आउने गर । (गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम:…

  • |

    Sabaile Dekchhan

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ३ सबैले देख्छन् सबैले देख्छन् बन डढेको बे तर कसले देख्छ मन डढेको बे । अचारै मीठो रामभेंडाको बे सम्झना आउँछ उहीबेलाको बे । रुखैमाथि चरी कठैबरी बे आँशु झर्यो बरर आँखैभरी बे । (शब्द/संगीत/स्वर– नवराज सुंब्बा, एल्बम- हिमालैमा हिउँ)

  • |

    Hey Janmabhumi Swarga Hau Timi

    हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र…

  • |

    Deoralima Barpipal

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति…

  • |

    Deshko Maya

    ३ देशको माया देशको माया गर्नु भन्या आफैलाई चिन्‍नु रैछ धरतीको धुकधुकी र बोली सबको सुन्‍नु रैछ । आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ अतीतका तीता भूल्दै मिलीजुली जुट्नुपर्छ देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्‍नु रैछ शहीदको सपनालाई मनमा सम्झिराख्नु रैछ । गरिखाने हात कहिले बाधिराख्न हुदैन है कर्मशील पाइलाहरू रोकिराख्नु हुदैन है देशको…