शुभकामना गीत

नव वर्षको नौलो स्पर्श छ आज तन मनमा
यताउति खोज्छु तिमी दिनलाई  शुभकामना ।

फूल पात डाली डुली जब गीत गाउछे चरी
होस हराउँदै जोस पलाउँछ आज यो मन भरि
फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा
यताउति खोज्छु तिमी दिनलाई शुभकामना ।

तिमीसंग भेट हुने दिन कैले आउँला भनी
यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि गनी
स्वस्थ, शुख, समुन्नति म लेख्छु तिम्रै नाममा
यताउति खोज्छु तिमी दिनलाई  शुभकामना ।

Similar Posts

  • खेलकूद –गीत

    जिन्दगी यो एउटा रमाइलो खेल हो जीत हार स्वीकार्ने मित्रता र मेल हो । नारी पुरुष भेदभाव पर्खाल त्यो तोड्दैछौं मानवीय उत्कृष्टता उदाहरण बन्दैछौं । हिमाल जस्तो शिर छ तराई जस्तो छाती देशको नाम राख्नेछौं हातमा झण्डा बोकी । सगरमाथा काखमा सधैं हाम्रो माया छ मेची काली झैं बग्ने नरित्तिने माया छ ।

  • असारेगीत

    धान रोप्न साथी हो खेततिर जाऔं खेल्ने बेला हैन एैले काम गर्न जाऔं । हलो जोत्ने साइँलादाइ मीठो गीत गाऊँ गाडीजस्तै मज्जा हुन्छ दाँदे चढ्न जाऊँ । दुःख गरौं असारमा धान फल्छ हेर मंसीरमा दाइँ गरी खेल्नु पर्छ धेर । माना खाई मुरी फल्ने राम्रो मौका हो यो बिदा भयो स्कुल पनि समाऊ कोदालो यो…

  • गीत

    फूल फुल्यो बैंश झुल्यो मनै गम्केन म त नाँच्थे कोइलीको गीतै घन्केन । यसपालि वैशाख यो किन यति उराठ खोस्न किन शीतल आयो पापी बतास । तिम्रा रुप रङ्गहरु मेरै निम्ति होलान् जागेका यी उमंग मेरै निम्ति होलान् । पलाउँछौ आशा भई नयाँ नयाँ पालुवा नबनाऊ भरोसालाई बगरको बालुवा ।

  • शहीदलाई सलाम !

    (गीत)

     शहीदलाई सलाम !

    – नवराज सुब्बा

    सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
    देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

     

    देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ

Leave a Reply