उज्यालोको खेती

आजकल गाइँगुइँ सुनिन्छ
धकेल्न खोजिदैछ फेरि अन्धकारमा
खबरदार !
वत्तीमुनिको अँध्यारोमा बस्न
विलकुलै मञ्जूर छैन हामीलाई
नगर बन्द नदीको सङ्गीत
काकाकुल तीर्खा बोक्न
अब मञ्जुर छैन कसैलाई

भन, किन उँचाइ हाम्रो बढेन ?
जबकि सगरमाथाकै शीरमा
शान्तिको पहिलो किरण झर्छ
वुद्धभूमिमा जन्मेर पनि हामी
किन युद्धभूमिमा छट्पटाइरहेछौं ?
कसलाई देखाऔं ?
अप्ठेरो ठाउँमा आएको यो पिलोलाई
आफ्नै घरमा हामी घुन भइयो र पिस्नसम्म पिसियौं
साँढे बीचको बाछा पनि भइयो र मिच्नसम्म मिचियौं
आज घरघरमा शहिदका सुनौंला तस्वीरहरू
टाँगेर घर उज्यालो त बनाइयो
तर घरभित्र बस्ने सन्तानका
मुहार किन अझै अँधेरै छन् ?

उज्यालोको खोजीमा
हामीले खोज्दै नखोजेका अथवा सोच्दै नसोचेका
अनगिन्ति दागहरू पनि लगाइएछ अनुहारमा
‘अँध्यारो रोपेर फल्दैन उज्यालो’ कसरी बुझाउँ
के आफैभित्र पहिले शान्तिको दियो सल्काउन सकिदैन त !
सकिन्छ, किन सकिदैन, अवश्य सकिन्छ
अनेकताबीच एकताको सुन्दर कमल फुलाउन सकिन्छ
खोजौं दिव्यपुञ्ज आफैभित्र
आज, अहिले नै
उज्यालोको खेती सुरु गरौं
अँध्यारो विरुद्ध उज्यालोको खेती गरौं !

Similar Posts

  • झरी र रित्ता गाग्रीहरू

    ‘हरहर महादेव पानी देऊ देऊ यत्तिले पुगेन अलि थपिदेऊ’ भन्दै रित्ता गाग्रीहरूको जुजुस हिड्यो सडकमा कैलाशमय कान छिचोल्न गगनभेदी बन्दूक पड्काइयो र मागियो झरी यसपाली खडेरीमा

  • The Voice of Mukkumling

    Dr. Nawa Raj Subba The Voice of Mukkumlung: A Poetic Tribute to History and IdentityBy Dr. Nawa Raj Subba Mukkumlung, a sacred Limbu heritage site, reverberates with history, spirituality and struggle. Sacred stones around it sing the song of past generations who speak of Sirijanga and Yalambar with reverence. Mukkumlung is more than a place; it stands…

  • निर्मलाको नियति !

    मैले यति कुरुप आकाश आजसम्म देखेकै थिएन । आज म माथिको आकाशमा घाम छैन जून छैन, तारा छैन आकाशमा हावा छैन आज वर्षा गराउने एक टुक्रा बादल छैन उडिरहेका छैनन् आज आकाशमा चरा परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी पुतली या कुनै सुगन्ध छैनन् आकाशमा त आज बारुदको मुस्लो उडिरहेको छ बेला बेला मेघले झैं छातीमैं…

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…

  • श्रद्धाञ्जलि !

    हिमाल हेर्दै तिमी कति खुसी हुन्थ्यौ तस्बिर टागेर भित्तामा कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी सायद सोच्दथ्यौ होला म पनि हिमालजस्तै अग्लो हुन पाउँ

Leave a Reply