उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु पुरस्कृत

भाद्र ८, २०६९ विराटनगर मोरङ ।
मोरङ जिल्लामा समुदायलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट तीन स्वास्थ्य संस्थाहरु र १८ जना स्वास्थ्यकर्मीहरु पुरस्कृत भएका छन् ।
आर्थिक वर्ष २०६८/६९ मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ अन्तर्गतका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुमध्ये कार्यसम्पादनको आधारमा मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, केराबारी स्वास्थ्य चौकी र बेलबारी उपस्वास्थ्य चौकी उत्कृष्ट तीनमा परेका छन् । गत आर्थिक वर्षको वार्षिक समीक्षाको अवसरमा ती तीन स्वास्थ्य संस्थाहरु लगायत १५ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
बिगत तीनवर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले यसरी नै उत्कृष्ट स्वास्थ्यकर्मी, कर्मचारी र स्वास्थ्य संस्थाहरुलाई उत्कृष्टताको आधारमा वार्षिक समीक्षाको अवसरमा पुरस्कृत गर्दै आएको जनाएको छ ।

Similar Posts

  • अपाङ्गतासम्बन्धी सक्रियता

    जेठ ३, २०६८ विराटनगर, अपाङ्गतासम्बन्धी कार्यरत संस्था सामर्थ्य नेपालले दोस्रो वार्षिक साधरण सभा गरेको छ । संस्थाले आर्थिक वर्ष२०६७/६८ को लागि रु २४ लाख ८० हजारको बजेट प्रस्तुत पेश गरेको छ । समाजका अध्यक्ष बिमल बस्नेतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, जि.वि.स.का गणेश तिमसिना, जिल्ला शिक्षा कार्यालयका सूर्य गौतम, एन.एल.आर.का नन्दु…

  • |

    भाइरल ज्वरो इन्फ्लुएन्जा

    (डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो…

  • |

    मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

    सूर्तिजन्य पदार्थ जुनसुकै बहानामा प्रयोग गरे पनि मृत्युदायक छ । हरेक वर्ष ३१ मईका दिन विश्वभर जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व धूम्रपान दिवस मनाइन्छ । सुर्तिजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने गम्भीर असरबाट मुक्त राख्न विश्व स्वास्थ्य संगठनले सन् १९८७ सालदेखि नै सूर्तिविरुद्घ जनचेतना फैलाउन विश्व धूम्रपानदिवस विश्वभर सदस्य राष्ट्रहरूमा मनाउदै आएकोछ । विश्व स्वास्थ्य संगठनका अनुसार…

  • “Service is the rent we pay for living.” Marion Wright Eddelman

    मंसिर २०, २०६९ विराटनगर । नवौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकामा कार्यरत उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई आज वीरेन्द्र शभागृहमा आयोजित एक समारोहमा सम्मानित गरियो । विराटनगर उपमहानगरपालिकाका प्रमुख श्री गोपालप्रसाद रेग्मी र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई नगद र प्रशंसापत्र प्रदान गरे । निस्वार्थ, स्वस्फूर्त आउने स्वयंसेवा प्रार्थनीय छ, यस्ता स्वयंसेवकहरुलाई सम्मान…

  • Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

    माघ २९, २०६९ विराटनगर । मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले…

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

Leave a Reply