श्रद्धाञ्जलि !

हिमाल हेर्दै तिमी
कति खुसी हुन्थ्यौ
तस्बिर टागेर भित्तामा
कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी
सायद सोच्दथ्यौ होला
म पनि हिमालजस्तै अग्लो हुन पाउँ
हिमालजस्तै सुन्दर हुन पाउँ
आज त्रि्रो यो इच्छा पूरा भएको छ
तिमी सुन्दर, अग्ला हिमालसितै
एकाकार भएका छौ
भीर, पाखा, पहाड, जङ्गल देखेर
कत्ति भावुक हुन्थ्यौ तिमी
छातीमा पहाडको तस्बिर देखाउदै
कत्ति मायालु बन्दथ्यौ
सायद सोच्दथ्यौ होला
म पनि पहाडजस्तै शान्त हुन पाऊँ
भीर पाखा जङ्गलजस्तै स्वच्छ हुन पाउँ
आज त्यो इच्छा पनि पूरा भएको छ
तिमी शान्त भीरपाखासितै
एकाकार भएका छौ
आज बीचैमा टुटेको सपनाजस्तो
उडाउँदा-उडाउँदै काटिएर गएको चङ्गाजस्तो
हेर्दाहेर्दै अनुहारमा बिलाएको खुसीजस्तो
आखिर तिमीले जित्यौ हामीले हार्‍यौँ
शिर निहुराइ बिदा गर्दैछौँ
आँसु पुछ्ने रुमाल रहेन अब
आँखा धमिला पार्दै बिदा गर्दैछौ
मन मनहरू
सबै अल्मलिएका छन्
उफ् !  कसरी आज अचानक एकसाथ
हिमाल र पहाडहरू थपिएछन्
एकाएक तिनका उचाइ अग्लिएछन्
अनायास तिनमा सुन्दरता बढेछ
तिम्रो अभावमा पाएको
यी उचाइ अनि सुन्दरता देखेर
हामी अल्मलिएका छौँ
हामी मात्र हैन
नियति स्वयम् स्तब्ध छ
हातमा श्रद्धाञ्जलि बोकेर ।

Similar Posts

  • बिर्खेको दशैं

    यो दुनियाँमा दुःख दिनेबाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबैसबै दुःखै दिने चीज मात्र त हुन् नि मेरा निम्ति मलाई खुसी बाँड्ने सेतो हिमाल छ जो मलाई उभिन सिकाउँछ कहिल्यै नरिसाई सधैं हाँस्न सिकाउँछ मलाई

  • आत्मा

    आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा…

  • साहित्यमा साइबर

    डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…

Leave a Reply